नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

माधव नेपालले नेतृत्व गरेको गठबन्धन सरकारले पासपोर्ट एम।आर।पी। को छपाईको कार्य भारतलाई दिने निर्णय गरेको छ र त्यसबारे भारतीय पक्षसित सम्झौता पनि भइसकेको छ । सरकारको त्यो कार्यलाई हाम्रो पार्टीले गम्भीर रुपमा लिन्छ । अख्तियारले टेण्डर खोलेर प्रतिस्पर्धाका आधारमा त्यसबारे निर्णय गर्ने निर्देशन दिएको थियो । तर अख्तियारको त्यो निर्देशनलाई खुला रुपले उल्लंघन गरेर भारतलाई एम।आर।पी।sाे छपाई दिने निर्णय अत्यन्त आपत्तिजनक कुरा हो र हाम्रो पार्टीले मन्त्रीमण्डलको त्यस प्रकारको निर्णयको कडा शब्दमा विरोध गर्दछ ।
कास्कीमा अखिल नेपाल युवक संघको शान्तिपूर्ण घोषणा सभामा माओवादीहरुले गरेको िहंसात्मक आक्रमणको हाम्रो पार्टीले तीब्र शब्दमा भत्स्रना गर्दछ र त्यस प्रकारको कारवाहीहरुलाई रोक्न कडा चेतावनी दिन्छ । उनीहरुले संघीयताको विरोध गरेको भनेर त्यहाँ शान्तिपूर्ण कार्यक्रममा आक्रमण गरेका थिए । संघीयताले देशलाई जातीय र क्षेत्रीय द्वन्द्व र राष्ट्रिय विखण्डनको दिशामा लैजाने कुरा निश्चित छ । त्यसकारण त्यसका विरुद्ध संघर्ष गर्नु सबै देशभक्त नेपालीहरुको कत्र्तव्य हुन्छ र संघीयताको विरुद्धको आन्दोलनलाई अरु उच्च र व्यापक रुपमा बढाएर लैजानुपर्ने आवश्यकता छ । हामीले यहाँ दृढ शब्दमा यो कुरा पनि स्पष्ट गर्न चाहन्छौं कि त्यस प्रकारको िहंसात्मक आक्रमणले हाम्रो त्यो आन्दोलनलाई दवाउन वा रोक्न सक्ने छ्रैन । त्यसका साथै कुनै शान्तिपूर्ण आन्दोलनमा िहंसात्मक आक्रमण गरेर माओवादीहरुले आफ्नो अराजकतावादी र सामाजिक फासिवादी प्रकारको कार्यशैलीको परिचय दिएका छन् । हाम्रो पार्टीले उनीहरुको त्यस प्रकारको सामाजिक फासिवादी प्रकारको कारवाहीका विरुद्ध देशव्यापी रुपमा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।
अहिले माओवादीहरुका तीन हजार लडाकूहरुलाई नेपाली सेनामा सामेल गर्ने कुराको चर्चा भइरहेको छ । हाम्रो पार्टीले सानो वा ठूलो जुनसुकै संख्यामा भएपनि त्यसरी समुहगत रुपमा माओवादी छापामारहरुलाई नेपाली सेनामा सामेल गर्ने कार्यलाई गलत मान्दछ । प्रथमतः माओवादीहरुको सामाजिक फासिवादी कार्यशैली अहिलेपनि उनीहरुले देशव्यापी रुपमा त्यस प्रकारको कार्यशैली बढाइरहेको कुरामाथि ध्यान िदंदा उनीहरुलाई त्यसरी नेपाली सेनामा सामेल गर्दा देशमा नव-अधिनायकवादी र सामाजिक फासिवादी प्रकारको खतरा बढ्ने सम्भावना रहने छ । त्यसका साथै त्यसरी कुनै पक्षका लडाकूहरुलाई समुहगत रुपमा नेपाली सेनामा सामेल गर्ने प्रकि्रया प्रारम्भ भयो भने देशका अन्य सशस्त्र गुटहरुका लडाकूहरुलाई पनि समुहगत रुपमा नेपाली सेनामा सामेल गर्नका लागि बाटो खुल्ने छ वा वाध्यता हुनेछ । त्यसबाट देशको राष्ट्रियतामा झन् गम्भीर आँच पुग्नेछ । त्यसैले हामीले माओवादी छापामारहरुलाई आवश्यकतानुसार पुनस्र्थापना वा व्यवस्थापन गर्ने कुरामा जोड िदंदै नेपाली सेनामा सामेल गर्ने कार्यलाई दृढतापूर्वक विरोध गर्दछ र अन्य पक्षधहरुसित पनि त्यो प्रश्नबारे गम्भीरतापूर्वक विचार गर्न अपील गर्दछौं ।
माओवादीहरुले उनीहरुको नेतृत्वमा सरकार नबनेमा संविधान बन्न नदिने कुरामा लगातार जोड दिइरहेका छन् र उनीहरुको समर्थन बिना संविधान नबन्ने भएकाले अन्य कतिपय राजनीतिक पक्षहरुले उनीहरुको माओवादीहरुको त्यस प्रकारको सोंचाई प्रति सम्झौतावादी वा समन्वयवादी बाटो पनि अपनाउने कुरा गर्न थालेका छन् । तर आफ्ना पक्षमा सहमति वा बहुमत नभएपनि उनीहरुको नै नेतृत्वमा सरकार बन्नु पर्दछ भन्ने उनीहरुको दावी सामाजिक फासिवादी प्रकारको सोंचाई हो र उनीहरुको त्यो नीतिलाई प्रश्रय दिएमा देशमा नव-अधिनायकवादी शासन कायम हुने खतरा हुनेछ । गतकालमा उनीहरुले जुनसुकै अवस्थामा भएपनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने कुरामा जोड िदंदै अन्यथा ँविद्रोहको बाटो समात्ने कुरा गर्दै आएका छन् । अहिले उनीहरुको पक्षमा सहमति वा बहुमत नभएपनि उनीहरुलाई सरकार बन्नका लागि ढोका खोलेपछि भविष्यमा पनि लगातार जुनसुकै अवस्थामा पनि उनीहरुको पक्षमा सहमति वा बहुमत नभएपनि आफ्नो नेतृत्वमा सरकार बन्नका लागि जोड दिइरहने छन् वा उनीहरुको कुरालाई अन्य पक्षहरुले स्वीकार नगरेमा देशमा अशान्ति मच्चाउने वा ँविद्रोहको बाटो समात्ने कुरा गर्नेछन् । त्यसरी अहिले उनीहरुको गलत दावीका अगाडि आत्मसमर्पण गर्नुको अर्थ उनीहरुको सामाजिक फासिवादी प्रकारको सोंचाईलाई अनिश्चित भविष्यसम्म लगातार कायम राख्नका लागि मद्दत गर्नु नै हुनेछ । संविधानसभामा माओवादीहरुको संख्यात्मक स्थिति वा उनीहरुको समर्थन बिना संविधानको निर्माण हुन नसक्ने भएको हुनाले संविधानको निर्माणको पक्षमा उनीहरुसित सहमति कायम गर्न वा पारस्पारिक समझदारी अनुसार उनीहरुलाई सरकारमा सामेल गर्न पनि प्रयत्न गर्नुपर्दछ । तर संविधान वा प्रजातान्त्रिक मूल्य र मान्यताहरुको विपरित उनीहरुका गलत दवावका अगाडि समन्वय वा सम्झौता गर्ने नीति अपनाउनु अत्यन्त घातक कुरा हुनेछ र त्यसका कैयौं दुरगामी दुष्परिणामहरु हुनेछन् ।

मिति ः २०६६ चैत्र १७ गते

मोहनविक्रम िसंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.