नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य 

यही २०६८ माघ ४ गते सरकारले पेट्रोलियम पदार्थमा गरेको भारी मूल्य बृद्धिप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) घोर विरोध गर्दछ । पहिले जस्तै यसपटक पनि आयल निगमको कृत्रिम घाटापूर्ति गर्ने बहानामा सरकारले जुनप्रकारले मूल्य बृद्धि गरेको छ त्यो तर्कसंगत देखिंदैन । हालसम्मका कुनै पनि सरकारले निगमले देखाउने गरेको घाटाबारे अध्ययन तथा अनुसन्धान गरेको पाईदैन । विभिन्न समयमा निगममा भ्रष्टाचार, अनियमितता र चुहावट हुने गरेका समाचारहरु बाहिर आउने गरेता पनि सरकारले त्यसमाथि नियन्त्रण गर्न कुनै पहल गरेको पनि पाईदैन । बरु हरेक पटक घाटापूर्तिको नाममा मूल्य बृद्धि गरेर जनताको शोषण गर्ने काम गरेको छ । हाम्रो पार्टी यसरी अहिले गरिएको मूल्य बृद्धिप्रति घोर विरोध प्रकट गर्दछ र सरकारको उक्त जनविरोधी कदमप्रति आपत्ति प्रकट गर्दछ । त्यसका साथै सरकारको उक्त निर्णय तत्काल फिर्ता गर्न माग गर्दछ ।
सरकारले जनताका दैनिक अत्यावश्यक वस्तुहरुमा बढीभन्दा बढी अनुदान दिएर भए पनि मूल्यलाई स्थिर तथा नियन्त्रित राख्नु पर्नेमा उल्टो मूल्य बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ । पेट्रोलिय पदार्थमा गरिएको मूल्य बृद्धिबाट अन्य वस्तुको पनि बजार भाउ महंगो हुने अवस्था सिर्जना भएको छ । हाम्रो पार्टी सरकारले गरेको मूल्य बृद्धिका विरुद्ध तत्काल संघर्ष गर्नु पर्ने आवश्यकता ठान्दछ । 

मिति ः २०६८ माघ ५ गते

हरि आचार्य
प्रवक्ता

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.