नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
ए.ने.क.पा. (माओवादी)का अध्यक्ष प्रचण्डद्वारा पोलिटव्यूरोको बैठकमा जनविद्रोहको कार्यदिशालाई स्थागित गरेर तत्काल शान्ति र संविधानमा जोड दिने जुन राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्, त्यसलाई ने.क.पा. (मसाल) ले सकारात्मक रुपमा लिन्छ र स्वागत गर्दछ ।
अहिले देशमा विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा आमूल परिवर्तन नगरिकन पूँजीवादीप्रजातान्त्रिक क्रान्ति पनि सफल हुन सक्दैन । त्यसका लागि लामो क्रान्तिकारी आन्दोलनको प्रक्रियाबाट जानुपर्ने आवश्यकता भएको कुरा प्रष्ट छ । तैपनि वर्तमान अवस्थामा ०६२६३ को आन्दोलनका उपलब्धिहरुको रक्षा, गणतन्त्रको सुदृढीकरण र त्यसका लागि संविधानको निर्माण नै ऐतिहासिक र राष्ट्रिय आवश्यकताहरु हुन् । यस प्रकारको अवस्थामा जन विद्रोहमा जोड दिने नीति सिद्धान्ततः सही भएपनि वर्तमान राजनीतिक परिस्थितिमा असान्दर्भिक र गलत हुन जान्छ । त्यसबाट गणतन्त्रलाई संस्थागत गर्ने र संविधानको निर्माणमा बाधा पुग्ने सम्भावना तथा प्रतिगमनलाई नै मद्दत पुग्ने सम्भावना रहने छ ।
त्यस प्रकारको पृष्ठभूमिमा माओवादी अध्यक्ष प्रचण्डको शान्ति र संविधानमा जोड दिने प्रस्तावको प्रगतिशील महत्व भएको कुरा प्रष्ट छ । त्यसैले हाम्रो पार्टीले माओवादीहरुसित भएका आफ्ना मतभेदहरुलाई सुरक्षित राख्दै वा आवश्यकतानुसार तिनीहरुलाई अगाडि बढाउँदै तत्काल शान्ति र संविधानका दिशामा उनीहरुले गर्ने प्रयत्नहरुलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्नेछ ।

मिति ः २०६८ बैशाख ८ गते

(मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.