यही माघ ३ गते
सिन्धुपाल्चोकमा रक्तिम सांस्कृतिक अभियानको प्रशिक्षणकार्यक्रममा
माओवादीहरुले
गरेको िहंसात्मक आक्रमणलाई ने।s।पा। मसाललेगम्भीर
रुपमा लिन्छ । उनीहरुले जातीय आधारमा देशका विभिन्न भागहरुमा गरेकोस्वायत्त
गणराज्यहरुको घोषणालाई खालि प्रचारात्मक बताएका थिए । तर अबउनीहरुले
उनीहरुका कथित
गणराज्यहरु भित्र विरोधी राजनीतिक गतिविधिहरुलाईमात्र होइन सामान्य
सांस्कृतिक प्रशिक्षणको कार्यक्रमहरु माथि िहंसात्मकआक्रमण गर्न थालेका
छन्
। देशको राजधानी काठमाडौं समेत देशका अन्य भागहरुमापनि उनीहरुका त्यस
प्रकारका प्रवृत्तिहरु देखापर्दै गइरहेका छन् । त्योसिलसिलामा उनीहरुले
विरोधी राजनीतिक विचार राख्ने राजनीतिक दलहरुलाईउनीहरुका ूगणराज्यू
भित्र कुनै गतिविधि गर्न नदिने तथा प्रतिबन्ध लगाउनेसमेत कुराहरु गर्न
थालेका छन् ।
उपराक्त सबै कुराहरु
माथि विचार गर्दा सिन्धुपाल्चोकको घटना सामान्यस्थानीय महत्वको समस्या
मात्र बन्न जान्न तर त्यो एउटा राष्ट्रिय महत्वकोविषय बन्न जान्छ । त्यो
समस्याको गम्भीरता यो कुरामा निहित छ किमाओवादीहरुको त्यो नीति
कायम भएमा उनीहरुका सोंचाईहरुसित मतभेद राख्ने कुनैराजनीतिक वा सामाजिक
र
सांस्कृतिक संगठनलाई राजधानी सहित उनीहरुले गणराज्यघोषणा गरेका देशका
कुनै
पनि भागमा कुनै पनि प्रकारको गतिविधि गर्ने अधिकारहुनेछैन । बताइरहनुपर्ने
आवश्यकता छैन कि त्यो चरम प्रकारको सामाजिकफासिवादी प्रकारको
प्रवृत्ति हो । त्यसकारण उनीहरुका त्यस प्रकारकाकार्यप्रणालीका विरुद्ध
संघर्ष राष्ट्रिय महत्वको विषय बन्न गएको छ ।त्यसैले हाम्रो पार्टीले
माओवादीहरुको त्यस प्रकारको सामाजिक फासिवादीप्रकारको कार्यशैलीका
विरुद्ध देशव्यापी रुपमा भण्डाफोर र संघर्ष संगठितगर्नुपर्ने आवश्यकतामा
जोड दिन्छ । तत्काल सिन्धुपाल्चोकको घटनाका विरुद्धहामीले देशव्यापी
रुपमा
विरोध सभाहरुको आयोजना गर्ने छौं भने पछि त्यसबारेविस्तृत रुपले छलफल गरेर
आगामी कार्यक्रम निश्चित गर्नेछौं । त्यस प्रकारकाकार्यक्रमहरुमा हामीले
सम्पूर्ण जनताबाट समर्थन र सहयोगका लागि अपीलगर्दछौं ।