नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल) को २०६८ बैशाख ६ र ७ गते बसेको पी.वी.को बैठकले देशका तात्कालिक राजनीतिक समस्याहरुबारे निम्नलिखित निर्णयहरु गरेको छ ।
पी.वी.को बैठकले शान्ति प्रक्रिया र संविधानको निर्माण बारे सत्ता र प्रतिपक्षमा भएका प्रमुख राजनीतिक दल वा संगठनहरुले संविधानको निर्माणका लागि गरिरहेका प्रयत्नहरुबाट जेष्ठ १४ गतेभित्र संविधानको निर्माणको आशा उत्पन्न भएको छ । विवादित प्रश्नहरुमा सहमति कायम गर्न गरिरहेका प्रयत्नहरुलाई पनि हामीले सकारात्मक रुपमा लिन्छौं । तर उनीहरुले गतकालमा बारम्बारको सहमतिका बाबजुद कार्य सम्पादन गरेको इतिहास माथि ध्यान दिंदा पूरै विश्वास गर्न सकिने आधार छैन । त्यसैले तोकिएको अवधिमा संविधानको निर्माणका लागि अहिले पनि जनदवावको सिर्जना गरिरहनु पर्ने आवश्यकता छ । त्यसका साथै संविधानको निर्माणका सन्दर्भमा आफ्ना मतभेदहरुलाई पनि स्पष्ट रुपमा प्रस्तुत गर्दै आफ्ना अवधारणाहरुका बारे संविधानसभा भित्र र बाहिर पनि लगातार आवाज उठाउने र संघर्ष गर्ने हाम्रो नीति रहने छ ।
हाम्रो पार्टीले पहिले झै अहिले पनि संघीयता र त्यससित जोडिएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेशएक प्रदेश, बहुराष्ट्रवाद, जातीय अग्राधिकार आदिका विरुद्ध स्पष्ट र दृढ मत राख्दछ । शासकीय स्वरुपका सन्दर्भमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीबाट अधिनायकवाद र राष्ट्रपति तथा प्रधानमन्त्रीका बीचमा कार्यकारी अधिकार विभाजित गर्ने मिश्रित प्रणालीबाट देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने सम्भावना माथि विचार गर्दै तिनीहरुको विरोध गरेर संवैधानिक राष्ट्रपति र संसदद्वारा निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने प्रणालीमा नै हामीले जोड दिन्छौं । संघीयता अन्तर्गत जातीय आधारमा प्रदेशहरुको निर्माणको विरोध गर्दै हाम्रो पार्टीले प्रशासकीय अंगहरुका रुपमा उत्तर र दक्षिणका भागहरुलाई मिलाएर ७ वटा प्रदेशहरुको निर्माण गर्नुपर्दछ भन्ने हाम्रो मत रहेको छ । मधेशवादी शक्तिहरुले एक मधेश एक प्रदेशको अवधारणाबारे पुनर्विचार गर्न थालेको कुरालाई हाम्रो पार्टीले स्वागत गर्दछ । तैपनि तराइका भूभागहरुलाई मात्र मिलाएर २ वा ३ वटा बेग्लाबेग्लै प्रदेशहरु बनाउने जस्ता अवधारणाहरुलाई हाम्रो पार्टीले गलत मान्दछ र तिनीहरुको आलोचना गर्दछ । जातिवादी संगठनहरुले जातीय आधारमा प्रदेशहरुको गठनका लागि दवाव दिने जुन नीति अपनाएका छन्, त्यसको पनि हाम्रो पार्टीले आलोचना गर्दछ । त्यसका साथै राजावादीहरु र माओवादीहरुको एउटा पक्षले संविधानको निर्माणमा बाधा हाल्न गरिरहेका प्रयत्नहरुको हाम्रो पार्टीले कडा शब्दमा अलोचना गर्ने त्यस प्रकारका प्रयत्नहरुको प्रभावशाली प्रकारले विरोध गरेर नै संविधानको निर्माण हुन सक्नेछ भन्ने हाम्रो विश्वास छ ।
माओवादीको संस्थापन पक्ष र सरकारले समेत लडाकूहरु र हतियार समेत नाटकीय प्रकारले नेपाली सेनामा बुझाउने निर्णयप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यस प्रकारको कदम त्यो संगठनको एउटा पक्षले आलोचना गरे झै निश्चित रुपले आत्मसमर्पणवादी कदम नै हो । हाम्रो पार्टीले प्रारम्भ देखि नै माओवादी लडाकूहरुको नेपाली सेनामा समायोजनको विरोध गर्दै आएको थियो । क्रान्तिकारी उद्देश्य र नयाँ जनवादी क्रान्तिका नाममा संगठित लडाकूहरुलाई त्यसरी एउटा प्रतिक्रियावादी सेनालाई बुझाउने कार्यलाई सही मान्न सकिन्न र त्यो कार्य त्यो संगठनको दक्षिणपन्थी अवसरवादी दिशामा भइरहेको संक्रमणको परिणाम हो । तर त्यस सन्दर्भमा यो कुराप्रति पनि हाम्रो ध्यान गएको छ कि त्यो संगठनभित्रको एउटा पक्षले उग्रवामपन्थी नीतिलाई निरंतरता दिने र लडाकूहरु वा उनीहरुका हतियारहरुलाई त्यही दिशामा उपयोग गर्ने तथा त्यसबाट शान्ति प्रक्रिया, संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरुमा बाधा पुग्ने सम्भावना देखापरेपछि नै त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन माओवादीको संस्थापन पक्ष वा सरकारले अकस्मात त्यस प्रकारको निर्णय गर्नुपरेको थियो । त्यसैले त्यो कदम एक प्रकारले उनीहरुको वाध्यता थियो । समग्ररुपमा अहिले शान्ति, संविधान र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरु राष्ट्रिय महत्वका विषयहरु भएका छन् र तिनीहरुको कसीमा नै कुनै राजनीतिक पक्ष वा सरकारका नीतिहरु सही वा गलत के छन् ? त्यो कुराको मूल्यांकन गर्नुपर्दछ । त्यसैले माओवादीको संस्थापन पक्ष वा सरकारको त्यस प्रकारको कदमबाट शान्ति, संविधान र गणतन्त्रलाई संस्थागन गर्ने कार्यमा मद्दत पुग्दछ भने त्यसलाई सकारात्मक रुपमा नै लिनुपर्दछ ।
अहिले देशमा राष्ट्रिय सरकारको गठन बारे उठिरहेको चर्चा बारे पनि पी.वी.को बैठकमा छलफल भयो । हाम्रो के मत छ भने संविधानको निर्माणको कार्यलाई अरु प्रभावशाली प्रकारले सम्पन गर्न वर्तमान सरकारको ठाउँमा अन्य कुनै राष्ट्रिय सहमतिको सरकार वा अर्को बहुमतीय सरकारको गठनबाट मद्दत पुग्ने सम्भावना भएमा त्यसबारे विचार गर्नु गलत हुनेछैन । तर त्यस प्रकारको वैकल्पिक सरकार वा संविधानको निर्माण बारे सहमति न भइकन वर्तमान सरकारले राजिनामा दिंदा वर्तमान सरकार लामो समयसम्म काम चलाउ सरकार बन्न जाने, अर्को सरकार बन्नुभन्दा पहिले नै संविधान नबनिकन जेष्ठ १४ गते आउने र संविधानसभाको अवधि समाप्त हुने सम्भावना रहने छ । त्यसैले जेष्ठ १४ गते नजिकै आएकाले त्यस प्रकारको पूर्व सहमति नभइकन वर्तमान सरकारको राजिनामाको कुरा उठाउनु सही हुने छैन भन्ने हाम्रो मत छ ।
तोकेको समयमा संविधानको निर्माण, संघीयताको खारेजी र स्थानीय निकायहरुको निर्वाचनको आन्दोलनको कार्यक्रम सहित राष्ट्रिय जनमोर्चाको वाग्मती क्षेत्रको चैत्र २४ गतेको काठमाडौंको जनआन्दोलन दिवसको कार्यक्रम तथा चैत्र २७ गतेको बाग्मती क्षेत्रको बन्दको कार्यक्रमको पूर्व सन्ध्यामा चैत्र २६ गतेको मसाल जुलसमा समेत सरकारले गरेको दमनको हाम्रो पार्टीले तीब्र शब्दमा आलोचना र भत्र्सना गर्दछ ।
यही बैशाख ६ गते रौतहतमा केही अज्ञात व्यक्तिहरुले राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष का. वीरबहादुर गोलेलाई गम्भीर प्रकारले कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टीले दुःख, चिन्ता र रोष प्रकट गर्दै हामीले दोषिलाई पत्ता लगाइ अपराध अनुसार कारवाही गर्न माग गर्दछौं ।
अन्तमा राष्ट्रिय जनमोर्चाले तोकिएको समयमा संविधानको निर्माण, संघीयताको खारेजी र स्थानीय निकायहरुको निर्वाचन समेतका लागि आह्वान गरेका देशका विभिन्न क्षेत्रहरुका बन्दका कार्यक्रमहरुमा व्यापक समर्थन दिएर तिनीहरुलाई सफल पार्न सहयोग गरेकोमा हामीले सम्पूर्ण जनतालाई धन्यवाद दिन चाहन्छौं ।
 
मिति ः २०६९ बैशाख ७ गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.