नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य


गणतन्त्रको सुदृढीकरण राष्ट्रियताको रक्षा र संघीयताको विरुद्ध समेत राष्ट्रिय जनमोर्चाका क्षँेत्रीय तहमा आयोजित बन्द र हडतालका कार्यक्रमहरु माघ ६ गते राप्ती-लुम्बिनी बन्द र हडतालको कार्यक्रमका साथै देशव्यापी रुपमा भव्यरुपले सफल भएको छ । त्यसका लागि हामीले देशभरका जनतालाई बधाई दिन र अभिनन्दन गर्न चाहन्छौं । बन्द र हडतालमा प्राप्त जनताको त्यो समर्थनले संघीयताका विरुद्ध देशव्यापी रुपमा जनमत भएको कुरालाई बताउँछ । हामीले शासक वर्गलाई यो चेतावनी दिन चाहन्छौं जनताको यो मतलाई दवाएर संघीयतालाई जवजस्तीपूर्वक लागू गर्ने प्रयत्न गरिएमा त्यसका कैयौं गम्भीर परिणामहरु हुनेछन् ।

राज्य पुनस्रंरचना र राज्य शक्तिको बाँडफाँड समितिले देशलाई जातीय आधारमा १४ प्रदेशहरुमा बाँड्ने निर्णय सहित संविधानसभाका प्रमुखलाई आफ्नो प्रतिवेदन पठाएको छ । त्यसरी जातीय आधारमा प्रदेशहरुको जुन विभाजन गरिएको छ त्यसलाई हाम्रो पार्टीले गलत मान्दछ र त्यसको विरोध गर्दछ । त्यसको ठाउँमा हाम्रो पार्टीले विभिन्न जात जाति भाषा-भाषि र भौगोलिक क्षेत्रहरुलाई मिलाएर प्रदेशको निर्माणमा जोड दिन्छ र संविधानसभा भित्र र बाँहिर पनि त्यसका लागि आफ्नो संघर्ष अगाडि बढाउने छ ।

ने।s।पा। मसालले प्रारम्भ देखि नै माओवादी लडाकूहरुलाई समुहगत रुपमा नेपाली सेनामा सामेल गर्ने कुराको विरोध गर्दै आएको छ र अहिले पनि हाम्रो त्यही अडान छ । निश्चय नै उनीहरुको पुनस्र्थापना वा व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई हामीले स्वीकार गर्दछौं । माओवादीहरुमा सामाजिक फासिवादी र सैन्यवादी प्रकारको प्रवृत्ति हावी भएको छ । उनीहरुलाई नेपाली सेनामा सामेल गर्दा सेनाको चरित्रमा त्यसको नकारात्मक असर पर्ने देशमा नवअधिनायकवाद कायम हुने सम्भावना रहने छ । माओवादीहरुलाई समुहगत रुपमा नेपाली सेनामा सामेल गरेपछि देशका अन्य सशस्त्र गुटहरुलाई पनि नेपाली सेनामा समुहगत रुपमा प्रवेशका लागि ढोका खुल्ने छ । त्यसरी नेपाली सेनाको संख्या अनावश्यक रुपले बढी हुनेछ र सेनामा ठूलो संख्यामा अराजकतत्व अपराधी र छद्मरुपमा विदेशी सी।आई।डी।हरुको पनि प्रवेशको खतरा बढ्ने छ । त्यसैले माओवादीहरुलाई समुहगत रुपमा नेपाली सेनामा प्रवेश गर्ने कार्यलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ ।

काठमाडौंको गोठाटारमा यही माघ ६ गते माओवादीहरुको िहंसात्मक कारवाहीद्वारा कतिपय व्यक्तिहरु घाइते हुनका साथै एकजना १० वर्षीय २ कक्षामा पढ्ने सन्तोष कार्कीको हत्या भएको घटनालाई हाम्रो पार्टीले तीब्र शब्दमा भत्स्रना गर्दछ । त्यस सन्दर्भमा हामीले मृत विद्यार्थीका सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै त्यो घटनाका जिम्मेवार अपराधिहरुमाथि कडा कारवाही र सबै घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति दिनका लागि माग गर्दछ । गोठाटारको घटनाले पुनः माओवादीहरुको अराजकतावादी सामाजिक फासिवादी र सैनिकवादी प्रकारको चरित्रलाई उदांगो बनाएको छ र उनीहरुलाई समुहगत रुपमा नेपाली सेनामा प्रवेश िदंदा त्यसको परिणाम कति घातक हुनेछ त्यो कुरा पुनः प्रष्ट गरेको छ ।


मिति ः २०६६ माघ ०८ गते




मोहनविक्रम िसंह

महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.