नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
 
तपाईहरुलाई यो बताउँदा हामीलाई खुसी लागिरहेको छ कि गत २०१० अक्टोबर ६ का दिन "क्रान्तिकारी पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय को-अर्डिनेशन" (International Coordination of Revolutionary Parties and Organizations-ICOR) को गठन भयो। यूरोपको कुनै देशमा भूमिगत रुपले सम्पन्न आई.सी.ओ.आर.को स्थापना सम्मेलनमा त्यो संगठनको निर्माण भएको थियो। त्यो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, टर्की, कंगो, बोलेभिया, पनामा, चिले, डोमिनेकिन रिपब्लिक, यू.एस.ए., मेक्सिको, जर्मनी, लक्जम्वर्ग, इटाली, यूनान, बल्गेरिया, युक्रेन, वेलारुस, चेकोस्लोभाकीया, स्लोभाकीया, स्वीटरजलैन्ड र उरोग्वेका मार्क्सवादीलेनिनवादी पार्टी र संगठनहरुका प्रतिनिधिहरु सामेल थिए। त्यो सम्मेलनमा ने.क.पा. (मसाल)को तर्फबाट मोहनविक्रम सिंह सहभागि हुनुहुन्थ्यो। त्यो सम्मेलनको सफलताका लागि नेपालबाट ने.क.पा.(माओवादी), ने.क.पा. (एमाले)ले पनि शुभकामना पठाएका थिए।  
आई.सी.ओ.आर.को गठन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नै ऐतिहासिक महत्वको कार्य थियो। त्यसको उद्देश्य ६७ वर्ष पहिले विघटन भएको कम्युनिष्ट इन्टरनेशनल (कमिन्टर्न)को कमीलाई पूरा गर्नु नै हो। तर त्यसका लागि लामो गृहकार्य, सैद्धान्तिक र संगठनात्मक कार्य गर्नुपर्ने आवश्यकता माथि ध्यान दिंदै तत्काल त्यसका लागि त्यसलाई अन्तर्राष्ट्रिय कोआर्डिनेशनको रुपमा मात्र प्रारम्भ गर्ने ठेगान भएको छ र त्यो स्वतन्त्र संगठनहरुको कोअर्डिनेशन हुनेछ।
सर्वप्रथम सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भयो। जर्मनीको मार्क्सवादीलेनिनवादी पार्टी, एम.एल.पी.डी., का अध्यक्ष तथा अन्तर्राष्ट्रिय सम्मेलन तयारी गु्रपका प्रमुख का. स्टिफेन एंगेल्सले परिचयात्मक वक्तव्य दिनुभयो। उहाँले आफ्नो वक्तव्यमा सर्वप्रथम विश्वको अन्तर्राष्ट्रिय र आर्थिक अवस्था, विश्व कम्युनिष्ट आन्दोलनको अवस्थाबारे प्रकाश हाल्नुभयो। उहाँले आफ्नो वक्तव्यमा भन्नु भयो :  यो सम्मेलनको उद्देश्य गत कालका शिक्षा, ठोस स्थिति र वर्तमान र भविष्यको कार्यहरु माथि ध्यान दिंदै अन्तर्राष्ट्रिय क्रान्तिकारी र मजदुर वर्गको आन्दोलनको पुनः संगठनमा योगदान दिनु नै हो। आई.सी.ओ.आर.को स्थापना अन्तर्राष्ट्रिय क्रान्तिकारी र मजदुर आन्दोलनको एकीकरणका लागि जग बन्नु पर्दछ।
उहाँले आफ्नो वक्तव्यमा यो बताउनु भयो कि अगस्त २००७ मा २१ देशका संगठनहरुले त्यस प्रकारको अन्तर्राष्ट्रिय संगठनको निर्माण गर्ने निर्णय गरेका थिए। ती संगठनहरुमा ने.क.पा. (मसाल) पनि उपस्थिति थियो। त्यो निर्णयको तयारीका सिलसिलामा एशिया, अफ्रिका, अमेरिकामा र यूरोपका महाद्वीपहरुमा महाद्वीप स्तरीय सम्मेलनहरु भएका थिए। त्यस सिलसिलामा एशियाको दोस्रो सम्मेलन ने.क.पा. (मसाल) को आयोजनामा काठमाडौंमा भएको थियो। ती सबै महाद्वीपहरुका सम्मेलनहरुमा ७० वटाभन्दा बढी संगठनहरुको सहभागिता थियो। त्यस प्रकारको विश्वव्यापी तयारी पछि नै आई.सी.ओ.आर.को स्थापना सम्मेलन भएको थियो।
का. स्टिफेनको परिचयात्मक वक्तव्यपछि विभिन्न देशहरुका पार्टी वा संगठनहरुका प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो। त्यो कार्यक्रममा ने.क.पा. (मसाल)का तर्फबाट मोहनविक्रम सिंहले आफ्नो शुभकामना दिनुभएको थियो। उद्घाटन कार्यक्रम पछि संगठनको विधान, नियम र प्रस्तावहरु माथि छलफल गर्ने कार्य भयो। संगठनको नाम सर्वसम्मतले क्रान्तिकारी पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय कोआर्डिनेशन राख्ने निर्णय भयो। त्यसको प्रत्येक तीन वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ। त्यसका अफ्रिका, अमेरिका,  एशिया (अष्ट्रेलिया सहित) र यूरोपका महाद्वीप सम्मेलनहरु हुनेछन्। संगठनको एउटा अन्तर्राष्ट्रिय कोअर्डिनेशन समिति (आई.सी.सी.) र बेग्लाबेग्लै महाद्वीपहरुका महाद्वीपीय कोअर्डिनेशन समिति हुनेछन्।
अन्तर्राष्ट्रिय कोअर्डिनेशनमा सदस्यताका लागि यस प्रकारका नियमहरु निर्धारित गरिएका छन् :  क्रान्तिकारी परिवर्तन र सर्वहारा वर्गको अधिनायकत्वलाई समर्थन134 संशोधनवाद, ट्राटस्कीवाद, अराजकतावादका साथै कथित स्टालिनवाद वा माओवाद र सर्वहारा वर्गको अधिनायकत्वप्रति शत्रुतापूर्ण आक्रमण र बुर्जुवा घृणित अभियानबाट स्पष्ट सम्बन्ध विच्छेद आदि। त्यस प्रकारका शर्तहरुलाई स्वीकार गर्ने संगठनहरुलाई संगठनमा सामेल हुने अधिकार हुनेछ। संगठनहरुका अधिकार र कर्त्तव्य तथा अनुशासन सम्बन्धी नियमहरु निर्धारित गरिएका छन्।  
सम्मेलनले कतिपय प्रस्तावहरु पारित गरेको छ, जसमध्ये अन्तर्राष्ट्रिय आर्थिक संकट र साम्राज्यवादका विरुद्धको संघर्ष तथा वातावरण सम्बन्धी प्रस्तावहरु मुख्य छन्। आर्थिक संकटका कारणले साम्राज्यवादको अवस्था कमजोर भएर क्रान्तिका लागि वस्तुगत अवस्था तयार भएको छ, तर आत्मगत परिस्थिति कमजोर छ। त्यसलेगर्दा तत्काल विश्वस्तरमा क्रान्ति सफल पार्नसक्ने अवस्था छैन। तैपनि साम्राज्यवादको विरुद्ध विश्वव्यापी रुपमा आन्दोलन उठ्दै गएका छन् र तिनीहरुलाई अगाडि बढाउन पहल गर्नुपर्ने आवश्यकता छ। साम्राज्यवादका कारणले विश्व वातावरणमा पनि धेरै क्षति पुगेको छ र त्यसबाट सम्पूर्ण मानवजातिका अगाडि गम्भीर खतरा उत्पन्न भएको छ। त्यसकारण साम्राज्यवादका विरुद्धको संघर्षका रुपमा वातावरणको रक्षाका लागि संघर्ष गर्ने निर्णय पनि सम्मेलनले गरेको छ। त्यस अनुसार आगामी डिसम्बर ४ अर्थात् यही मंसिर १८ गतेलाई विश्व वातावरण दिवसका रुपमा मनाउने निर्णय भएको छ। त्यस सिलसिलामा ने.क.पा. (मसाल)ले पनि नेपालमा विभिन्न कार्यक्रमहरु सहित त्यो दिवसलाई देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ।
हाम्रो पार्टीको मुखपत्र, मसाल,को आगामी अंक अन्तर्राष्ट्रिय सम्मेलन विशेषांकका रुपमा प्रकाशित हुने र त्यसमा आई.सी.ओ.आर.का दस्तावेज तथा निर्णयहरु विस्तारपूर्वक दिइने छन्।
 
मिति :  २०६७ मंसिर ०७ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.