नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
संचारमाध्यमहरुले ओसामा विन लादेनको मृत्युको समाचार प्रकाशित गरेका छन् । पहिले पनि उनको मृत्युको समाचार प्रकाशित भएका थिए । तर पछि त्यो गलत सावित भएको थियो । तर अहिले आधिकारिक रुपमा नै त्यो समाचार बाहिर ल्याइएको छ । त्यसले गर्दा उनको मृत्यु नै भएको मान्नका लागि बढी आधार छ ।
लादेनलाई सर्वप्रथम अमेरिकी साम्राज्यवादीहरुले नै आफ्नो स्वार्थपूर्तिका लागि अगाडि ल्याएका थिए । तर पछि उनी अमेरिकी साम्राज्यवादका कट्टर दुश्मनको रुपमा देखापरे । जहाँसम्म साम्राज्यवादविरुद्धको उनको संघर्षको नीतिको प्रश्न छ, त्यो मूलतः सही छ । तर व्यवहारमा उनले अपनाएको आतंकवादी कार्यशैली गलत छ । उनको त्यसप्रकारको आतंकवादी नीति अन्ततः साम्राज्यवादले विश्वव्यापीरुपमा अपनाएको आतंकवादी नीतिको विरुद्धको प्रतिक्रिया हो ।
आज साम्राज्यवादले विश्वव्यापीरुपमा नै आतंकवादी नीति अपनाएको छ । इराक, अफगानिस्तान र हाल लिवियामा समेत त्यसले गरिरहेका आक्रमणकारी कार्वाहीहरु त्यसमा आतंकवादी नीतिका ज्वलन्त उदाहरणहरु हुन् । वास्तवमा साम्राज्यवाद आज विश्व शान्ति र स्वाधीन राष्ट्रहरुको स्वतन्त्रता र सार्वभौमिकताको नम्बर एक दुश्मन बनेको छ र त्यो नै विश्वभरमा देखापरिरहेको आतंकवादको मुख्य स्रोत पनि हो । त्यो अवस्थामा अमेरिकी साम्राज्यवाद विरुद्धको लादेन र उनको संगठन अलकायदाको रोष र संघर्षको स्पीरिट सही छ । त्यसले आजको साम्राज्यवादविरुद्धको विश्वव्यापी आवश्यकताको प्रतिनिधित्व गर्दछ । तर जस्तो कि माथि पनि स्पष्ट गरियो, उनीहरुले अपनाएको आतंकवादी कार्यशैली गलत छ । त्यसका साथै उनीहरुको आतंकवादी नीतिसित जोडिएको कट्टर धार्मिक उन्माद र रुढीवादिता तथा त्यसका आधारमा निर्दोष जनतामाथि समेत उनीहरुले गर्ने आक्रमणको नीति गलत छ ।
विन लादेनको मृत्यु भएपनि तथा उनको आतंकवादी कार्यप्रणाली गलत भएपनि साम्राज्यवादका विरुद्धको उनको सम्झौताहीन संघर्षको नीतिको सकारात्मक महत्व छ र त्यसको एउटा प्रतिकको रुपमा इतिहासमा उनको महत्वपूर्ण स्थान रहनेछ ।


मिति २०६८ बैशाख २०

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.