नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


अब संविधानको निर्माणका लागि संविधानसभाको म्याद समाप्त हुन केही दिन मात्र बाँकी रहेका छन् । त्यो अवधिमा संविधानको निर्माणको कार्य पूरा गर्न सत्ता वा विपक्षमा रहेका प्रमुख राजनीतिक शक्तिहरुको सहमति कायम गर्ने प्रयत्नमा तीब्रता आएको छ । त्यसलाई ने.क.पा. (मसाल)ले सकारात्मक रुपमा लिन्छ । तर त्यस प्रकारको सहमति कायम गर्ने क्रममा जुन गलत प्रकारको सहमति कायम हुँदै गएको छ, त्यसप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।
संचार माध्यमद्वारा बाहिर आएको समाचार अनुसार निर्वाचित राष्ट्रपति सहितको मिश्रित प्रणाली अपनाउने सहमति कायम भएको छ । हाम्रो यो मत छ कि त्यस प्रकारको प्रणालीद्वारा एकातिर, निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अन्तर्गत जस्तै करिबकरिब अधिनायकवादी शासन प्रणाली कायम हुने र, अर्कातिर, राष्ट्रपति र प्रधानमन्त्री दुई कार्यकारी प्रमुख बन्दा परस्परमा द्वन्द्व तथा राजनीतिक अस्थिरताको अवस्था उत्पन्न हुने सम्भावना रहने छ । त्यस प्रकारको प्रणालीमा सहमति कायम गरेर राजनीतिक शक्तिहरुले गल्ति गर्दैछन् ।
नागरिकताको प्रश्नमा बाबु र आमा मध्ये कुनै एकजना नेपाली नागरिक भएर नेपालमा जन्मेका उनीहरुका सन्ताहरुलाई नेपालको नागरिक बन्ने कुरामा सहमति भएको भन्ने समाचार प्रकाशित भएको छ । त्यसको अर्थ यो हुन्छ कि कुनै नेपाली महिलाको कुनै विदेशी पुरुषसित विवाह भएपछि उनीहरुका सन्तानहरु पनि नेपाली नागरिक बन्न सक्नेछन् । यस सन्दर्भमा कुनै नेपाली पुरुषले विदेशी महिलासित विवाह गरेपछि त्यो महिला नेपालको नागरिक हुने व्यवस्था भएजस्तै नेपाली महिलासित विवाह गर्ने विदेशी पुरुषलाई पनि समान प्रकारले नेपालको नागरिकता प्रदान गर्नु पर्दछ भन्ने कतिपय महिला संगठन वा एन.जी.ओ., आई.एन.जी.ओ.हरुले आवाज उठाइरहेको कुरा विशेष रुपले उल्लेखनीय छ । उनीहरुले त्यस प्रकारको महिला र पुरुषका बीचमा कथित समानताको सिद्धान्तमा धेरै नै जोड दिने गरेका छन् र त्यसको प्रभावले गर्दा पनि प्रमुख राजनीतिक शक्तिहरुले त्यस प्रकारको सहमति कायम गर्ने दिशामा विचार गर्दै ता छैनन् ? त्यो सम्भावना तिर पनि हामीले गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ । अहिलेको महिला वा पुरुष मध्ये कुनै एकजना नेपालको नागरिक भएमा उनीहरुका सन्तानहरुलाई नेपालको नागरिक मान्ने सोंचाईका पछाडि पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस प्रकारको प्रभावले काम गरेको देखिन्छ । नेपाली नागरिक महिलासंग विवाह गर्ने कुनै विदेशी पुरुषलाई पनि नेपालको नागरिक पुरुषले विवाह गरेकी विदेशी महिलालाई जस्तै समान प्रकारले नागरिकता प्रदान गर्नुपर्दछ भनेर सहमति कायम गर्ने कुनै प्रयत्नलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक ठान्दछ । देशको स्थिति, खास गरेर भारतसितको खुला सिमाना, माथि ध्यान नदिइकन महिला र पुरुषका बीचमा समानताको सिद्धान्तलाई  यान्त्रिक रुपमा अपनाउने त्यस प्रकारको प्रणालीबाट ठूलो संख्यामा विदेशीहरु नेपालको नागरिक बन्ने र हाम्रो देश फिजी बन्ने खतरा छ ।
संवैधानिक अदालतबारे भएको सहमतिलाई पनि हाम्रो पार्टीले गलत मान्दछ । त्यस प्रकारको अदालतको गठनमा त्यसले दलीय स्वरुप लिने बढी सम्भावना हुने, दलीय स्वार्थ अनुसार त्यसको सञ्चालन हुने तथा न्यायालयको स्वतन्त्र र निष्पक्ष स्वरुपमा आँच पुग्ने सम्भावना रहने छ । त्यसकारण अहिले भनिए जस्तो पाँच वर्षको अवधिका लागि पनि त्यस प्रकारको बेग्लै संवैधानिक अदालतको गठन गलत हुनेछ ।
त्यसै गरेर उत्तर र दक्षिणका प्रदेशहरुलाई छुट्टाएर तराईमधेशको मात्र बेग्लै प्रदेशहरु बनाउने, जातीय आधारमा प्रदेशहरु गठनमा सहमति कायम गर्ने जुन प्रयत्न भइरहेको छ, त्यसको पनि हाम्रो पार्टीले आलोचना गर्दछ ।
अहिले प्रमुख राजनीतिक शक्तिहरुले पारस्पारिक सौदावाजी, विदेशी शक्तिहरु वा उनीहरुसित सम्बन्धित एन.जी.ओ., आई.एन.जी.ओ.को प्रभावमा परेर पनि कैयौं गम्भीर राष्ट्रिय महत्वका प्रश्नहरुमा गलत प्रकारले सहमति कायम गर्ने दिशातिर प्रयत्न गरिरहेका छन् । देशका आधारभूत र दीर्घकालिन हितमा आघात पुग्ने गरेर सहमति गर्ने जुन प्रयत्न गरिरहेका छन् त्यसको हाम्रो पार्टीले कडा शब्दमा आलोचना गर्दछ र तिनीहरुका विरुद्ध संविधानसभा भित्र र बाहिर पनि व्यापक रुपमा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । आगामी दिनमा पनि देशका आधारभूत र दीर्घकालिन हितहरुलाई ध्यानमा राखेर नै सहमति कायम गर्न तथा त्यसका आधारमा संविधानको निर्माण गर्न हामीले सम्बन्धित राजनीतिक शक्तिहरुसित अपील गर्दछौं ।
अहिलेसम्म भएको छलफलमा संघीयताको स्वरुप बारे औपचारिक रुपमा कुनै छलफल भएको देखिएको छैन । त्यस बारे विभिन्न राजनीतिक शक्तिहरुका बीचमा गम्भीर प्रकारको मतभेद भएको र त्यसको परिणाम स्वरुप संविधानको निर्माणमा बाधा पुग्ने कुरामाथि ध्यान दिंदै तत्कालका लागि त्यो विषयलाई स्थगित गरेर पनि संविधानको निर्माण गर्नका लागि हामीले संघीयताका पक्षपाति राजनीतिक शक्तिहरुको ध्यान आकर्षित गर्न चाहन्छौं । देशका विभिन्न जातिवादी र क्षेत्रीयतावादी संगठनहरुले संघीयता, जातीय राज्य वा मधेशका बेग्लै राज्य वा राज्यहरुलाई स्वीकार नगरेसम्म संविधानलाई बन्न नदिने, बने पनि स्वीकार नगर्ने वा पृथकतावादी गतिविधिहरु बढाउने चेतावनी दिइरहेका छन् । त्यो अवस्थामा एकातिर, सबै जात, जाति वा पिछडिएका क्षेत्रहरुका जनताका न्यायपूर्ण मागहरुलाई सन्तुलित प्रकारले समाधान गर्न प्रयत्न गर्दै, अर्कातिर, गणतन्त्र र राष्ट्रियताका पक्षमा भएका सबै राजनीतिक शक्तिहरुले  आपसमा दरो एकता कायम गरेर तोकिएको समयभित्र संविधानको निर्माणका लागि हामीले उनीहरुसित अपील गर्दछौं ।

मिति २०६९ बैशाख १२ गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.