नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
नेपाल कम्युनिस्ट पार्टी मसाल यही २०६७ पौष ३० गते संयुक्त राष्ट्रसंघीय मिसन अनमिन नेपालबाट औपचारिक रुपमा बिदा भएको प्रति स्वागत तथा खुशी व्यक्त गर्दछ ।
ने.क.पा.मसालले २०६२ कार्तिक ७ गते सात राजनैतिक दल र नेकपा माओवादी बीच भएको १२ बुँदे समझदारी पत्रको ३ नं। बुँदामा तत्काल विरोध गरेको थियो । हाम्रो पार्टीले त्यो बुँदामा उल्लेख गरिएको "राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा राख्ने" विषयलाई आपत्तिजनक ठानेको थियो । हाम्रो पार्टीको मत के रहेको थियो भने माओवादी लडाकु र तत्कालिन शाही सेनालाई सुपरिवेक्षण गर्ने काम देशभित्रैबाट कुनै तटस्थ संयन्त्रबाट हुनु पर्दछ । तैपनि प्रमुख राजनैतिक दलहरुको आग्रहमा अनमिन नेपालमा आयो । संविधानसभाको निर्वाचन सम्पन्न भए पछिको छ महिनाको म्याद सकिएपछि अनमिन फिर्ता हुनुपर्दथ्यो । हाम्रो पार्टीले त्यतिबेलै अनमिनलाई बिदा गर्नुपर्ने सुझाव दिएको थियो । तर प्रमुख राजनैतिक दलहरुको अनुरोधमा सात पटकसम्म म्याद थपेर अनमिनलाई नेपालमा राख्ने काम भयो । अनमिन लामो समयसम्म बसेर पनि देशमा शान्ति प्रकि्रयामा खासै प्रगति हुन सकेन । शान्ति प्रकि्रयालाई अगाडि बढाउने काममा जेजति प्रगति भएको छ त्यसमा मुख्यतः प्रमुख राजनैतिक दलहरुको भूमिका नै महत्वपूर्ण रहेको छ । नेपालको शान्ति प्रकि्रयालाई टुंगोमा पुर् याउने काम नेपालका राजनैतिक दलहरुको नै जिम्मेवारी हो । त्यसकारण हाम्रो पार्टीले अनमिनलाई फिर्ता पठाएर शान्ति प्रकि्रया सम्बन्धी कार्यलाई राजनैतिक दलहरुको सहमतिमा कुनै संयन्त्र बनाएर अगाडि बढाउनॆ कुरामा निरन्तर जोड िदंदै आयो । अन्तिम अवस्थामा आएर सरकारले अनमिनलाई फिर्ता पठाउने सम्बन्धमा अन्तिम पत्र संयुक्त राष्ट्रसंघलाई लेख्यो र अनमिनलाई अझै म्याद थप गरेर राख्नुपर्ने दवाव विभिन्न पक्षहरुबाट आउदा पनि सरकारले आफ्नो अडानमा परिवर्तन नगरेर अनमिनको औपचारिक विदाई गरेकोमा हाम्रो पार्टी सरकारलाई धन्यवाद दिन चाहन्छ । अनमिनको औपचारिक फिर्ताले हाम्रो पार्टीको अनमिनप्रतिको नीति सही थियो भन्ने कुरा प्रमाणित भएको छ ।
त्यसैगरी पौष ३० गते शान्ति प्रकि्रया सम्बन्धी अनमिनले गर्दै आएको काम अब देखि विशेष समितिले गर्ने भनेर माओवादी र सरकार बीच भएको सहमतिलाई हाम्रो पार्टी सकारात्मक निर्णय
मान्दछ । शान्ति प्रकि्रयालाई पूर्णता दिन र थपिएको समयभित्रै नयाँ संविधान जारी गर्ने वातावरण तयार गर्न सबै राजनैतिक दलहरुको सहमति सहकार्य र एकताको आवश्यकता छ । त्यो दिशामा गम्भीरतापूर्वक ध्यान दिन हाम्रो पार्टी सम्बन्धित सबै पक्षहरुलाई हार्दिक आग्रह गर्दछ ।

मिति ः २०६७ माघ १

हरि आचार्य
केन्द्रीय प्रवक्ता

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.