नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
 
२०६७ मंसिर ३ गते व्यवस्थापिका संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा भएको अशोभनीय प्रकारको व्यवहार प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ। हाम्रो पार्टीले बजेट प्रस्तुत र पारित नहुँदा देशको अर्थतन्त्र नै अस्तव्यस्त हुने र त्यसरी देशको प्रशासन, विकास कार्यक्रम र जनजीवनमा समेत गम्भीर प्रकारले प्रभावित हुने कुराको उल्लेख गर्दै राजनीतिक दलहरुका बीचमा सहमति वा संसदको बहुमतद्वारा भएपनि बजेट पारित हुनुपर्ने कुरामा जोड दिंदै आएको थियो। त्यस सन्दर्भमा तीन प्रमुख राजनीतिक दलहरुका बीचमा सहमति भएर बजेट प्रस्तुत गर्ने टुंगो लागेपछि हामीले त्यसलाई स्वागत गरेका थियौं।
मंसिर ३ गते अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दा माओवादीहरुले बजेटको सुटकेशलाई तोडफोड गर्ने तथा कुटपिट समेत गर्ने व्यवहारलाई हाम्रो पार्टीले तीब्र शब्दमा भर्त्सना गर्दछ। बजेट प्रस्तुत गर्न नदिने तथा संसदमा प्रदर्शन गरेको त्यस प्रकारको व्यवहारबाट खालि अर्थतन्त्रमा संघातिक आघात पुराउने मात्र होइन, आजका देशका तात्कालिक प्रमुख कार्यहरु सरकारको गठन, संविधानको निर्माणका लागि सहमतिको वातावरणको निर्माणमा समेत बाधा पुग्ने सम्भावना रहने छ। त्यो स्थितिबाट ०६२/६३ को आन्दोलनका उपलब्धिहरुको रक्षा, गणतन्त्रको सुदृढीकरणमा बाधा पुग्ने तथा पुनरुत्थानवादी शक्तिहरुलाई मद्दत पुग्ने नै सम्भावना रहने छ। माओवादीहरुको अहिलेसम्मको सम्पूर्ण गतिविधिहरु माथि ध्यान दिंदा यो प्रश्न पनि नउठाइकन रहन सकिन्न :  कही ती प्रतिगामी उद्देश्यहरुलाई बल पुर्‍याउन नै उनीहरुले बजेट प्रस्तुत हुन नदिने र त्यहाँ त्यस प्रकारको अवांछित व्यवहार गरेका ता होइनन्? उनीहरुको नीयत त्यस्तो नभएपनि उनीहरुको त्यस प्रकारको अवांछित व्यवहारको परिणाम त्यही नै हुनेछ।
हाम्रँे पार्टीले प्रारम्भ देखि नै बजेट संसदमा नै प्रस्तुत भएर पारित हुनुपर्ने कुरामा जोड दिंदै आएको थियो। तर माओवादीहरुको उपरोक्त प्रकारको व्यवहारले सिर्जना गरेको अवस्थामा सरकारले अत्यादेशद्वारा बजेट प्रस्तुत गर्नु त्यसको वाध्यता हो। त्यस प्रकारको परिस्थितिमा अध्यादेशद्वारा भएपनि बजेट प्रस्तुत गरेर सरकारले सही कार्य गरेको छ र हाम्रो पार्टीले त्यसलाई समर्थन गर्दछ।
 
मिति :  २०६७ मंसिर ०४ गते
 
(मोहनविक्रम सिंह)
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.