नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
ने.क.पा.(मसाल)ले डा. बाबुराम भट्टराई प्रधानमन्त्री चुनिएकोमा उहाँलाई बधाइ दिंदै आफ्नो कार्यकालमा सफलताको शुभकामना दिन्छ । तत्कालका मुख्य ऐतिहासिक र महत्वका कार्यहरु शान्ति, संविधानको निर्माणहरु नै हुन् र ती कार्यहरुमा प्राप्त हुने सफलताले नेपालको राजनैतिक इतिहासको अहिलेसम्मको नै सबैभन्दा ठूलो उपलब्धि गणतन्त्रलाई पनि संस्थागत गर्न आधार तयार पार्नेछ ।
ने.क.पा.(माओवादी) संविधानसभाको सबैभन्दा ठूलो राजनैतिक दल हो र त्यसको सकारात्मक भूमिका विना शान्ति र संविधानको निर्माण सम्भव छैन । यसका लागि हाम्रो पार्टीले प्रसन्नता प्रकट गर्दछ कि अहिले माओवादीहरु उक्त कार्यदिशाको पक्षमा एक्यवद्ध भएर उभिएका छन् । तात्कालिक वा कार्यनैतिक रुपमा उनीहरुले लिएको त्यस प्रकारको कार्यदिशा र त्यसका पक्षमा उनीहरुले प्रदर्शन गरेको एकता सही छ र देशको राजनीतिमा त्यसले निर्णयात्मक महत्व राख्दछ । तर यो कुराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ कि अहिले देशका अगाडि भएका जिम्मेवारीहरु पूरा गर्न व्यापक राष्ट्रिय सहमतिको आवश्यकता छ । त्यो दिशामा प्राप्त हुने सफलताहरुमाथि नै शान्ति र संविधानको निर्माणको सफलता निर्भर रहने छ । सही, कुशल र सन्तुलित भूमिका खेलेर नै उक्त उद्देश्यहरु पूरा हुन सक्नेछन् र उक्त प्रश्नहरुमा भट्टराई सरकारले पूरा ध्यान दिएर जिम्मेवारीपूर्वक काम गर्नेछ भन्ने हामीले आशा गरेका छौं ।
विभिन्न राजनैतिक शक्तिहरुले देश र जनताका हितहरु भन्दा आफ्ना संकीर्ण वा गैर राजनैतिक प्रकारका स्वार्थहरुमाथि बढी ध्यान दिने र तिनीहरुका लागि देशका ऐतिहासिक र राष्ट्रिय महत्वका जिम्मेवारीहरु माथि कुठाराघात तयार हुने प्रकारका प्रवृत्तिहरुका कारणले पनि ०६२६३ को आन्दोलनका उपलब्धिहरुको रक्षा तथा शान्ति र संविधानको निर्माणमा बाधा पुग्ने गरेको छ । त्यो अवस्थामा हामीले सत्ता वा प्रतिपक्षमा भएका संविधानसभा र गणतन्त्र पक्षधर सबै शक्तिहरुसित गतकालका गल्तिहरु र कमजोरीहरुबाट शिक्षा लिदै देशका अगाडि भएका जिम्मेवारीहरु पूरा गर्न तथा त्यो दिशामा सरकारले अपनाउने सबै सकारात्मक कदमहरुलाई सफल पार्न सहयोग गर्न अपील गर्दछौं । त्यस सन्दर्भमा एमाले र ने.का.का नेताहरुले रचनात्मक भूमिका खेल्ने जुन प्रतिवद्धता प्रकट गरेका छन्, त्यसप्रति हाम्रो पार्टीको विशेष ध्यान गएको छ । आफ्नो त्यस प्रकारको प्रतिवद्धताप्रति इमान्दार हुन हामीले उनीहरुसित अपील गर्दछौं । त्यसरी नै देशमा लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेछ र त्यो अहिले सत्ता वा प्रतिपक्षमा भएका सबै राजनैतिक शक्तिहरुको हितमा हुनेछ ।
यो कुराप्रति पनि हाम्रो ध्यान छ कि अहिले आफ्ना जिम्मेवारीहरु पूरा गर्न भट्टराई सरकारका लागि सजिलो स्थिति छैन । सर्वप्रथम ता माओवादीहरु सहित विभिन्न शक्तिहरुले जुन प्रकारका गलत नीतिहरु अपनाउँदै आएका छन्, त्यसको परिणामस्वरुप देशमा संघीयता, जातीवाद, क्षेत्रीयतावाद वा पृथकतावादी प्रवृत्तिहरुले देशव्यापीरुपमा घर जमाएका छन् । तिनीहरुबाट वर्तमान सरकारको कार्यमा गम्भीर प्रकारको बाधा पुग्नका साथै तिनीहरुको कारणले संविधानको निर्माणमा बाधा पुग्ने, लोकतान्त्रिक गणतन्त्रलाई मजबुत पार्ने वा देशको राष्ट्रियता, सार्वभौमिकता र आवश्यकतामा पनि गम्भीर प्रकारको आँच पुग्ने खतराहरु छन् । त्यस सिलसिलामा मधेशवादी राजनैतिक संगठनहरुसित भएको ४ बुँदे सहमति विशेष रुपले उल्लेखनीय छ । त्यो सहमतिलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न र त्यसले संविधानको निर्माण तथा सरकारको निर्माणमा लगातार नयाँ समस्या र जटिलताहरु पैदा गर्दै जानेछ ।
देशमा जनजाति, आदिवासी, मधेशी, थारु सहित देशका सबै शोषित उत्पीडित र पिछडिएका जात, जाति, जनजाति वा क्षेत्रहरुका न्यायपूर्ण मागहरु पूरा गर्न वा समस्याहरुको समाधान गर्न प्रयत्न गर्दै तथा त्यसका आडमा विभिन्न पक्षहरुका नाजायज दवावको दृढतापूर्वक सामना गर्ने नीति अपनाएर नै अहिले देशमा विभिन्न पक्षहरुद्वारा सम्भावित खतराहरुको सामना गर्नु, शान्ति र संविधानको निर्माणको कार्य सम्पन्न गर्नु,  गणतन्त्रको सुदृढीकरण गर्नु, राष्ट्रियताको रक्षा गर्नु तथा देशलाई अग्रगामी दिशामा अगाडि बढाउनु सम्भव हुनेछ । त्यसका लागि एकतावद्ध तथा जिम्मेवारीपूर्वक काम गर्न सरकार तथा संविधानसभा र गणतन्त्र पक्षधर सबै शक्तिहरुसित हामीले अपील गर्दछौं ।
साम्राज्यवादी, विस्तारवादी, बहुराष्ट्रिय वित्तिय संस्था वा भूमण्डिकरणका कारणले पनि शान्ति र संविधानको निर्माणका कार्यहरु, देशको राष्ट्रियता र अखण्डता, स्वतन्त्र अर्थतन्त्र वा अग्रगमनको कार्यहरुमा पुगिरहेको खतराप्रति पनि उच्चप्रकारको सतर्कताको आवश्यकता छ । उक्त समस्याहरुप्रति पनि हाम्रो पार्टीले सबै  देशभक्त शक्तिहरु तथा आम जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

मिति ः २०६८ भाद्र १३ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.