नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, Email : ncpmashal@gmail.com

 

वक्तव्य


ने।s।पा। मसाल को यही २०६६ साल माघ ११ र १२ गते बसेको पी।वी।sाे बैठकले देशका कतिपय समस्याहरुबारे छलफल गरी निम्नलिखित निर्णयहरु गरेको छ ।
संविधानसभाद्वारा संविधानको निर्माणको अवधि समाप्त हुन केही महिना मात्र बाँकी छन् । तर संविधान निर्माण अझै अनिश्चयताको अवस्था छ । संविधानसभाको म्याद थप्ने कुरा पनि उठिरहेको छ । हाम्रो पार्टीले संविधानसभाको म्याद थप्ने कुराको विरोध गर्दै तोकिएको समयमा नै संविधानको निर्माण हुनुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका लागि हाम्रो पार्टीले सबै प्रमुख दलहरु मुख्यतः माओवादी एमाले र ने।sा।का बीचको सहमति र सहकार्यमा जोड िदंदै आएको छ र अहिले पनि दिन्छ । संवैधानिक समिति वा त्यसका विभिन्न मस्यौदा प्रतिवेदनहरुमा उपसमितिहरुले संघीय प्रणाली आत्मनिर्णयको अधिकार बहुराष्ट्रिय राज्य जातीय आधारमा प्रदेशहरुको विभाजन आदिका पक्षमा जुन सुझावहरु पठाएका छन् तिनीहरुलाई हाम्रो पार्टीले गलत मान्दछ र संविधानसभाद्वारा तिनीहरुलाई अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
हाम्रो पार्टीले गणतन्त्रको सुदृढीकरण राष्ट्रियताको रक्षा र संघीयताका विरुद्ध समेत संविधानसभा भित्र र बाहिर लगातार आफ्नो आन्दोलन अगाडि बढाउँदै आएको छ र भविष्यमा त्यसको आवश्यकतामा जोड दिन्छ । त्यस प्रकारको आन्दोलनको सिलसिलामा अहिलेसम्म प्रथम दोस्रो र तेस्रो चरणका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् र फागुनमा संघीयताका विरुद्ध जिल्ला केन्द्रित जनमार्चका कार्यक्रमको आयोजना गरिएको छ । त्यही सिलसिलामा संघीयताका विरुद्ध व्यापक जनमत तयार पार्न विभिन्न पक्षहरुसित देशव्यापी रुपमा सम्पर्क भेटघाट अन्तरकि्रया आदि र आगामी फागुन २९ गते संघीयताका विरुद्ध राष्ट्रिय अधिवेशन गर्ने निर्णयहरु गरिएका छन् ।
संघीयताका विरुद्ध क्षेत्रीयस्तरका बन्द र हडतालका कार्यक्रमहरुका सिलसिलामा काठमाडौं र उदयपुर समेत जिल्लाहरुमा शान्तिपूर्ण प्रदर्शनको कार्यक्रमहरुमा तथा सिन्धुपाल्चोकमा रक्तिम सांस्कृतिक अभियानको प्रशिक्षण कार्यक्रममा माओवादीहरुद्वारा गरिएको िहंसात्मक आक्रमणलाई हाम्रो पार्टीले गम्भीर रुपमा लिन्छ र तिनीहरुका विरुद्ध देशव्यापी रुपमा भण्डाफोर कार्यक्रम साचालन गर्ने निर्णय गरेको छ ।
हाम्रो पार्टीले संविधानको निर्माणका लागि सहमति र सहकार्यको निर्माणमा जोड दिने सिलसिलामा तीन दलहरुका बीचमा बनेको उच्चस्तरीय संयन्त्रको पनि स्वागत गरेको थियो । त्यसलाई समर्थन गर्ने बेलामा गतकालमा झै त्यो सहमति टुट्ने वा त्यसको गलत उपयोग हुने सम्भावनातिर पनि सतर्क गराएका थियौं । अहिले त्यो संयन्त्रद्वारा संविधानको निर्माणका लागि सहमति बनाउनमा प्रयत्न गर्नेभन्दा पनि सरकारको फेरबदल तर्फ बढी ध्यान केन्द्रित गरेको र माओवादीहरुले पनि संयन्त्रको मुख्य कार्य उनीहरुको नेतृत्वमा सरकारको गठन गर्नु भएको र उनीहरुको नेतृत्वमा सरकार नबनेमा संविधानको निर्माण नहुने अभिव्यक्तिहरु दिएकाले त्यो संयन्त्रले सकारात्मक भूमिका खेल्नसक्ने सम्भावना कम देखिन्छ । त्यसकारण हामीले पुनः संविधानको निर्माणका दिशामा सही प्रकारले सहमति कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं ।
आज देशको राष्ट्रियताका अगाडि गम्भीर संकट उपस्थित भएको छ । भारतीय विस्तारवादको हस्तक्षेप बढ्दै गइरहेको छ । त्यस सन्दर्भमा सीमा अतिक्रमण एकदम बढेर गएको छ । त्यस प्रकारको विदेशी हस्तक्षेप वा सीमा अतिक्रमण समेतलाई रोक्नका लागि सरकारले विशेष भूमिका खेल्नुपर्ने अवस्थामा पहिलेदेखिको भारतपरस्त नीतिमा निरन्तरता िदंदै सरकारले उक्त प्रश्नहरुमा कुनै भूमिका नखेलेको मात्र होइन जलसम्पदा समेतको प्रश्नहरुमा राष्ट्रिय हितहरुका विरुद्ध सम्झौताहरु गर्दै गईरहेको छ । त्यसकारण राष्ट्रियताको प्रश्नमा विशेष सतर्कता र आन्दोलन बढाएर लैजानुपर्ने आवश्यकता छ ।
अहिले माओवादीहरुले राष्ट्रिय स्वाधिनताको आन्दोलनको कुरा उठाएका छन् । तर त्यसका पछाडिको मुख्य उद्देश्य राष्ट्रियताको रक्षा नभएर सत्तामा पुग्नका लागि भारतलाई दवाव दिने नै भएको देखिन्छ । त्यसकारण राष्ट्रियताको दृष्टिले त्यो आन्दोलनको कुनै खास उपयोगिता छैन । त्यसकारण सही आधारमा राष्ट्रियताको पक्षमा आन्दोलन बढाएर लैजानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
आज जनजीवनसित सम्बन्धित समस्याहरु पनि गम्भीर बन्दै गइरहेका छन् । शान्ति सुरक्षाको समस्या गम्भीर छ । दण्डहीनता वा महंगी बढेर गएका छन् । यी समस्याहरु बारे आवश्यक कारवाही गर्न सरकार असफल भएको छ । त्यसैले हाम्रो पार्टीले उक्त प्रश्नहरुबारे आवश्यक ध्यान दिन र आवाज उठाउन जनतासित अपील गर्दछ ।
प्यूठानको स्याउलीवाङमा भएको भिषण आगलागि र त्यसबाट त्यहाँ भएको क्षतिप्रति ने।s।पा।मसालको पी।वी।sाे बैठकले गम्भीर दुःख प्रकट गर्दछ । त्यहाँ आवश्यक राहत पुर् याउनको लागि गरेको ढिलाईका लागि सरकारको आलोचना गर्दै त्यहाँ तुरुन्त आवश्यक सहायता पुर् याउनको लागि सरकारसित माग गर्दछ ।

मिति ः २०६६ माघ १२ गते

मोहनविक्रम िसंह

महामन्त्री


फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.