नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

 वक्तव्य

ने.क.पा. (मसाल)को आजै बसेको पी.वी.को बैठकले संविधानसभाको अवधि थपिएको समेत बारे गरेको निर्णय बारे प्रकाश हाल्न निम्नलिखित वक्तव्य जारी गरिएको छ।
संविधानसभाले अन्तिम समयमा संविधानको निर्माणका लागि एक वर्षका लागि आफ्नो अवधि बढाउने निर्णय गरेको छ। ने.क.पा. (मसाल)ले त्यो निर्णयलाई स्वागत गर्दछ र थपिएको अवधिभित्र संविधानको निर्माण निश्चित हुनुपर्ने आवश्यकतामा जोड दिन्छ।
संविधानसभाको अवधिलाई बढाउने निर्णयलाई हाम्रो पार्टीले आलोचना र विरोध सहित स्वागत गरेको छ। सर्वप्रथमता तोकिएको समयमा संविधान नबनेकोमा हाम्रो गम्भीर प्रकारको आपत्ति छ। जुन परिस्थितिले तोकिएको समयभित्र संविधानको निर्माण भएन, ती कारण वा परिस्थिति कायम रहेमा थपिएको अवधिमा पनि संविधानको निर्माण नहुने सम्भावना रहने छ। त्यसकारण उक्त प्रश्नहरुमा गम्भीर हुन हाम्रो पार्टीले सम्बन्धित सवै पक्षहरुसित अपील गर्दछ। अन्यथा थपिएको एकवर्ष भित्र पनि संविधान नबन्ने सम्भावना रहने छ।
श्ाान्ति प्रक्रिया र संविधान निर्माणमा सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति प्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ। प्रथमता प्रजातान्त्रिक र संवैधानिक विधिभन्दा बाहिर जोरजवर्जस्ती र दवावका आधारमा सरकारको गठन र विघटनको प्रक्रियालाई हाम्रो पार्टीले गलत मान्दछ। त्यस प्रकारको प्रक्रिया अपनाइयो भने देश संवैधानिक क्रमभंगता, राजनीतिक अस्थिरता र अराजकता तथा एक वा अर्को प्रकारको अधिनायकवादतिर जाने सम्भावना रहने छ। त्यस प्रकारको स्थितिमा जातिवादी र क्षेत्रीयतावादी गतिविधिहरु बढेर जाने तथा पृथकतावादी गतिविधि बढेर देशको राष्ट्रियता, सार्वभौमिकता वा अख48डतामा गम्भीर आ147च पुग्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न। त्यसैले देशमा त्यस्तो अवस्था उत्पन्न हुन नदिन सम्बन्धित सबै पक्षहरुले उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ।
हाम्रो यो स्पष्ट मत रह147दै आएको छ कि शान्ति प्रक्रिया र संविधान निर्माणलाई सफल पार्न संविधानसभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरु, मुख्यतः माओवादी, एमाले र ने.का.को बीचमा सहमति आवश्यक छ। त्यसका लागि सर्वप्रथम तीन बु147दे सहमतिमा उल्लेख गरिए अनुसार, देशका अगाडि भएका जिम्मेवारी र कार्यहरु यथाशीघ्र पूरा गर्न सहमति कायम हुनुपर्ने आवश्यकता छ। त्यस प्रकारको सहमतिले राष्ट्रिय सरकारको गठनका लागि पूर्वाधार तयार पार्नेछ। तर सहमतिको राष्ट्रिय सरकारका नाममा माओवादी पक्षले आफ्नो नेतृत्वमा सरकार बाहेक अन्य कुनै सहमतिका लागि तयार नहुने वा संविधानको निर्माण हुन नदिने जुन नीति अपनाउ147दै आएको छ, अब त्यो नीतिलाई दोहराएर शान्ति प्रक्रिया र संविधानको निर्माणमा बाधा पुराउने छैनन् भन्ने हामीले आशा गर्दछौं। उनीहरुले आफ्नो नेतृत्वमा सरकार बाहेक अन्य कुनै राष्ट्रिय सरकारको गठनलाई स्वीकार नगर्ने नीति अपनाए भने वास्तवमा त्यो सहमति नभएर आफ्नो शर्त अन्य पक्षहरुमाथि लाद्ने जोरजर्बजस्तीको नीति हुनेछ र त्यस प्रकारको नीतिले शान्ति प्रक्रिया र संविधानको निर्माणमा समेत बाधा पुराउने छ।
संविधानको निर्माणमा जोड दिने बेलामा संघीयता वा त्यससित जोडिएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, पृथक बन्ने अधिकार सहितको आत्मनिर्णयको अधिकार, एक मधेशएक प्रदेश, बहुराष्ट्रिय राज्य आदिका विरुद्ध संविधानसभा भित्र वा बाहिर पनि आफ्नो पहलकदमी वा अन्य पक्षहरुसित मिलेर आफ्नो संघर्षलाई लगातार अगाडि बढाइ रहने हाम्रो पार्टीको नीति हुनेछ।
मेघालयमा ठूलो संख्यामा नेपालीहरुमाथि भएको लुटपिट, कुटपिट, हत्याका कारवाहीहरु तथा हजारौंको संख्यामा नेपालीहरु त्यहा147बाट विस्थापित भएको घटनालाई हाम्रो पार्टीले अत्यन्त गम्भीर रुपमा लिन्छ र त्यहा147का नेपालीहरुको हक, हित वा जनधनको सुरक्षाका लागि आवश्यक पहल गर्न नेपाल सरकार तथा दिल्लीस्थित नेपाली दुतावाससित पनि अनुरोध गर्दछ।
माओवादीहरुले हाम्रो पार्टीका समर्थकहरु गुल्मीको विश्वखर्कमा नरबहादुर वि.क. र इश्वरी पौडेल लगायतलाई कुटपिट र पिस्तोल ताकेर हत्या गर्ने प्रयत्न तथा दाङ तुलसीपुरमा तीलक खड्काबाट पा147च लाखको चन्दा जबर्जस्ती माग गरेका कार्यहरुलाई हामीले तीब्र शब्दमा भ्रत्सना गर्दै त्यस प्रकारको कारवाही तुरुन्त रोक्नका लागि चेतावनी दिन्छौं।  
विराटनगरमा एकजना भारतीय सीमा सुरक्षा बलको इन्सपेक्टरले एकजना निर्दोष नेपाली नागरिकको हत्या गरेको कारवाहीको हाम्रो पार्टीले तीब्र शब्दमा भर्त्सना गर्दछ र दोषि माथि कारवाही तथा मृतकको परिवार समेतका लागि आवश्यक पहल गर्न सरकारसित अनुरोध गर्दछ।
 
मिति :  २०६७ जेष्ठ १६ गते

(मोहनविक्रम सिंह)

महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.