नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
ने.क.पा. (मसाल) को पी.वी.को आजै बसेको बैठकले देशको तात्कालिक राजनीतिक समस्याहरु बारे गम्भीरतापूर्वक विचार गरी निम्नलिखित निर्णयहरु गरेको छ ।
सर्वोच्च अदालतले संविधानसभाको म्याद बारे गरेको फैसलाबारे बैठकले गम्भीरतापूर्वक विचार गयो । संवैधानिक रुपले त्यो निर्णय कति सही छ ? त्यो संविधान विशेषज्ञहरुले बताउन सक्ने कुरा हो । तर राजनीतिक रुपले त्यो निर्णय सही छ । त्यसले वर्तमान राजनीतिक आवश्यकतासित मेल खान्छ र अहिलेको अन्यौलपूर्ण राजनीतिक अवस्थामा केही निकास दिन्छ । त्यसैले हाम्रो पार्टीले त्यो फैसलालाई स्वागत गर्दछ ।
संविधानको निर्माण नगरिकन संविधानसभाको विघटन ठूलो राजनीतिक क्षति हुनेछ भन्ने हाम्रो पार्टीको सुरुदेखि नै मत रहँदै आएको छ । अर्कातिर संविधानसभाको म्याद थप्दै जाने, तर संविधान नबन्ने अनिश्चित समयसम्म त्यस प्रकारको अवस्था कायम रहेपनि त्यसका कैयौं घातक र दुरगामी परिणामहरु हुनेछन् । त्यो अवस्थामा सर्वोच्चको फैसलाबाट संविधानसभाको म्याद थप्दै जाने र संविधानको निर्माण नगर्ने अवांछित प्रकारको अवस्थामा केही नियन्त्रण र तोकिएको अवधिमा संविधानको निर्माणमा सकारात्मक योगदान पुग्ने छ भनेर आशा गर्न सकिन्छ ।
अहिलेसम्म प्रमुख राजनीतिक शक्तिहरुको शान्ति प्रक्रिया, संविधान वा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने जस्ता राष्ट्रिय महत्वका कार्यहरुप्रति गैरजिम्मेवार भूमिकाका कारणले नै संविधानसभाको म्याद बारम्बार थप्दा पनि संविधानको निर्माण हुन सकेको छैन । त्यो अवस्थामा सर्वोच्चको फैसलामाथि ध्यान दिंदै आगामी ६ महिना भित्र संविधानको निर्माण गर्नका लागि सम्बन्धित प्रमुख राजनीतिक शक्तिहरुले जिम्मेवारपूर्ण भूमिका पूरा गर्न ध्यान दिनेछन् भन्ने हामीले आशा गरेका छौं र त्यसका लागि व्यापक जन दवावको सिर्जना गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । 
माओवादीद्वारा कब्जा गरिएको जग्गा फिर्ता गर्ने प्रश्न पनि आज राष्ट्रिय महत्वको गम्भीर विवादको प्रश्न बनेको छ । उनीहरुले जनसाधारण र ठूला सामन्तहरुका पनि जग्गा कब्जा गरेका छन् वा सम्पत्ति लुटेका छन् । जनसाधारणको कब्जा गरेको जग्गा वा सम्पत्ति फिर्ता गर्नुपर्दछ । सामन्ती भूस्वामित्व भएको जग्गामा जोताहा वा भूमिहीन किसानहरुको स्वामित्व हुनु पर्दछ भन्ने हाम्रो नीति रहँदै आएको छ । माओवादीहरुद्वारा कब्जा गरिएको सामन्ती जग्गाको समस्यालाई पनि त्यही नीतिका आधारमा हल वा समाधान गर्ने प्रयत्न गरिनुपर्दछ । तर त्यो वर्गसंघर्ष, पारस्पारिक समझदारी, कानूनी प्रक्रिया वा छानवीनद्वारा टुंगिदै जाने कुरा हो । तर त्यो कुरालाई शान्ति प्रक्रिया र संविधानको निर्माणसित जोडेर हेर्नु सही हुने छैन । अर्को शब्दमा त्यो कुरालाई तात्कालिक शान्ति प्रक्रिया र संविधानको निर्माणका लागि माओवादीद्वारा कब्जा गरिएको जग्गा फिर्ताको कार्यलाई शर्तका रुपमा प्रस्तुत गर्नु वा त्यो समस्या हल नभइकन शान्ति र संविधान निर्माणको कार्यमा बाधा हाल्नु गम्भीर गल्ति हुनेछ र त्यसको कैयौं गम्भीर दुष्परिणाहरु हुनेछन् । त्यसैले एकातिर, शान्ति प्रक्रिया र संविधानको निर्माण तथा, अर्कातिर, माओवादीहरुद्वारा कब्जा गरिएको जग्गाको समस्यालाई बेग्लाबेग्लै हल गर्ने प्रयत्न गर्नुपर्दछ ।
वर्तमान सरकारले शान्ति प्रक्रिया अगाडि बढाउन केही न केही सकारात्मक काम गरिरहेको देखिन्छ । नेपाली सेनामा माओवादी लडाकूहरुको समायोजनको हाम्रो पहिले देखि नै विरोध रहँदै आएको छ । उनीहरुको पुनस्र्थापनामा वा व्यवस्थापनलाई हामीले समर्थन गर्दछौं । तर सेनामा उनीहरुको समायोजनका गम्भीर दुष्परिणामहरु हुनेछन् । नेपाली सेनामा उनीहरुको समायोजनको आफ्नो विरोधलाई कायम राख्दै शान्ति प्रक्रियाका प्रश्नमा जेजति काम भएको छ, त्यसलाई हामीले समर्थन गर्दछौं । त्यो प्रक्रिया सन्तोषजनक प्रकारले अगाडि बढ्दै गएर संविधानको निर्माण र लोकतान्त्रिक गणतन्त्रलाई सकारात्मक योगदान पुग्यो भने त्यो स्वागतयोग्य कुरा हुनेछ ।
मन्त्रीमन्डलको विस्तार हुँदै गएर त्यसको आकार झन्पछि झन् ठूलो हुँदै गएको छ । मन्त्रीमन्डलको त्यस प्रकारको ठूलो आकार प्रधानमन्त्री भएपछि स्वयं डा. बाबुराम भट्टराईको सानो आकारको मन्त्रीमन्डल बनाउने प्रतिवद्धताका विरुद्ध छ र त्यो गलत छ । मन्त्रीमन्डलको कतिपय सदस्यहरु पनि विभिन्न प्रकारका भ्रष्टाचारमा लिप्त हुँदै गएको देखिन्छ । हाम्रो पार्टीले मन्त्रीमन्डलको त्यस प्रकारको ठूलो आकार र त्यसमा देखापर्दै गएको भ्रष्ट प्रवृत्तिहरुको विरोध गर्दछ ।
हाम्रो पार्टीले राज्य पुनर्संरचना आयोगको गठनको प्रक्रिया र कार्यक्षेत्र दुवैको विरोध गर्दछ । त्यो आयोगलाई राज्य पुनर्संरचनाबारे स्वतन्त्र पूर्वक काम गर्ने अधिकार दिइएको छैन र त्यसले सरकारले दिएको कार्यादेश भित्र रहेर काम गर्नुपर्नेछ । त्यो अवस्थामा त्यो आयोगले स्वतन्त्र र निष्पक्षतापूर्वक काम गर्नसक्ने छैन । त्यसले गर्दा त्यो आयोगको उपयोगिता सीमित हुन गएको छ । त्यो अवस्थामा त्यो आयोगबाट राज्य पुनर्संरचनामा कुनै सकारात्मक सहयोग पुग्ने कुरामा गम्भीर प्रकारको आशंका देखिन्छ ।
काठमाडौं उपत्यकामा देखापरेको सुकु्म्वासी समस्याप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । उपत्यकाका विभिन्न नदीहरुका तिरमा बसेका सुकुम्वासीहरुलाई त्यहाँबाट उठाउने काम भइरहेको छ । हाम्रो पार्टीको के मत छ भने उनीहरुलाई त्यहाँबाट उठाउनुभन्दा पहिले उनीहरुको वैकल्पिक व्यवस्था गरिनु पर्दछ । त्यसका साथै को वास्तविक सुकुम्वासी हुन् ? त्यसको पनि छानवीन गरिनु पर्दछ ।
देशमा शान्ति, सुरक्षाको अवस्था अझै पनि सुध्रेको छैन । बम आतंक जस्ता कारवाहीहरु बढेर गएका छन् । हत्या र अपहरणका घटनाहरु पनि बढेर गएका छन् । हाम्रो पार्टीले त्यो अवस्थामा नियन्त्रणका लागि सरकारको ध्यान आकर्षित गर्न चाहन्छ ।
देशमा संघीयताजातीय संघीयता वा एक मधेशएक प्रदेशको समस्या गम्भीर बन्दै गइरहेका छन् । विदेशी शक्तिहरु वा उनीहरुसित सम्बन्धित एन.जी.ओ., आई.एन.जी.ओ.आदिले त्यसको पक्षमा जोड बढाउँदै लगिरहेका छन् । त्यसबाट देशमा संघीयताजातीय संघीयता वा एक मधेशएक प्रदेशको खतरा तथा उक्त कारणले जातीय, क्षेत्रीय द्वन्द्व वा राष्ट्रिय विखन्डनको खतरा बढ्दै गएको छ । त्यो अवस्थामा संघीयताका विरुद्धको जनमत र आन्दोलनमा जोड दिनुपर्ने आवश्यकता बढेर गएको छ । त्यसका लागि हाम्रो पार्टीले छिटै आवश्यक कार्यक्रमहरु निश्चित गरेर संघीयताका विरुद्ध आन्दोलन संगठित गर्नुपर्ने आवश्यकताबारे पनि बैठकले विचार गयो । त्यसबारे केन्द्रीय समितिको आगामी बैठकमा विस्तृत रुपले विचार गरिने छ ।

मिति ः २०६८ मंसिर १३ गते

मोहनविक्रम िसंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.