नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatदस्ताबेज
तात्कालिक राजनैतिक प्रस्ताव

(२०६३ फागुन २६-३० गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी मसालको सातौं महाधिवेशनमा पारित)
१। तात्कालिक राजनैतिक परिस्थितिलाई हामीले एकातिर हाम्रा अधिकतम उद्देश्यहरु समाजवाद र साम्यवाद तथा अर्कातिर आधारभूत कार्यक्रम-नयाँ जनवाद-लाई-ध्यानमा राखेर विचार गर्नुपर्दछ । सर्वहारा वर्गको अन्तिम उद्देश्य समाजवाद र साम्यवाद नै हुन् । हामीले आफ्नो रणनीति र कार्यनीतिलाई केन्द्रमा राखेर तात्कालिक नीति निर्धारित गर्नुपर्दछ । तर ती उद्देश्यहरु क्रान्तिको कैयौं चरणहरुमा गएर नै पूरा हुन सक्दछन् । अहिलेको देशको वस्तुगत र ऐतिहासिक अवस्थामा अर्ध-सामन्ती र अर्ध औपनिवेशिक अवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु नै पार्टीको आधारभूत कत्र्तव्य हुन्छ । तात्कालिक राजनैतिक नीति वा संघर्षका कार्यक्रमहरु निश्चित गर्दा हामीले ती दीर्घकालीन उद्देश्य र आधारभूत कत्र्तव्यलाई आधार बनाउनु पर्दछ । अन्यथा हामीहरु अन्य बुर्जुवा अवसरवादी राजनैतिक दलहरु झै तात्कालिक आन्दोलनको सीमासम्म मात्र सीमित रहने छौं । त्यसको अर्थ क्रान्तिकारी सिद्धान्त र उद्देश्यहरुबाट विचलन वा एक वा अर्को प्रकारको अवसरवाद हुनेछ । तर दीर्घकालीन उद्देश्य वा आधारभूत कत्र्तव्यहरुमा ध्यान केन्द्रित गर्नुको अर्थ तात्कालिक राजनैतिक संघर्षहरुको उपेक्षा गर्नु हुनेछैन । ती दुवैका बीचको द्वन्द्वात्मक सम्बन्धलाई ठीकसित बुझेर तथा ती दुवैका बीचमा संतुलन कायम गरेर नै हामीहरु क्रान्तिकारी दिशामा लगातार अगाडि बढ्न सक्दछौं ।

२। नयाँ जनवादी क्रान्ति आजको आधारभूत आवश्यकता हो । त्यो मूलरुपमा पूँजीवादी प्रजातान्त्रिक क्रान्ति नै हो । तर आजको विश्व साम्राज्यवादको युगमा त्यो क्रान्ति पूँजीपति वर्गको नेतृत्वमा सम्पन्न हुन सक्दैन र खालि सर्वहारा वर्गको पार्टीको नेतृत्वमा नै त्यसको स्थापना हुन सक्दछ । कम्युनिष्ट पार्टीको नेतृत्व बाहेक क्रान्तिकारी वर्गहरुको संयुक्त मोर्चा र दीर्घकालीन जनयुद्ध त्यसका लागि निर्णयात्मक शर्तहरु हुन् । तर क्रान्तिकारी वर्गहरुको संयुक्त मोर्चा आन्दोलनको दौरानमा विकास हुँदै जाने कुरा हो । जहाँसम्म दीर्घकालीन सशस्त्र संघर्षको प्रश्न छ अहिले सशस्त्र संघर्ष सुरु गर्नका लागि आवश्यक परिस्थिति तयार भएको छैन । त्यसकारण तत्काल संघर्षको प्रधानरुप शान्तिपूर्ण आन्दोलन नै हुनुपर्दछ । तर त्यसको उद्देश्य दीर्घकालीन सशस्त्र संघर्षका लागि आधार तयार पार्ने हुनुपर्दछ । त्यसप्रकारको तैयारी जनआन्दोलनद्वारा जनताको चेतना र संघर्षको स्तर उठाएर नै गर्नुपर्दछ । सबै तात्कालिक आन्दोलनहरुको मुख्य उद्देश्य नयाँ जनवादी क्रान्तिका लागि आधार तयार पार्ने हुनुपर्दछ । तर त्यसको अर्थ कुनै पनि अवस्थामा तात्कालिक विषयहरुमा चल्ने आन्दोलनको उपेक्षा गर्नु होइन । हामीले रणनैतिक उद्देश्यहरु पूरा गर्नका लागि पूरा तैयारी गर्नुपर्दछ । तर तात्कालिक दृष्टिले तात्कालिक आन्दोलनहरु नै महत्वपूर्ण हुन्छन् । त्यसकारण रणनैतिक कार्यक्रमको कारणले तात्कालिक आन्दोलनहरुको महत्वलाई अस्वीकार गर्नु गलत हुनेछ ।
(पूरा प्रस्ताव)

फर्कनुस्

बाँकी समाचार

•  देशको तात्कालिक राजनीतिक परिस्थिति बारे ने.क.पा. (मसाल)को नीति
•  २०६३ फागुन २६-३० गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी मसालको सातौं महाधिवेशनमा पारित दस्तावेजहरु
•  तात्कालिक राजनीतिक प्रस्ताव
•  राजनीतिक प्रस्ताव
•  खस जाति सम्बन्धी प्रस्ताव (छलफलका लागि)
•  राज्य पुनर्संरचना सम्बन्धी ने.क.पा. (मसाल) को प्रस्ताव
• 
• 
• 
• 
•  तात्कालिक राजनीतिक प्रस्ताव
• 
•  निर्दलीय सरकारको विरोध गरौं, संविधानसभाको निर्वाचन सुनिश्चित गर्न संघर्ष गरौं ।
• 
• 
• 
•  अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सम्बन्धि प्रस्ताव
•  सरकारमा सहभागितासम्बन्धी राजनीतिक प्रस्ताव
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.