नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

सर्वप्रथम ने.क.पा.(मसाल)ले मे दिवसको उपल73यमा सम्पूर्ण विश्व र नेपालका पनि सबै शोषित, उत्पीडित र मेहनतकश जनताको अभिनन्दन गर्दै मे दिवसको उज्ज्वल र गौरवपूर्ण परम्परालाई अरु उच्च र क्रान्तिकारी रुपमा अगाडि बढाउने आवश्यकतामा जोड दिन्छ।
 
मे दिवसको अवसरमा हामीले नेपालको अहिलेको स्थिति प्रति पनि सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौं। हाम्रो देश अहिले इतिहासको नै अत्यन्त गम्भीर मोडमा आएर उभिएको छ। एकातिर, २०६२६३ को आन्दोलन पछि राजतन्त्रको अन्त भएर देशमा गणतन्त्र कायम भएको छ र त्यसलाई सुदृढ गर्ने गम्भीर जिम्मेवारी हाम्रो काँधमा आएको छ भने, अर्कातिर, गणतन्त्र समाप्त भएर देश पुनः प्रतिगमन वा अस्तव्यस्तता वा अराजकताको स्थितिमा जाने गम्भीर खतरा पनि हाम्रा अगाडि देखापरेको छ। आज देशको राष्ट्रियताका अगाडि पनि गम्भीर खतरा उपस्थित भएको छ। संघीयता, जातिवाद वा क्षेत्रीयतावादका कारणले देशमा जातीय र क्षेत्रीय द्वन्द्व बढ्ने वा राष्ट्रिय विखन्डन हुने खतराहरु पनि हाम्रा अगाडि देखापरेका छन्। त्यस प्रकारको स्थितिमा हाम्रो पार्टीले गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको रक्षा र संघीयताको विरोधमा संघर्षलाई लगातार, दृढतापूर्वक र सम्झौताहीन प्रकारले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिन्छ।

नेपालमा करिब ६ दशकको लामो संघर्षपछि संविधानसभाको चुनाव सम्पन्न भयो र त्यसले राजतन्त्रलाई समाप्त गर्ने ऐतिहासिक कार्य पूरा गरेको छ। अब त्यसका अगाडि नयाँ संविधानको निर्माणको जिम्मेवारी छ। तर निर्धारित समय पूरा भइसक्ने बेला हुँदासम्म पनि संविधान बन्न सकेको छैन र १४ जेष्ठसम्म संविधान बन्ने कुरामा गम्भीर प्रकारको आशंका उत्पन्न भएको छ। देशका प्रमुख राजनीतिक शक्तिहरु, मुख्यतः माओवादी, एमाले र ने.का., का बीचमा सहमति र सहकार्य हुन नसकेकाले नै त्यो कार्यमा बाँधा पुगेको छ र हामीले पुनः त्यस प्रकारको सहमति र सहकार्य गरेर आज देशका अगाडि भएका जिम्मेवारी पूरा गर्न सम्बन्धित पक्षहरुसित अपील गर्दछौं।

संविधानको निर्माणको कार्यमा आफ्नो नेतृत्वमा सरकार नबनेसम्म संविधान बन्न नदिने माओवादीहरुको अडानका कारणले संविधानको निर्माणमा सबैभन्दा बढी बाधा पुगेको कुरा स्पष्ट छ। संविधानको निर्माणका लागि दुईतिहाई बहुमत चाहिने भएकाले माओवादीको समर्थन बिना संविधान बन्न नसक्ने स्थिति छ। त्यसकारण हामीले माओवादीहरुसित संविधानको निर्माणमा बाँधा पुर्‍याउने उनीहरुको अहिलेको अडानमा पुर्नविचार गरी परस्परमा सहमति र सहकार्य गरेर संविधानको निर्माणप्रति सकारात्मक दृष्टिकोण अपनाउन अपील गर्दछौं।

मे देवसको उपल73यमा माओवादीहरुले राजधानीमा र देशव्यापी रुपमा आन्दोलनको सञ्चालन गरेका छन्। तर त्यो आन्दोलनको चरित्रले वास्तवमा मे दिवसको उज्ज्वल र क्रान्तिकारी चरित्रसित मेल खाँदैन। त्यो आन्दोलनको उद्देश्य खालि एउटै छ प्रचन्डको नेतृत्वमा सरकारको निर्माण। कुनै सरकारको गठन वा विघटन संविधानसभा वा व्यवस्थापिका संसद्द्वारा गरिने कार्य हो। विद्यमान अन्तरिम विधान वा देशमा कायम भएको व्यवस्था माओवादीहरु सहित स्वयं आन्दोलन पक्षधर शक्तिहरुको सहमतिमा नै बनेका हुन्। त्यो अवस्थामा संविधानसभाभन्दा बाहिरबाट आन्दोलनका बलमा कुनै सरकारलाई अपदस्थ गर्ने वा जोरजर्वजस्तीपूर्वक र दवावका बलमा कुनै सरकारको गठन गर्ने प्रयत्न वास्तवमा संविधानसभाको अधिकार र कार्यक्षेत्रको आक्रमण नै हो। त्यस प्रकारको कार्यविधिले संविधानसभाको भूमिकालाई समाप्त पार्नेछ र देश एक वा अर्को प्रकारको अधिनायकवादतिर जाने सम्भावना रहने छ। माओवादीहरुले अपनाएको त्यस प्रकारको तरिका सामाजिक फासिवादी तरिका हो। माओवादीहरुले फैलाएका डर, त्रास, आतंक वा उनीहरुको दवावमा आएर गरिने कुनै पनि प्रकारको आत्म समर्पणले उनीहरुको (माओवादीहरुको) सामाजिक फासिवादी प्रकारको प्रणालीलाई नै बल पुर्‍याउने छ र त्यसरी देशका समस्याहरुको समाधान होइन, देशमा अरु जटिल र गम्भीर प्रकारको संकटको स्थितिको सृजना गर्नेछ। त्यसैले हामीले माओवादीहरुसित संविधानसभा भित्रबाट र संवैधानिक तरिकाले नै सरकारबारे भएका आफ्ना मागहरुलाई पूरा गराउन प्रयत्न गर्दै जोरजवजस्तीका बलमा सरकारलाई अपदस्थ गर्ने वा आफ्नो सरकार गठन गर्न प्रयत्न गर्नेजस्ता सबै प्रयत्नहरुलाई बन्द गर्नका लागि अनुरोध गर्दछौं।

आन्दोलनका क्रममा माओवादीहरुले अपनाएको कार्यविधिबाट देशको शान्ति र सुरक्षामा गम्भीर आँच पुग्ने खतरा उत्पन्न भएको छ। हामीले आशा प्रकट गर्दछौं, सरकारले धैर्य र संतुलित प्रकारले काम गरेर देशको शान्ति र सुव्यवस्थालाई खलबलिन नदिन आवश्यक र प्रभावशाली कदम उठाउने छ।

मिति :  २०६७ बैशाख १८ गते 
 
(मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.