नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य 
ने.क.पा. (मसाल) को केन्द्रीय समितिको बैठक २०६८ पौष २, ३ र ४ गते बिहानसम्म बस्यो । सर्वप्रथम हाम्रो पार्टीका केन्द्रीय सदस्य का. लिलानाथ कुसुमको हृदयघातका कारण गत ०६८ भाद्र ८ गतेका दिन निधन भएकोमा बैठकले दुईमिनट मौनधारण गरी श्रद्धाञ्जली अर्पण ग�यो । बैठकले देशको तात्कालिक राजनीतिक परिस्थिति बारे गम्भीरतापूर्वक विचार गरेर कैयौं निर्णयहरु गरेको छ । अहिले देशको सबैभन्दा ठूलो र गम्भीर आवश्यकता संविधानको निर्माण हो । अहिले संविधानसभाको म्याद ६ महिना थपिएको छ । सर्वोच्च अदालतले संविधानसभाको म्याद अन्तिम पटकका लागि त्योभन्दा बढी बढाउन नपाउने निर्णय गरेको छ । संविधानको म्याद थप्दै जाने र संविधान नबनाउने सिलसिलाको अन्त गरेर त्यो अवधिभित्र संविधानको निर्माण गर्नु नै सबैभन्दा उपयुक्त कुरा हुनेछ ।
देशका प्रमुख राजनीतिक शक्तिहरुले संविधानको निर्माणमा मुख्य जोड दिनुभन्दा सत्ताको झगडामा बढी लाग्ने गरेकाले नै संविधानको निर्माणमा ढिलाई हुने गरेको छ र त्यही अवस्था रहेमा संविधानसभाको थपिएको ६ महिनाको अवधिमा पनि संविधान बन्न सक्ने छैन । हाम्रो पार्टीको प्रारम्भदेखि नै यो मत रहँदै आएको छ कि सरकारको गठनको प्रश्नलाई सहमति भएमा सहमति अनुसार र सहमति नभएमा बहुमतीय आधारमा टुंगाउनु पर्दछ । त्यो कुरा जसरी टुंगिए पनि सरकार सम्बन्धी प्रतिस्पर्धालाई संविधानको निर्माणमा बाधा बन्न दिन हुन्न । अहिले पनि हाम्रो पार्टीले त्यही प्रकारको मतमा जोड दिन्छ । अहिले पनि सत्तारुढ वा विपक्षमा भएका प्रमुख राजनीतिक शक्तिहरुले गतकालमा जस्तै संविधानको निर्माणभन्दा सत्ताको झगडामा नै बढी ध्यान केन्द्रित गर्ने गरेमा थपिएको ६ महिनाको अवधिभित्र पनि संविधान बन्न नसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसकारण त्यो अवधिभित्र संविधानको निर्माणका लागि देशव्यापी दवावको सिर्जना गर्नुपर्ने आवश्यकता छ ।
बैठकले संघीयता र स्थानीय निकायहरुको चुनावबारे पनि गम्भीरतापूर्वक विचार ग�यो । संघीयता वा त्यससित जोडिएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेश�एक प्रदेश, बहुराष्ट्रवाद आदिका कारणले कैयौं दुष्परिणामहरु हुने सम्भावना छ । त्यसकारण संघीयतालाई खारेज गराउनु पनि गम्भीर राष्ट्रिय आवश्यकता भएको छ । संघीयताबाट जातीय र क्षेत्रीय विग्रह र राष्ट्रिय विखन्डन समेतका दुष्परिणामबारे जनतामा चेतना बढ्दै गएको छ र त्यसले गर्दा त्यसका विरुद्ध व्यापक जनमत तयार हुँदै गएको छ । स्वयं संघीयताका पक्षपाती संगठनहरुमा पनि संघीयताका विरुद्ध व्यापक जनमत बढ्दै गएको छ । त्यस प्रकारको जनमतलाई एकतावद्ध गर्दै संघीयताका विरुद्ध व्यापक आन्दोलन संगठित गर्न पहल गर्नुपर्ने आवश्यकता छ ।
लामो समयदेखि स्थानीय निकायहरुको चुनाव रोकिएको छ । अनिश्चित समयसम्म त्यस प्रकारको अवस्था रहन दिनु सही हुन्न । ती चुनावहरु अनिश्चित समयसम्म स्थगित हुँदा विकास कार्यहरु कुण्ठित भएका छन् । हाम्रो पार्टीले प्रारम्भदेखि नै स्थानीय निकायहरुकोे शीघ्र चुनावमा जोड दिंदै संघर्ष गर्दै आएको छ । अहिले देशभरी स्थानीय निकायको चुनावहरु शीघ्र हुनुपर्दछ भन्ने जनमत समेत बढ्दै गएको छ । त्यसैले स्थानीय निकायहरुको शीघ्र चुनावका लागि आन्दोलन अझ सशक्त ढंगले संगठित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । 
उक्त तीनवटै विषयहरु, अर्थात्, थपिएको समयभित्र संविधानको निर्माण, संघीयताको खारेजी र शीघ्र स्थानीय निकायहरुको निर्वाचनका लागि जनदवावको सिर्जना गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले त्यसका लागि देशव्यापी रुपमा आन्दोलन संगठित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
शान्ति प्रक्रियाका दिशामा वर्तमान सरकारले जेजति पहल गरेको छ, त्यसलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिन्छ । तर त्यो क्रममा माओवादी लडाकूहरुको नेपाली सेनामा समायोजनको हाम्रो पार्टीले प्रारम्भदेखि नै विरोध गर्दै आएको छ । त्यही प्रकारले मधेशीहरुको नेपाली सेनामा समूहगत प्रवेशको पनि हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । सरकारले शान्ति प्रक्रियाका दिशामा उठाएका सकारात्मक प्रयत्नहरुको समर्थन गर्दै माओवादी लडाकूहरुको नेपाली सेनामा समायोजन र मधेशीहरुको समूहगत रुपमा प्रवेश प्रति हाम्रो पार्टीको विरोध कायम रहने छ । माओवादी लडाकूहरुको वर्गीकरणको सिलसिलामा करिब २५०० जति लडाकूहरु उपस्थित नभएपनि माओवादीहरुले उनीहरुको तलब भत्ता बुझ्ने गरेको तथ्य प्रकाशमा आएको छ । त्यस प्रकारको व्यवहारप्रति हाम्रो पार्टीले गम्भीर रुपले आपत्ति प्रकट गर्दछ र त्यसबारे उच्चस्तरीय छानविन गरी अनुचित प्रकारले लिए खाएको पैसा राज्य कोषमा फिर्ता गर्नु पर्ने माग गर्दछ ।
बैठकले देशमा राष्ट्रियताका अगाडि बढ्दै गएको खतराप्रति पनि गम्भीरतापूर्वक विचार ग�यो । त्यस सिलसिलामा मुख्यतः वर्तमान सरकारले अपनाउँदै गएको भारतपरस्त प्रवृत्तिहरु बारे विशेषरुपले विचार ग�यो । बिप्पा सम्झौता त्यसको एउटा ज्वलन्त उदाहरण हो । वर्तमान सरकारको मधेशवादीहरुसितका ४ बुँदे सहमति उनीहरुले (मधेशवादीहरुले) वर्तमान सरकारलाई भारतीय विस्तारवादका पक्षमा लैजान योजनावद्ध प्रकारले प्रयत्न  गरिरहेकाले पनि वर्तमान सरकारले झन्पछि झन् भारतपरस्त नीति लिदै गएको देखिन्छ ।
यस सिलसिलामा चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यक्रमको स्थगन बारे पनि केही विचार गर्नुपर्ने आवश्यकता छ । त्यो कार्यले मुख्यतः वर्तमान सरकारको परराष्ट्र नीति सम्बन्धी अक्षमतालाई नै बताउँछ । त्यसका साथै त्यो भ्रमणको कार्यक्रमको स्थगन चीनसितको मैत्री सम्बन्धमा बाधा हाल्ने मधेशवादी संगठनहरुको दवाव वा भारतीय विस्तारवादको षडयन्त्रकारी भूमिकाको परिणाम त होइन ? त्यो सम्भावनालाई पनि हाम्रो पार्टीले पूरै अस्वीकार गर्न सक्दैन । वर्तमान सरकारले अपनाउँदै गएको त्यस प्रकारको भारतपरस्त प्रवृत्तिबाट देशको राष्ट्रियतामा गम्भीर आँच पुग्ने सम्भावना माथि विचार गर्दै त्यसका विरुद्ध पनि सशक्त आन्दोलन संगठित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । तर हाम्रो मुख्य जोड संविधानको निर्माण र गणतन्त्रको सुदृढीकरणमा नै हुनेछ र हुनुपर्दछ ।
वर्तमान सरकारलाई आफ्नो समर्थन दिने बेलामा नै हाम्रो पार्टीले यो स्पष्ट गरेको थियो कि, प्रथम, हाम्रो त्यो समर्थन विरोधका बीचमा समर्थन हो । द्वितीय, हाम्रो समर्थन मुख्यतः त्यसले शान्ति र संविधानको पक्षमा प्रकट गरेको प्रतिवद्धताका लागि समर्थन हो । हाम्रो त्यो नीति अहिले पनि कायम छ । त्यही नीति अनुसार केन्द्रीय समितिको बैठकले त्यसका विभिन्न गलत नीतिहरुको तीब्र शब्दमा आलोचना गर्दै सरकारका शान्ति र संविधानको पक्षमा गर्ने पहलकदमीलाई समर्थन गर्दछ ।
सरकारले सशस्त्रद्वन्द्वका बेलामा निर्दोष जनसाधारणको हत्या, सर्वस्वहरण, अपहरण, लुटपिट सहित, मानव अधिकार विरुद्धका अपराधजन्य कारवाहीहरु सम्बन्धी मुद्दाहरु फिर्ता लिने प्रयत्न गर्दैछ । सरकारको त्यस प्रकारको नीतिको विरोध गर्दै हाम्रो पार्टीले जनसाधारण माथि भएका त्यसप्रकारका मानवता विरुद्धका अपराधजन्य कारवाहीहरु बारे उच्चस्तरीय छानवीन गरी दोषिहरुमाथि अपराध अनुसारको कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । संविधानमा व्यवस्था गरिए अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने कार्यमा भएको ढिलाईप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीले त्यो आयोगको शीघ्र गठन र निर्दोष जनता माथि मानवता विरुद्धका अपराधजन्य कारवाहीहरु बारे छानवीन गरी दोषिहरुमाथि कारवाहीमा जोड दिन्छ ।
चितवनको जेलमा भएको कुटपिट र हत्या प्रकरणलाई पनि हाम्रो पार्टीले गम्भीर रुपमा लिन्छ । जेलमा रहेका व्यक्तिहरुमाथिको कुटपिट र त्यसको परिणामस्वरुप भएको हत्या समेतले देशमा शान्ति र सुरक्षाको गम्भीर अवस्थालाई बताउँछ । त्यो घटनाको परिणामस्वरुप ने.का.का एकजना कार्यकर्ता शिव पौडेलको मृत्युमा दुःख प्रकट गर्दै हाम्रो पार्टीले जेलमा भएको त्यो अपराधिक घटनाको तीव्र शब्दमा भत्र्सना गर्दछ र त्यो घटनाको निष्पक्ष छानवीन र दोषि माथि कडा कारवाहीको माग गर्दछ ।
बैठकले केही दिन अगाडि कालिकोटमा एकजना दलित युवकलाई चुलो छोएको आरोपमा कथित उच्च जातिका व्यक्तिहरुले कुटेर हत्या गरेको घटनाप्रति दुःख प्रकट गर्दछ । छूवाछुतका आधारमा गरिएको त्यो हत्यामा संलग्न दोषिहरुलाई कडाभन्दा कडा सजाय र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछ ।
मिति ः २०६८ पौष ४ गते

मोहनविक्रम िसंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.