नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
ने.क.पा. (मसाल) को केन्द्रीय कार्यालयको उपलब्ध पी.वी.एम. र केन्द्रीय सदस्यहरु सहित आजै बसेको बैठकले प्रधानमन्त्रीको चुनावमा ए.ने.क.पा. (माओवादी) का उम्मेदवार डा. बाबुराम भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको छ ।
माओवादीहरुसित संघीयता वा जातीय संघीयता, सेनाको समायोजन उनीहरुको कार्यशैली, उनीहरुले हाम्रो पार्टी माथि अपनाउने गरेका हिंसात्मक आक्रमण वा अन्य विभिन्न राजनीतिक प्रश्नहरुमा हाम्रा कैयौं मतभेदहरु भएको कुरा आमरुपमा थाहा भएको कुरा हो । उनीहरुको नेतृत्वमा सरकार बने पनि उनीहरुका गतकालका कमजोरीहरु एक वा अर्को प्रकारले प्रकट हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न र त्यस प्रकारको अवस्थामा आवश्यकतानुसार संविधानसभाभित्र वा बाहिर हाम्रो विरोध वा संघर्षको नीति कायम रहने छ ।
माओवादीहरुसित हाम्रो माथि उल्लेखित विभिन्न प्रकारका मतभेदहरुका बाबजुद शान्ति, संविधान र गणतन्त्र पक्षमा उनीहरुको नीतिमा जेजति परिवर्तन हुँदै आएको छ, त्यसलाई हामीले समर्थन गर्दै आएका छौं । त्यस प्रकारको नीति अनुसार नै अहिले उनीहरुले शान्ति र संविधानको पक्षमा अपनाएको नीति माथि ध्यान दिंदै हाम्रो पार्टीले प्रधानमन्त्रीको चुनावमा उनीहरुका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
गतकालमा उनीहरुले प्रकट गर्ने गरेको प्रतिवद्धतालाई पनि उनीहरुले बारम्बार उल्लंघन गर्ने गरेको कुरा प्रति पनि हाम्रो ध्यान छ । त्यस प्रकारको पृष्ठभूमिमा अहिले शान्ति, संविधान र गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा उनीहरुले कहाँसम्म इमान्दारिता र दृढतापूर्वक काम गर्न सक्नेछन् ? त्यसबारे पूरै विश्वास गर्नसक्ने आधार कमै छ । तैपनि त्यो दिशामा उनीहरुले जेजति सकारात्मक नीति अपनाउँछन् वा प्रयत्न गर्दछन्, त्यसमा इमान्दारितापूर्वक मद्दत पुयाउनु हाम्रो नीति रहनेछ । निश्चय नै, त्यसका साथै त्यस सिलसिलामा उनीहरुले अपनाउने सबै गलत नीति वा कारवाहीहरुको आवश्यकतानुसार आफ्नो विरोध वा संघर्षको नीतिलाई सुरक्षित राख्दै तत्काल उनीहरुको केन्द्रीय समितिले शान्ति र संविधानको पक्षमा गरेको निर्णयलाई सकारात्मक रुपमा लिंदै डा. भट्टराईको उम्मेदवारीलाई समर्थन गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ ।
अन्तमा हामीले के कुरामा जोड दिन चाहन्छौं भने सहमतिको सरकार नबनेर बहुमतीय आधारमा प्रधानमन्त्रीको चुनाव हुन थालेपछि कुनै पक्षको विजय वा हार हुने कुरा निश्चित छ । तैपनि चुनावमा जसको विजय भएपनि शान्ति, संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा आफ्नो नीति अनुसार बढीभन्दा बढी सहमती कायम गर्नु संविधानसभा र गणतन्त्र पक्षधर सत्ता वा प्रतिपक्षमा भएका सबै शक्तिहरुको कत्र्तव्य हुन्छ र त्यसका लागि हामीले सबै पक्षहरुसित अपील गर्दछौं । त्यसरी नै शान्ति, संविधान तथा गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरु सफल हुन सक्नेछन् र त्यो नै सम्पूर्ण देश, जनता र संविधानसभा र गणतन्त्र पक्षधर सबै राजनीतिक शक्तिहरुको पनि हितमा हुनेछ भन्ने हाम्रो विश्वास छ ।

मिति ः २०६८ भाद्र ११ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.