नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

 वक्तव्य

ने.क.पा. (मसाल)को आजै बसेको पी.वी.को बैठकले माधव नेपालको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछिको स्थितिको मूल्यांकन गर्दै निम्न लिखित वक्तव्य जारी गरेको छ।

तीनबुँदे सहमतिमा राष्ट्रिय सहमतिको आधारमा सरकारको गठन र प्रधानमन्त्रीको राजीनामाको उल्लेख गरिएको छ। हाम्रो पार्टीले प्रधानमन्त्रीको राजीनामा भन्दा पहिले शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार बारे सहमति हुनुपर्ने आवश्यकतामा जोड दिंदै आएको थियो। तर उक्त सहमति नभइकन प्रधानमन्त्रीले राजीनामा दिएपछि राजनीतिक अवस्थामा नयाँ प्रकारको जटिलता उत्पन्न हुने छ भन्ने हाम्रो मत छ। 

हाम्रो पार्टीले प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकारको गठनभन्दा पहिले शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार बारे छिटोभन्दा छिटो सहमति कायम हुनुपर्ने आवश्यकतामा जोड दिन्छ। त्यसरी नै संविधानसभाको थपिएको एकवर्षको बाँकी रहेको समयमा शान्ति प्रक्रिया र संविधानको निर्माणका कार्यहरु सफल हुन सक्नेछन्।

शान्ति, संविधान र सरकारको गठनसित सम्बन्धित केही पक्ष बारे पनि हाम्रो पार्टीले सम्बन्धित सबै पक्षको ध्यान आकर्षित गर्न चाहन्छ। सामान्यतः संविधानसभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुका बीचमा र  मुख्यतः माओवादी, एमाले र ने.का.का बीचमा सहमति नभइकन शान्ति प्रक्रिया र संविधानको निर्माणका कार्यहरु सफल हुने छैनन्। त्यसकारण उक्त प्रश्नहरुमा त्यस प्रकारको सहमति अनिवार्य छ। तर सरकारको निर्माण बारे संवैधानिक र राजनीतिक दृष्टिकोणले पनि स्थिति केही भिन्न छ। सरकारको निर्माणको सन्दर्भमा सम्भव भएसम्म सहमतिका आधारमा र सहमति हुन नसकेमा सदनको बहुमतका आधारमा सरकारको निर्माण गरिनु पर्दछ र अनिश्चित समयसम्मका लागि सरकार विहीनताको अवस्था रहन दिनु सही हुने छैन। त्यो क्रममा कुनै राजनीतिक शक्ति सरकारमा सामेल नभएर प्रतिपक्षमा बसेपनि शान्ति प्रक्रिया र संविधानको निर्माणमा सकारात्मक योगदान दिने सबैको दायित्व हुनुपर्दछ।

यदि अहिलेको स्थितिमा पुनः शान्ति र संविधानको निर्माण बारे सहमति कायम नभइकन सरकारको निर्माणको प्रश्नलाई नै प्रमुखता दिइन्छ भने त्यसले पुनः स्थितिलाई अरु जटिल बनाउने छ र थप अन्यौल तथा अनिश्चियताको स्थिति उत्पन्न हुनेछ। त्यो अवस्थामा शान्ति प्रक्रिया तथा संविधानको कार्य अवरुद्ध हुने तथा गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा पनि बाधा पुग्ने सम्भावना रहनेछ । त्यसैले हाम्रो पार्टीले तीन बुँदे सहमतिमा उल्लेख गरिए झै तत्काल शान्ति र संविधान बारे सहमति कायम गर्ने प्रश्नमा ध्यान केन्द्रित गर्नका लागि तथा सहमति वा बहुमतका आधारमा छिटोभन्दा छिटो सरकारको गठनमा जोड दिन्छ।
 
२०६७ आषाढ १६ गते
 
(मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.