नेपाल कम्युनिष्ट
पार्टी (मसाल)
केन्द्रीय कार्यालय
Website :
www.ncpmashal.org, cpnmashal.org,
Email :
ncpmashal@gmail.com वक्तव्य
माक्स्रवादी-लेनिनवादी पार्टी र संगठनहरुको १० औं अन्तर्राष्ट्रिय सम्मेलन
हालै यूरोपको कुनै भागमा भूमिगत रुपले सम्पन्न भएको छ । त्यो सम्मेलनमा
नेपाल भारत जर्मनी लक्जम्वर्ग बंगलादेश फिलिपिन्स प्रुान्स टर्की अमेरिका
पनामा बोलिभिया अर्जेटिना पाराग्वे कंगो डोमिनकल रिपब्लिक नेदरलैण्ड र
इरानका पार्टी र संगठनहरुका प्रतिनिधिहरु सामेल भएका थिए । ने।s।पा। मसाल
का तर्फबाट पार्टीका महामन्त्री का। मोहनविक्रम िसंहले भाग लिनुभएको थियो ।
त्यो सम्मेलनमा विस्तृत छलफल पछि मुख्यतः प्रथम विश्वमा देखापरेको आर्थिक
संकट द्वितीय कथित आतंकवादका विरुद्ध साम्राज्यवादी शक्तिहरुको कथित युद्ध र
तृतीय वातावरण सम्बन्धी प्रश्न र माक्स्रवादी-लेनिनवादीहरुको कत्र्तव्य
सम्बन्धी प्रस्तावहरु पारित भएका थिए । सम्मेलनमा विश्वमा देखापरेको आर्थिक
संकट बारे गम्भीरतापूर्वक छलफल भयो । त्यस सम्बन्धी प्रस्तावमा लेखिएको छ ः
आर्थिक र वित्तीय संकटले गर्दा साम्राज्यवाद अत्यन्त कमजोर भएको छ ।
त्यसले गर्दा वस्तुगत रुपमा क्रान्तिको आधार तयार भएको छ । तर त्यो
स्थितिलाई क्रान्तिको पक्षमा उपयोग गर्नका लागि क्रान्तिको आत्मगत पक्षलाई
मजबुत पार्नुपर्ने आवश्यकता छ र त्यसका लागि माक्स्रवादी-लेनिनवादीहरुले
विशेष पहल गर्नुपर्ने आवश्यकता छ ।
साम्राज्यवादी शक्तिहरुले कथित आतंकवादका विरुद्ध विश्वव्यापी रुपमा युद्ध
चलाउने प्रयत्न गरिरहेका छन् । तर उनीहरुको कथित आतंकवादका विरुद्धको त्यस
प्रकारको युद्धको वास्तविक उद्देश्य सबै क्रान्तिकारी आन्दोलनलाई दवाउनु र
त्यसरी अधिकतम नाफा कमाउनु तथा विश्वमा आफ्नो प्रभूत्व कायम गर्नु नै हो ।
वास्तवमा साम्राज्यवादीहरु नै विश्वका वास्तविक आतंकवादीहरु हुन् ।
उनीहरुका इराक वा अफनास्तिान विरुद्धको आक्रमणहरुबाट त्यो कुरामा कुनै शंका
रहन्न । त्यसैले संसारका सबै माक्स्रवादी-लेनिनवादीहरुले उनीहरुका युद्ध
विभिन्न देशहरुमा गरेको कब्जा वा फासिष्ट नीतिहरुका विरुद्धको संघर्षमा जोड
दिनुपर्दछ ।
सम्मेलनले वातावरणको समस्यालाई पनि गम्भीर रुपमा उठाएको छ ।
साम्राज्यवादीहरुको आफ्ना नाफाका लागि पृथ्वीलाई व्यापक रुपले दोहन गर्ने
नीतिले विश्वव्यापी रुपमा प्रदुषण बढेर गएको छ र प्रकृति र मानवका बीचको
सम्बन्धमा गम्भीर प्रकारको असन्तुलन कायम भएको छ । त्यसबाट सम्पूर्ण
मानवजातिका अगाडि नै गम्भीर खतरा उत्पन्न भएको छ । त्यो अवस्थामा
साम्राज्यवादका विरुद्धको संघर्षलाई सशक्त र व्यापक रुपमा उठाउँदै
प्रदूषणको समस्यालाई हल गर्न माक्स्रवादीहरुले विशेष ध्यान दिनुपर्ने
आवश्यकता छ ।
उक्त मुख्य प्रस्तावहरु बाहेक विभिन्न देशहरुका समस्या र आन्दोलन बारे पनि कतिपय प्रस्तावहरु पारित गरिएका थिए ।
मिति : २०६७ मंसिर १४ गते मोहनविक्रम सिंह महामन्त्री
|