नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य
वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com
 वक्तव्य

जेष्ठ १४ गते संविधानको निर्माणका लागि एक वर्षको अवधि बढाउने निर्णयपछि पनि संविधान बन्ने कुरामा अनिश्चयताको स्थिति कायम छ। तीन बुँदे सहमतिको दोस्रो बुँदा, संविधानसभाको म्याद थप्ने सहमति बाहेक अन्य बुँदालाई कार्यान्वयन गरिएन। शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार बारे सहमति हुन सकेको छैन। त्यसले गर्दा संविधानको निर्माणको कार्यमा पुनः अन्योलको अवस्था उत्पन्न भएको छ।
उपरोक्त प्रकारको अवस्थामा हाम्रो पार्टीले शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार कायम गर्दै तोकिएको समयभित्र संविधानको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ। खास गरेर माओवादी, एमाले, ने.का.का बीचको सहमतिका आधारमा राष्ट्रिय सरकारको निर्माण अहिलेको अवस्थामा सबैभन्दा उत्तम विकल्प हो र त्यसले संविधानको निर्माणमा समेत सकारात्मक योगदान दिनेछ भन्ने हाम्रो विश्वास छ। निश्चय नै त्यस प्रकारको सरकारको नेतृत्वको प्रश्न पारस्पारिक सहमतिको आधारमा टुंगिनु नै प्रजातान्त्रिक प्रक्रिया हुनेछ। त्यसका साथै हाम्रो यो पनि स्पष्ट मत छ कि त्यसरी सहमतिका आधारमा सरकारको निर्माण हुन नसकेको अवस्थामा बहुमतका आधारमा नै त्यसबारे निर्णय गर्नुको अन्य कुनै विकल्प छैन। कुनै राजनीतिक दल सरकारमा सामेल हुन नचाहेमा प्रतिपक्षमा बसेर भएपनि तोकिएको समयभित्र संविधानको निर्माणका लागि सकारात्मक सहयोग गर्ने नीति अपनाउनु पर्दछ।
हाम्रो पार्टीको यो पनि मत रहेको छ कि प्रधानमन्त्रीको राजिनामा अहिलेको मुख्य समस्या होइन। पहिले शान्ति, संविधान र राष्ट्रिय सरकारबारे समझदारी नबनेमा प्रधानमन्त्रीको राजिनामाले थप समस्या, जटिलता र अन्यौलको अवस्थाको सिर्जना गर्नेछ र त्यसबाट संविधानको निर्माणमा समेत बाधा पुग्ने सम्भावना रहने छ। त्यसैले हाम्रो पार्टीले प्रधानमन्त्रीको राजिनामाभन्दा पहिले शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकारबारे सहमति कायम गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ।
संविधानसभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुका बीचमा अहिले देशका प्रमुख राष्ट्रिय समस्या र संविधानको निर्माणबारे समेत सहमति कायम हुन नसक्दा ०६२/६३ को आन्दोलनको उपलब्धि र गणतन्त्र समेतमा आँच पुग्ने खतरा बढ्दै गइरहेको छ। अहिले पूर्व राजा र राजावादीहरुका गतिविधिहरु बढेर गएका छन्। उनीहरुले खास गरेर हिन्दूत्व र हिन्दू राज्यको प्रश्नलाई आधार बनाएर आफ्ना गतिविधिहरु बढाएर लगेका छन्। त्यस प्रकारको पृष्ठभूमिमा राजावादी खतराका विरुद्ध संविधानसभा र गणतन्त्र पक्षधर शक्तिहरुले बलियो सहमति र एकता कायम गर्नुपर्ने तथा उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने आवश्यकता छ।
संविधानको निर्माणमा जोड दिनुका साथै संघीयताका विरुद्धको संघर्षमा पनि लगातार जोड दिनुपर्ने आवश्यकता छ। संघीयता, जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेश–एक प्रदेश तथा बहुराष्ट्रिय राज्य आदि अवधारणाहरु वा तिनीहरुका आधारमा संविधान बनेमा त्यसका कैयौं घातक परिणामहरु हुनेछन्। त्यसकारण एकातिर, संविधानको निर्माणमा जोड दिनुका साथै संविधानमा संघीयता र त्यससित जोडिएका सबै गलत अवधारणाहरुलाई सामेल हुन नदिन संविधानसभाभित्र र बाहिर पनि लगातार र दृढतापूर्वक आवाज उठाउनु पर्ने र संघर्ष गर्नुपर्ने आवश्यकता छ। त्यसका साथै अहिले देशमा बढिरहेको अपहरण, हत्या, हिंसा, महंगी, दन्डहीनता वा विदेशी शक्तिहरुको चलखेल र हस्तक्षेप आदिले पनि जनजीवन र राष्ट्रियता समेतमाथि गम्भीर आँच पुर्‍याउने काम गरिरहेका छन्।
अहिले तत्काल शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार बारे सहमति बन्ने हो वा होइन र त्यसरी संविधानको निर्माण बारे मार्ग प्रसस्त हुने हो वा होइन? त्यो स्पष्ट गर्नका लागि अरु केही समय लाग्नेछ। त्यो स्पष्ट भएपछि त्यस अनुसार हामीले आफ्नो नीति र संघर्षको कार्यक्रम निश्चित गर्दै जानु पर्नेछ। तर अहिलेको देशको राजनीतिक अवस्था अनिश्चित र अन्यौलपूर्ण भएपनि तलको विषयहरुका आधारमा  हामीले जनताका बीचमा प्रचारात्मक, जनजागरण, अन्तरक्रिया आदि कार्यक्रमहरु सञ्चालन गर्दै जानु पर्दछ। तत्काल मुख्यतः निम्नलिखित विषयहरुका आधारमा उपरोक्त कार्यक्रम सञ्चालन गर्दै जानु पर्नेछ।
१. शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार बारे शीघ्र सहमति कायम हुनुपर्दछ।
२. उपरोक्त सहमति कायम भएपछि वर्तमान सरकारलेे राजिनामा दिएर सहमति वा त्यो सम्भव नभएमा बहुमतका आधारमा राष्ट्रिय सरकार बन्नु पर्दछ।
३. संघीयता वा त्यस सम्बन्धी जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेश–एक प्रदेश, बहुराष्ट्रिय राज्य आदि अवधारणाहरुलाई संविधानमा सामेल गर्न नदिन आन्दोलन र जनदवावको सिर्जना गर्नुपर्दछ।
४. अपहरण, हत्या, हिंसा, महंगी आदिको अन्त हुनुपर्दछ।
५. देशमा बढिरहेको विदेशी चलखेल र हस्तक्षेपको अन्त हुनुपर्दछ।

मिति :  २०६७ आषाढ ०३ गते
 
.....................
(मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.