नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य 

यही ०६८ माघ १६ र १७ गते ने.क.पा. (मसाल) को पी.वी.को बैठक सम्पन्न भयो । त्यो बैठकले तात्कालिक राजनीतिक समस्याहरु बारे छलफल गरी कतिपय निर्णय गरेको छ ।
सरकार र संविधानसभा समेतले जुन गतिमा काम गरिरहेका छन्, त्यसमाथि विचार गर्दा थपिएको अवधिमा पनि संविधानको निर्माण नगरिकन त्यो अवधि समाप्त हुने सम्भावना बढ्दै गइरहेको छ । त्यस प्रकारको स्थितिलाई गम्भीर रुपमा लिंदै हाम्रो पार्टीले थपिएको अवधिभित्र संविधानको निर्माणको कार्य पूरा हुनुपर्ने आवश्यकतामा जोड दिन्छ । उक्त कार्य पूरा हुन नसकेमा संविधानसभाको म्याद थप्दै जाने र संविधान नबनाउने जस्तो खेललाई निरन्तरता दिने कुनै प्रयत्नलाई हाम्रो पार्टीले दृढतापूर्वक अस्वीकार गर्दछ ।
माओवादीहरुले द्वन्द्वकालमा कब्जा गरेका घरजग्गा उनीहरुको जनसत्ताले गरेका निर्णयहरुलाई वैधानिकता दिने सरकारको निर्णयलाई हाम्रो पार्टीले गलत मान्दछ । द्वन्द्वकालमा किसानहरुले सामन्तहरुको कब्जा गरेका ती जग्गा फिर्ता गर्ने कार्यलाई ने.का.ले शान्ति प्रक्रियाको शर्तका रुपमा प्रस्तुत गर्दै आएको छ । त्यो समस्यालाई वर्गसंघर्ष, कानूनी प्रक्रिया वा पारस्परिक समझदारीका आधारमा हल गर्नुपर्दछ भन्ने हाम्रो मत छ । वास्तवमा माओवादीहरुले खालि सामन्तहरुका मात्र होइन, जनसाधारणहरुका पनि जग्गा कब्जा गरेका छन् । त्यो अवस्थामा उक्त जग्गाको फिर्तालाई शान्ति प्रक्रियाको शर्तका रुपमा प्रस्तुत गर्ने ने.का.को भनाईलाई हाम्रो पार्टीले गलत बताउदै आएको छ । उक्त जग्गा बारे त्यस प्रकारको विवाद भइरहेको बेलामा जनसत्ता को निर्णयहरुलाई वैधानिकता दिने मन्त्रीमण्डलको निर्णयबाट शान्ति प्रक्रिया र संविधानको कार्यमा समेत गम्भीर बाधा पुग्ने छ । त्यसैले हाम्रो पार्टीले सरकारको त्यस प्रकारको निर्णयलाई फिर्ता गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
संवैधानिक समितिले मस्यौदा तयार पार्ने कार्यतालिकालाई १५ दिन बढाउने निर्णय गरेको छ । निर्धारित समयभित्र जिम्मेवारी पूरा हुन नसकेकोमा हामीले गम्भीर प्रकारको आलोचना गर्दछौं । उक्त जिम्मेवारी पूरा नगरिकन उक्त अवधि समाप्त भइसकेकाले तत्काल १५ दिन समय बढाइएको भएता पनि त्यसबाट बढाइएको समयभित्र संविधानको निर्माण गर्नुपर्ने कार्यमा बाधा नपुगोस् भन्ने कुरामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।
आफ्नो संगठनमा फुट हुन नदिनका लागि वा एकताका लागि आफ्नो संगठनभित्रको लोकतान्त्रिक संविधान र गणतन्त्रका विरोधी पक्षको दवावका कारणले माओवादी शान्ति र संविधान सम्बन्धी पहिलेको प्रतिवद्धताबाट हट्दै गएको देखिन्छ । त्यसबाट शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सम्पूर्ण प्रक्रियामा बाधा पुग्ने र असफल हुने सम्भावना देखापरिरहेको छ । त्यस प्रकारको अवस्थाप्रति गम्भीर हुन र त्यस प्रकारको अवस्थाबाट सम्भावित दुष्परिणामहरु सामना गर्न तथा देशलाई अग्रगमनको दिशामा लैजान हामीले शान्ति, संविधानसभा र गणतन्त्र पक्षधर सबै शक्तिहरुसित अपील गर्दछौं ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भारत वा चीनमा मर्ज हुने खतराको उल्लेख गरेकाले पैदा भएको विवादप्रति हाम्रो पार्टीको पनि ध्यान आकर्षित भएको छ । मर्ज हुनुपर्दछ भन्नु तथा मर्ज हुन सक्दछ वा त्यस प्रकारको खतरा छ भन्ने सोंचाईहरुका बीचमा अन्तर गरेर हेर्नुपर्दछ । जहासम्म त्यसको खतरा छ भन्ने कुराको प्रश्न छ, प्रकारान्तरले हामीले पनि बारम्बार त्यस प्रकारको कुरामा जोड दिंदै आएका छौं । संघीयता, जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेशएक प्रदेश, भारतीय विस्तारवादको बढ्दो हस्तक्षेप वा देशको राजनीतिक शक्तिहरुको आफ्ना स्वार्थहरुको पूर्तिका लागि राष्ट्रियहितको समेत सौदावाजी गर्ने अवधारणा समेतका कारणले देशमा जातीय र क्षेत्रीय विद्रोह, राष्ट्रिय विखण्डन, देशको अस्तित्वको अन्त वा देशका बेग्लाबेग्लै भागहरुको भारतीय संघमा विलयको खतराको हामीले बारम्बार उल्लेख गर्दै आएका छौं । त्यो अवस्थामा डा. भट्टराईले पनि बेग्लै प्रकारले त्यस प्रकारको खतरा भएको कुराको उल्लेख गर्नुलाई गलत भन्न मिल्दैन । त्यो अभिव्यक्तिको विरोध होइन, त्यस प्रकारको खतरालाई गम्भीर रुपमा लिंदै त्यस प्रकारको खतराबाट देशलाई बचाउन सबै सम्भव तरिकाले काम गर्नु नै बुद्धिमत्तापूर्ण कार्य हुनेछ र त्यसका लागि हामीले सबै सम्बन्धित पक्षहरुको ध्यान आकर्षित गर्न चाहन्छौं । 
देशमा बढिरहेको वनको फंडानी र तस्करी, बालुवा गिट्टी र ढुंगाको निर्यात आदिका कारणले देशको पर्यावरणमा गम्भीर असर परिरहेको छ । उक्त विषयमा स्वयं विभिन्न सरकारहरुका वनमन्त्रीहरु वा कतिपय प्रमुख राजनीतिक शक्तिहरुको कार्यप्रणालीबाट पनि वन र वातावरणमा धेरै नै नोक्सान पुगेको छ । उक्त प्रश्नहरुमा देशका विभिन्न भागहरुमा उठिरहेको आवाज र आन्दोलनलाई समर्थन गर्दै वन र पर्यावरणको रक्षाका लागि त्यस प्रकारको आन्दोलनमा राष्ट्रिय स्तरमा ऐक्यवद्धता कायम गर्दै आन्दोलनलाई प्रभावशाली प्रकारले अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
गीता हत्याकाण्डबाट देशको सुरक्षाको प्रश्न अत्यन्त गम्भीर अवस्थामा पुगेको कुरा प्रष्ट भएको छ । एकातिर, स्वयं सुरक्षाको नै उच्च तहमा भएको व्यक्तिद्वारा त्यस प्रकारको जघन्य अपराध र, अर्कातिर, गीताले एक वर्षदेखि नै सरकार, मानव अधिकार, महिला संगठनहरुका उच्च तहहरुमा समेत आफ्नो सुरक्षाका लागि माग गरिरहेको अवस्थामा पनि सम्बन्धित पक्षहरुले उनको सुरक्षा प्रति ध्यान दिन नसकोमा हाम्रो पार्टीले सम्बन्धित पक्षहरुको आलोचना गर्दछ । गीता हत्याकाण्ड देशमा बढिरहेको दण्डहीनता एउटा मात्र उदाहरण नभएर त्यस प्रकारको अवस्थाको एउटा गम्भीर उदाहरण मात्र हो । त्यो प्रश्नलाई गम्भीररुपमा लिनलाई हाम्रो पार्टीले सरकार र सम्बन्धित सबै पक्षहरुको ध्यान आकर्षित गर्न चाहन्छ ।
राज्य पुनर्संरचना आयोगको जुन रुपमा गठन गरिएको थियो, त्यस प्रति हाम्रो पहिले नै विरोध गरेको थियो । अहिले त्यसले तयार पारेका सञ्चार माध्यमद्वारा बाहिर आएको प्रतिवेदनमा जातीय आधारमा राज्यको पुनर्संरचना गर्ने तथ्यहरुको जानकारी भएको छ । त्यसको हाम्रो पार्टी कडा शब्दमा आलोचना गर्दछ ।
देशमा महंगी र कालोबजारी लगातार बढ्दै गइरहेको छ । पेट्रोलीयम पदार्थको मूल्य वृद्धिले त्यो महंगीलाई अरु बढाएको छ । आयल निगममा भएको भ्रष्टाचार, चुहावटमा नियन्त्रण गर्नुका सट्टा सरकारले त्यसको मूल्य बढाउने वा लगातार अनुदान बढाउदै लैजाने जुन नीति अपनाएको छ, त्यसको हाम्रो पार्टीले कडा विरोध गर्दै प्रट्रोलियम पदार्थको बढाएको मूल्य शीघ्र फिर्ता गर्नुपर्ने माग गर्दछ । ।
राष्ट्रिय जनमोर्चाले तोकिएको समयभित्र संविधानको निर्माण, संघीयताको खारेजी र स्थानीय निकायहरुको निर्वाचनका लागि घोषणा गरेको चरणवद्ध आन्दोलन, संघीयताका विरुद्ध राष्ट्रिय अभियानद्वारा संघीयताका विरुद्धको आन्दोलनको कार्यक्रममा, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीहरुको संयुक्त आन्दोलन समेतलाई समर्थन गर्दै हाम्रो पार्टीले तिनीहरुसित ऐक्यवद्धता प्रकट गर्दछ ।

मिति ः २०६८ माघ १७ गते 

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.