नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

ने।s।पा। मसालले देशका कतिपय तात्कालिक राजनीतिक प्रश्नहरुबारे आफ्नो दृष्टिकोण स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गर्दैछ ।

१। ने।s।पा। मसालले यही चैत्र ४ गते काठमाडौं प्रज्ञाभवनमा संघीयताका विरुद्ध राष्ट्रिय अभियानद्वारा आयोजित ूसंघीयताका विरुद्ध राष्ट्रिय अधिवेशनूको सफलताको शुभ-कामना गर्दछ । अहिले संघीयताका विरुद्धको जनमत कुनै खास राजनीतिक पक्षको संगठनको परिधिभन्दा धेरै बाहिरसम्म व्यापक भएको छ । उक्त राष्ट्रिय अधिवेशनले संघीयताका विरुद्धको देशव्यापी जनमतलाई संगठित रुप दिएर संघीयताका विरुद्धको आन्दोलनलाई सशक्त रुप दिन महत्वपूर्ण योगदान दिनेछ भन्ने हामीलाई विश्वास छ ।

२। संविधान तोकिएको समयभित्र नै हुनुपर्दछ भन्ने हाम्रो मत छ । संविधानसभाको अवधि थप्ने वा संक्षिप्त र अधुरो संविधानको निर्मण गर्ने जस्तो कुरालाई हामीले गलत ठान्दछौं र विरोध गर्दछौं ।

३। नेपालमा अनमिनलाई ल्याउने बारेमा प्रारम्भ देखि नै हाम्रो विरोध थियो । त्यसको म्याद थप्दै जाने कुरामा पनि हाम्रो विरोध रहँदै आएको छ । अनमिनद्वारा देशको शान्ति प्रकि्रयामा कुनै मद्दत पुग्ने छैन र त्यसद्वारा वास्तवमा शान्ति प्रकि्रयामा बाधा नै पुग्नेछ । त्यसकारण त्यसलाई छिटै देशबाट बाहिर पठाउनु पर्दछ भन्ने हाम्रो दृढ मत छ ।

४। माओवादी छापामारहरुलाई समुहगत रुपमा नेपाली सेनामा सामेल गर्ने कार्यलाई हाम्रो पार्टीले प्रारम्भ देखि नै विरोध गर्दै आएको छ । माओवादीहरुमा देखापरेको सामाजिक फासिवादी र सैन्यवादी प्रकारको प्रवृत्तिको पृष्ठभूमिमा उनीहरुका छापामारहरुलाई नेपाली सेनामा समूहगत रुपमा सामेल गर्दा नेपालमा सामाजिक फासिवादी शासन कायम हुने खतरा हुनेछ । त्यो बाहेक माओवादी छापामारहरुलाई समूहगत रुपमा नेपाली सेनामा सामेल गरेपछि अन्य कतिपय सशस्त्र गुटहरुका लडाकूहरुलाई पनि समूहगत रुपमा नेपाली सेनामा सामेल गर्नुपर्नेछ । त्यसरी ठूलो संख्यामा अवांन्छित तत्व अपराधी वा विदेशी एजेण्टहरुलाई पनि नेपाली सेनामा प्रवेशका लागि ढोका खुल्ने छ र त्यसबाट देशको राष्ट्रियता र अखण्डतामा गम्भीर खतरा पैदा हुनेछ । त्यसैले हामीले सबै राजनीतिक संगठनहरुसित माओवादी छापामारहरुलाई नेपाली सेनामा समूहगत रुपमा प्रवेश गर्ने नीतिको सट्टा उनीहरुलाई पुनस्र्थापना वा व्यवस्थापन गर्ने नीति अपनाउन अपील गर्दछौं । सेना सम्बन्धी त्यस प्रकारको व्यवस्था पनि संविधानको निर्माणभन्दा पहिले नै गरिनु पर्दछ । त्यो कार्यलाई पछिका लागि स्थगित राखेमा त्यसबाट नयाँ समस्या र जटिलता पैदा हुनेछन् ।

५। सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादीहरुले गरिरहेको प्रयत्न प्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । त्यस प्रकारको गतिविधिले संविधानको निर्माणको कार्यलाई ढीलो गर्नेछ र त्यो कार्यमा बाधा पुराउनेछ । त्यसैले हाम्रो पार्टीले सबै राजनीतिक पक्षहरुसित संविधानको निर्माणमा नै मुख्य रुपले ध्यान केन्द्रित गर्नका लागि अपील गर्दछौं । किनभने तोकिएको समयभित्र संविधान नबनेमा त्यसबाट सर्वप्रथम गणतन्त्रलाई सुदृढ र संस्थागत गर्ने कार्यमा बाधा पुग्ने र त्यसका साथै अन्य कैयौं गलत र अवांन्छित प्रकारका परिणामहरु हुने सम्भावना रहने छ ।

मिति ः २०६६ चैत्र ३ गते


मोहनविक्रम िसंह
महामन्त्री


फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.