नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
 ने.क.पा. (मसाल) को केन्द्रीय समितिको बैठक यही २०६७ मंसिर ५ गते देखि १३ गतेसम्म सम्पन्न भयो। त्यो बैठकले देशका विभिन्न महत्वपूर्ण राजनीतिक प्रश्नहरुमा विस्तृत छलफल गरेर नीति निश्चित गर्नुको साथै आन्दोलनको आगामी कार्यक्रम पनि निर्धारित गरेको छ।
बैठकले सबैभन्दा बढी यसका लागि चिन्ता प्रकट गरेको छ कि गत जेष्ठ १४ गते संविधान निर्माणका लागि एक वर्षको अवधि बढाएकोमा ६ महिना जति समय वितिसक्दा पनि त्यो दिशामा कुनै प्रगति भएको छैन134 माधव नेपालको सरकारले राजिनामा दिएको ५ महिना पुग्नथाल्दा पनि प्रधानमन्त्रीको चुनाव र नयाँ सरकारको गठन हुन सकेको छैन र अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा माओवादीले गरेको कुटपिट र तोडफोडका कारवाहीपछि संसदको बैठक समेत स्थगित भएको छ। यस प्रकारको घटनाहरुको परिणाम स्वरुप देशको राजनीतिक भविष्य, ०६२६३ को आन्दोलनका उपलब्धिहरु र गणतन्त्रको भविष्य समेत अनिश्चित बन्न पुगेका छन्।
स्वयं एमाले र माओवादी समेतको सहमतिमा बनेको अन्तरिम संविधानमा सहमतिबाट र सहमति नबनेमा बहुमतीय आधारमा प्रधानमन्त्रीको चुनाव गर्ने संवैधानिक प्रणालीको एमालेले अतिक्रमण गरेकाले नै सरकारको गठन बारे गत्यावरोध पैदा भएको हो। बारम्बारको चुनावपछि पनि प्रधानमन्त्रीको चुनाव हुन सकेको छैन। सर्वोच्चको फैसला र संसदको बैठक स्थगित भएपछि प्रधानमन्त्रीको चुनाव बारे नयाँ विवादहरु उत्पन्न भएका छन्। ती विवादहरु टुंगाउन संविधानमा कुनै स्पष्ट व्यवस्था नभएकाले सम्बन्धित राजनीतिक दलहरुका बीचको सहमतिका आधारमा नै त्यो समस्यालाई समाधान गर्ने प्रयत्न गर्नुपर्दछ भन्ने हाम्रो मत छ। संविधानको निर्माण र सरकारको गठनबारे समेत पैदा भएको अनिश्चयताको अवस्थाबाट फाइदा उठाएर राजावादीहरुले संविधानसभाको विघटन र राजतन्त्रको पुनर्स्थापनाको माग राखेर आफ्ना गतिविधिहरु बढाएर लगिरहेका छन्। त्यस प्रतिपनि संविधानसभा र गणतन्त्र पक्षधर सबै राजनीतिक शक्तिहरुको ध्यान जानुपर्ने आवश्यकता छ।
अहिले संविधानको निर्माण नै अनिश्चि बन्दै गएकाले संघीयताको विषय केही पछाडि परेजस्तो देखिन्छ। तर देशमा संघीयता, जातीय राज्य, आत्मनिर्णयको अधिकार, बहुराष्ट्रिय राज्य वा एक मेधशएक प्रदेश समेतका मागहरु लिएर संविधासभाभित्र वा बाहिर लगातार प्रयत्नहरु भइरहेका छन् र त्यो क्रममा देशको राष्ट्रियता, सार्वभौमिकता, अखन्डता तथा अस्तित्वमा समेत आँच पुग्ने सम्भावनाहरु देखापरेका छन्। त्यो अवस्थामा संघीयताका विरुद्धको आन्दोलनमा पनि लगातार जोड दिनुपर्ने आवश्यकता छ।
नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुको पनि मतदाता नामावलीमा नाम समावेश गर्न पाउने निर्वाचन आयोगको निर्णयलाई स्थगित गर्न सर्वोच्च अदालतले दिएको आदेश सकारात्मक र स्वागतयोग्य कदम हो। तर त्यो अन्तिम फैसला होइन। त्यसैले निर्वाचन आयोगको अहिले स्थगित भएको निर्णय पुनः कार्यान्वित हुन नपावस् भन्नका लागि व्यापक आन्दोलन र जनमतको सिर्जना गर्नुपर्ने आवश्यकता छ। त्यसका लागि हामीले निर्वाचन आयोगको त्यो निर्णयको विरोध गर्ने सबै राजनीतिक शक्ति, संघसंस्था वा व्यक्तिहरुसित संयुक्त भएर पहल गर्न अपील गर्दछौं।
नेपालका माओवादीहरुले भारतीय माओवादीहरुलाई तालिम दिएको भनेर कारवाही गर्न भारतीय राजदुतले गृहमन्त्रीलाई नै भेटेर उनीहरु (नेपाली माओवादीहरु)का विरुद्ध कारवाही गर्ने माग राखेको कार्यप्रति हाम्रो पार्टीले आपत्ति प्रकट गर्दछ। प्रथम, त्यसबारे भारतीय राजदूतले परराष्ट्रमन्त्रीका ठाउँमा गृहमन्त्रीसित भेटेर त्यस प्रकारको माग गर्नु नेपालको आन्तरिक विषयमा हस्तक्षेप हो। द्वितीय, नेपालका र भारतका माओवादीहरुले आपसमा एक अर्कालाई सल्लाह वा सहयोग गरेको भएपनि त्यो संसारभर अन्य राजनीतिक शक्तिहरु वा माओवादीहरुका बीचमा पनि प्रचलित भाइचारा सम्बन्ध अन्तर्गत आउने कुरा हो। त्यसैले त्यस सम्बन्धी भारतीय राजदुतको विरोध निराधार र गलत छ।
आज नेपालमा सामान्यतः अमेरिका, यूरोपियन यूनियन र मुख्यतः भारतीय विस्तारवादको हस्तक्षेप बढेर गएको कुरालाई हाम्रो पार्टीले गम्भीर रुपमा लिन्छ। त्यसबाट संविधानको निर्माण, शान्ति प्रक्रिया र देशको राष्ट्रियतामा समेत गम्भीर आँच पुगिरहेको छ। त्यसकारण हाम्रो पार्टीले त्यस प्रकारको विदेशी हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्तरमा आन्दोलन संगठित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ। तर त्यो कारणले अहिले देशका अगाडि गम्भीर रुपमा देखापरेका संविधानको निर्माण र गणतन्त्र समेतका कार्यहरुलाई उपेक्षा गर्ने वा गैण बनाउने कुनै पनि दृष्टिकोणलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ।
अध्यादेशद्वारा बजेट ल्याउने र संसदको वर्षे अधिवेशनलाई समयभन्दा पहिले नै अन्त गर्ने कार्यबाट संसदीय व्यवस्था कमजोर हुन गएको छ। माओवादीहरुको संसदमा बजेट प्रस्तुत गर्न बाधा हाल्ने कारवाहीले पैदा गरेको वाध्यात्मक स्थितिबाट नै सरकारले अध्यादेशबाट बजेट ल्याउनु परेको हो। त्यसकारण हाम्रो पार्टीले त्यसलाई गलत मान्दैन। तैपनि अहिलेको अवस्थालाई अनिश्चित समयसम्म कायम राख्नु सही हुनेछैन। त्यसैले छिटै संसदको अधिवेशन बोलाएर संसदका कारवाही, प्रधानमन्त्रीको चुनाव र संविधानको निर्माणको कार्यलाई सम्पन्न गर्नु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ।
अहिलेको सरकार काम चलाउ सरकार भएकोले त्यसको अधिकार र भूमिका सीमित हुने कुरा स्वतःसिद्ध छ। तैपनि देशमा बढिरहेको भ्रष्टाचार, तस्करी, महंगी, दन्डहीनता आदि माथि नियन्त्रण गर्न प्रशासकीय रुपले त्यसले खेल्नुपर्ने भूमिका पनि खेल्न सकेको छैन। हाम्रो पार्टीले सरकारको त्यस प्रकारको कमजोर कार्यशैलीको आलोचना गर्दै त्यसमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ।
बैठकमा संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको रक्षा तथा संघीयताका विरुद्ध समेत देशव्यापी रुपमा आन्दोलन वा अभियान सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। बैठकमा पार्टीका संगठनात्मक प्रश्नहरुमा पनि कतिपय निर्णयहरु गरिएका छन्। 
बैठकमा हालै सम्पन्न क्रान्तिकारी पार्टी र संगठनहरुको अन्तरराष्ट्रिय कोअर्डिनेशन (आई.सी.ओ.आर) को स्थापना सम्मेलन र त्यो संगठनको गठन तथा मार्क्सवादीलेनिनवादी पार्टी र संगठनहरुको १० औं अन्तर्राष्ट्रिय सम्मेलनबारे का. मोहनविक्रम सिंहले प्रस्तुत गरेको रिपोर्ट माथि विचार गर्दै ती दुवैलाई अनुमोदन गर्ने निर्णय गरेको छ। त्यही क्रममा आई.सी.ओ.आर.को अन्तर्राष्ट्रिय सम्मेलनले गरेको निर्णय अनुसार डिसेम्बर ४ (मंसिर १८ गते) लाई विभिन्न कार्यक्रमहरु सहित वातावरण दिवसको रुपमा बनाउने पनि बैठकले निर्णय गरेको छ।
बैठकले का. हरि आचार्यलाई पार्टीको केन्द्रिय प्रवक्ता बनाउने निर्णय गरेको छ।
 
मिति :  २०६७ मंसिर १४ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.