नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
अमेरिकी साम्राज्यवादको नेतृत्वमा विभिन्न साम्राज्यवादी देशहरूद्वारा लिवियामाथि भइरहेको सैनिक आव्रmमणको ने.क.पा. (मसाल) ले कडा शब्दमा विरोध गर्दछ । लिविया माथि आव्रmमणको लागि मार्ग परसस्त गरेर संयुक्त राष्ट्रसंघले पुनः त्यो अमेरिकी साम्राज्यवादको कठपुतली संस्था नै भएको कुरा प्रष्ट गरेको छ । चीन, रुस, भारत, जर्मनी, ब्राजिल आदि देशहरूले संयुक्त राष्ट्रसंघको त्यो निर्णय वा लिविया माथिको आव्रmमणलाई प्रत्यक्षरुपले समर्थन नगरे पनि उनीहरूको विरोध निष्कृय प्रकारको रह्यो र त्यसबाट व्यवहारमा उनीहरूले अप्रत्यक्ष रुपमा त्यो आव्रmमणलाई समर्थन गरेको देखिन्छ ।
लिविया माथिको आव्रmमण अमेरिकी साम्राज्यवादको विश्वव्यापी प्रभूत्वको नीतिको एउटा अंग हो । त्यसैले अहिले त्यहाँ भएको आव्रmमण विश्वभरका स्वतन्त्रताप्रेमी राष्ट्र र जनता माथिको आव्रmमण हो । त्यसका साथै त्यहाको तानाशाही व्यवस्थाप्रतिको हाम्रो गम्भीर विरोध भएको र त्यसको विरुद्धको त्यहाका जनताको आन्दोलनलाई हाम्रो पार्टीले समर्थन गरेको कुरा हामीले पहिले नै सार्वजनिक वक्तव्यद्वारा प्रष्ट गरिसकेका छौं । तर त्यस सन्दर्भमा यो कुराप्रति पनि हाम्रो गम्भीर ध्यान गएको छ कि, त्यहाको तानाशाही व्यवस्था विरुद्धको संघर्षको नाममा स्वयं आफ्नो देशमाथिको साम्राज्यवादी आव्रmमणलाई समर्थन गर्ने प्रकारको प्रवृित्तहरू पनि त्यहा देखापरिरहेका छन् । त्यसप्रकारका सोंचाई वा नीतिहरूबाट स्वंय लिवियाको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतामाथि नै गम्भीर आच पुग्ने छ र अन्तमा त्यहा आफ्नो प्रभूत्व कायम गर्ने साम्राज्यवादी षडयन्त्रलाई नै वल पुग्ने छ । यो कुनै लुकेको कुरा होइन कि अमेरिकी साम्राज्यवादले लिवियाको तानाशाही व्यवस्थाको विरुद्ध र जनताको आन्दोलनको समर्थनको नाममा जुन आव्रmमण गरिरहेको छ, त्यसका पछाडिको वास्तविक उद्देश्य त्यहाको तेल सम्पदामा कब्जा जमाउनु नै हो । त्यसैले हामीले त्यहाका आन्दोलन पक्षधर शक्तिहरूमा देखापरेका आफ्नो देश माथि भइरहेको आव्रmमण प्रतिको समर्थनका सोंचाईहरूलाई गलत मान्दछौं र तिनीहरूको आलोचना गर्दछौं । वास्तवमा साम्राज्यवादी आव्रmमणका कारणले लिवियाका जनताका काधमा आफ्नो देशको राष्ट्रियता र  स्वतन्त्रताका लागि संघर्ष गर्ने ठूलो जिम्मेवारी आएको छ र हाम्रो पार्टीले त्यहाका जनताले साम्राज्यवादका विरुद्ध र आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकताका पक्षमा गर्ने सबै प्रकारका संघर्षहरूलाई दृढतापूर्वक समर्थन गर्ने छ र तिनीहरूसित आफ्नो ऐक्यवद्धता प्रकट गर्ने छ ।
जापानमा भूकम्प र सुनामीबाट भएको गम्भीर क्षतीको लागि हाम्रो पार्टीले त्यहाको जनताप्रति गम्भीर साहनुभूति प्रकट गर्दछ । भूकम्प र सुनामी आए र गए तर त्यो भन्दा ठूलो खतरा त्यहाका आणविक भट्टिहरूका कारणले उत्पन्न भएको छ । त्यसबाट खाली जापान मात्र होइन, सम्पूर्ण विश्वका लागि खतरा उत्पन्न भएको छ ।
जापानका आणविक भट्टिहरूमा भएका विष्फोटहरू र तिनीहरूबाट उत्पन्न खतराबाट आणविक हतियार र आणविक भट्टिहरूबाट सम्पूर्ण मानव जाति र मानव सभ्यता नै समाप्त हुने खतराको संकेत मिलेको छ । जापानमा भन्दा संसारका अन्य कैयौं देशहरूसित कैयौं गुणा ठूला आणविक खजनाहरु छन् । त्यो अवस्थामा ती देशहरूमा प्राकृतिक प्रकोप वा प्राविधिक कजोरी युद्ध वा अन्य कुनै कारणले जापानको जस्तो आणविकस्थिति उत्पन्न भयो भने त्यसबाट मानव जातिका लागि नै कति ठूलो खतरा उत्पन्न हुनेछ ? अन्दाज गर्न मुश्किल पर्दैन । त्यसकारण सबैप्रकारका आणविक हतियार र भट्टिहरू माथि प्रतिवन्ध लगाउन तथा तिनीहरूलाई नष्ट गर्नका लागि विश्वव्यापी रुपमा आवाज उठ्नु पर्ने आन्दोलन हुनुपर्ने आवश्यकता छ । जापानमा देखापरेको आणविक हतियारको पृष्ठभूमिमा त्यसबारे अन्तर्राष्ट्रिय स्तरमा नै आवाज उठ्न थालेको छ र त्यसले झन् पछि झन् व्यापक र शक्तिशाली रुप लिंदै गइरहेको छ । हाम्रो पार्टीले त्यसप्रकारका आवाज वा आन्दोलनहरूलाई पूरा समर्थन गर्दै आफ्नो तर्फबाट पनि त्यो दिशामा सक्दो योगदान दिने प्रयत्न गर्ने छ ।
अन्तमा लिविया माथि भएको साम्राज्यवादी आव्रmमणका विरुद्ध तथा सबैप्रकारका आणविक हतियार र भट्टिहरूलाई नष्ट गर्नको लागि हाम्रो पार्टीले देशका सबै स्वतन्त्रता र शान्तिप्रेमी, राजनीतिक शक्ति, संघसंस्था र आम जनतासित पनि अपिल गर्दछ ।

मिति ः २०६७ चैत्र ०८ गते

मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.