नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

 वक्तव्य
हिजो २०६७ आषाढ २६ गते बसेको ने.कपा. (मसाल) को पी.वी.को बैठकले हाम्रो पार्टीका दुई पूर्व पी.वी.एम. का. डिलाराम आचार्य र का. गिरिधारीलाल न्यौपानेलाई अनिश्चितकालका लागि पार्टी सदस्यताबाट निस्काशित गर्ने निर्णय गरेको छ। सर्वप्रथम न्यौपानेले प्रवासमा र नेपालमा समेत व्यापक रुपले लुजटक र व्याकवाइटिङ गरेको रिपोट छानवीनद्वारा प्रमाणित भएपछि र स्वयं उहाँले पनि त्यस प्रकारका सबै गतिविधिहरु गरेको स्वीकार गरेपछि केन्द्रीय समितिको २०६६/१०/२३ मा उहाँलाई पी.वी. तथा प्रवासका जिम्मेवारीहरुबाट हटाई  केन्द्रीय समितिको सदस्यता कायम राख्ने निर्णय गरेको थियो। त्यसपछि आचार्य र न्यौपाने दुवै जनाले पार्टी अनुशासनको उल्लंघन र गुटवन्दी समेत गरेका रिपोर्टहरु आएपछि व्यापक छानविनपछि उक्त आरोपहरु प्रमाणित भएपछि २०६७ आषाढ १३ सम्म बसेको केन्द्रीय समितिको बैठकले उहाँहरु दुवैजनालाई उहाँहरुसित सम्बन्धित पार्टी, मोर्चा वा जनवर्गीय संगठनहरुका सबै पद र जिम्मेवारीहरुबाट हटाइ पार्टी सदस्यताबाट पनि ६ महिनाका लागि निलम्बन गरेको थियो। यहाँ यो उल्लेखनीय छ कि आषाढको केन्द्रीय समितिको बैठकभन्दा पहिले बसेको पी.वी.को बैठकमा आचार्यले उहाँले उहाँहरु माथिका सबै आरोपहरु सहित गुटबन्दी समेत गरेको स्वीकार गरी अब उहाँका विरुद्ध कारवाहीको कुनै विकल्प छैन भनेर स्वयं बताउनु भएको थियो। त्यसपछि नै पी.वी.मा उहाँ समेतको सहमतिमा उहाँमाथि माथि लेखिए अनुसारको कारवाही गर्ने निर्णय भएको थियो। त्यो निर्णयमा उहाँले पनि हस्ताक्षर गर्नुभएको थियो र त्यो निर्णयमा उहाँले कुनै मतभेद प्रकट गर्ने वा नोटआफ डिसेन्ट लेख्ने काम गर्नुभएको थिएन। केन्द्रीय समितिको बैठकमा न्यौपानेले पनि आचार्यका सबै विचार र गतिविधिहरुसित आफ्नो सहमति भएको बताउनु भएको थियो। त्यसपछि के.स.मा पनि उहाँहरु समेतको सहमतिले उहाँहरुका विरुद्ध माथि लेखिए अनुसारको कारवाही गर्ने निर्णय भएको थियो। तर त्यो कारवाही पछि उहाँहरुले आफ्ना अनुशासनविहीन र गुटवन्दीका कारवाहीहरु सार्वजनिक रुपले नै लगातार अगाडि बढाए पछि केन्द्रीय कार्यालयको ०६७ आषाढ १० मा बसेको बैठकले वहाँहरु दुवैजनालाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्काशित गर्ने निर्णय गरेको थियो। त्यसपछि पनि वहाँहरुले विभिन्न सञ्चार माध्यमहरु वा पत्रकार सम्मेलनद्वारा खुला रुपले नै गुटवन्दी र अनुशासनविहीन कारवाहीहरु बढाउँदै लगेको तथा समानान्तर संगठनको निर्माणका लागि पहलकदमी समेत गर्न थालेको देखिएकाले हिजो असार २६ गते बसेको पी.वी.को वैठकले वहाँहरु दुवैजनालाई अनिश्चितकालका लागि पार्टी सदस्यताबाट निस्काशित गर्ने निर्णय गरेको छ। 
यस सन्दर्भमा हामीले सुरुमा नै एउटा कुरा स्पष्ट गर्न चाहन्छौं। सामान्यतः पार्टीको कुनै सदस्यका विरुद्ध कुनै कारवाही गर्दा वास्तविक नाम वा कारवाहीलाई सार्वजनिक गर्ने प्रचलन हुन्न। कुनै पार्टी सदस्यका बाहिर गएका पार्टी नीतिका विरुद्धका विचारहरुलाई सार्वजनिक रुपले आलोचना गर्ने गरिन्छ। तर त्यसो गर्दा वास्तविक नाम खुला गर्ने गरिन्न। त्यही नियम अनुसार पहिले उहाँहरुको वास्तविक नाम नखोलिकन दुवै जनाको भिन्न मत सम्बन्धि प्रस्तावमा उल्लेखित पार्टीका नीतिहरुसित मेल नखाने विचारहरुको सार्वजनकि रुपले आलोचना गरिएको थियो। त्यसो गर्दा वहाँहरुका विरुद्ध कारवाही भएको कुरा समेत सार्वजनिक गरिएको थिएन। तर यही असार १८ गते सम्पन्न एउटा पत्रकार सम्मेलनमा आचार्यले र अन्य कतिपय संचार माध्यमहरुलाई दिएका अन्तरवार्ताहरुमा दुवै जनाले आफूहरु मसालको पी.वी. वा केन्द्रीय समितिमा रहेको तथा दुवैजनामाथि भएका कारवाहीहरुलाई सार्वजनिक गर्ने काम गरेकाले वहाँहरुको वास्तविक नामको उल्लेख गरेर वहाँहरुका विरुद्धको कारवाहीलाई गोप्य राख्नु आवश्यक देखिएन । त्यसैले पी.वी.ले वहाँहरुको वास्तविक नाम र कारवाहीलाई समेत सार्वजनिक गर्ने निर्णय गरेको छ।
हाम्रो पार्टीमा पार्टी सदस्यहरुलाई आफ्ना मतभेदलाई प्रकट गर्ने वा अन्तरसंघर्ष संचालन गर्ने अधिकार हुन्छ। तर त्यो कार्य पार्टीका संगठनात्मक सिद्धान्त, विधान र नियमहरुद्वारा निर्धारित प्रक्रिया वा विधिअनुसार हुनुपर्दछ। तर आचार्य र न्यौपानेले निर्धारित प्रक्रिया र विधिको उल्लंघन गरेर पटक पटकको चेतावनी वा कारवाही पछि पनि अनियन्त्रित र खुला प्रकारले आफ्ना मतभेद वा गुटवन्दी गर्ने कार्य बढाउँदै लगेकाले वहाँहरुलाई अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निस्काशित गर्नु अनिवार्य हुन गयो। 
माओवादीहरुले लामो समयदेखि देशव्यापी रुपमा र खुला रुपले नै वहाँहरु दुवै जना आफ्नो संगठनमा सामेल हुने कुरा प्रचार गर्दै आएका छन्। तर उनीहरुद्वारा (माओवादीहरुद्वारा) गरिएको त्यसप्रकारको प्रचारका लागि उहाँहरुलाई दोषि वा जिम्मेवार ठहराउने, उहाँहरुबाट कुनै स्पष्टिकरण लिने वा कारवाही गर्ने कार्य गरिएको थिएन। तर उहाँहरुले पार्टीको निर्धारित प्रक्रिया र विधिको उल्लंघन गरेर आफ्ना भिन्न मत आफ्नो सम्बन्धित समितिभन्दा तलसम्म वा सार्वजनिक रुपले नै तलसम्म लैजान थालेकाले तथा गुटवन्दी गर्न थालेकाले उहाँहरुबाट स्पष्टिकरण लिने र कारवाही गर्ने प्रक्रिया अगाडि बढाउँदै लैजानु आवश्यक हुन गयो। आचार्य र न्यौपानेले पार्टीका स्वीकृत नीतिहरुको विरोध गर्दै गएको कुरा आम रुपमा थाहा भएको कुरा हो। त्यो क्रममा उहाँहरुद्वारा माओवादीहरुका सामाजिक फासिवादी प्रकारको गतिविधिहरु र स्वयं हाम्रा समर्थकहरु माथिका उनीहरुका हिंसात्मक आक्रमणका विरुद्धका हाम्रा भन्डाफोर र संघर्षका नीतिको विरोध गर्ने तथा पार्टीको संघीयताका विरुद्धको संघर्षको नीतिको विरोध गर्ने समेत कामहरु भएका छन्। त्यस सिलसिलामा उहाँहरुका विचारहरुमा कति छिटोछिटो परिवर्तन हुने गरेको छ? त्यो कुरा संघीयताका सन्दर्भमा आचार्यले प्रकट गरेका विचारहरुबाट कुनै शंका रहन्न। उहाँहरु दुवै जनाको भिन्नमत सम्बन्धि प्रस्ताव पार्टी अनुशासन र गोप्यताको उल्लंघन गरेर उहाँहरुले वितरण गर्ने काम गर्नुभएको थियो पछि त्यो प्रस्ताव सञ्चार माध्यमद्वारा पहिले नै सार्वजनिक पनि भएको थियो। त्यसपछि त्यसलाई गोप्य राख्नु आवश्यक रहेको थिएन र  हाम्रँे पार्टीले समेत त्यसलाई सार्वजनिक गर्दै खुला रुपले त्यसको आलोचना पनि गरेको थियो। त्यो भिन्नमत सम्बन्धित प्रस्तावमा लेखिएको छ :  हामीले आफ्ना दस्तावेजहरुमा संघीयता सिधै राष्ट्रियतासित जोडिएको बताउँदै त्यसलाई लागू गरिएमा देशको राष्ट्रियता, सार्वभौमिकता र अखन्डता समेत खन्डित हुने बताउँदै आएका छौं। त्यस सिलसिलामा पार्टी नेतृत्वको आलोचना गर्दै त्यसमा लेखिएको छ, ०६५ असोज १२ र २०६६ बैशाख ५ देखि १५ गतेसम्मको काठमाडौं केन्द्रित आन्दोलनले तयार पारेको आधारमाथि टेकेर हामी निर्णायक संघर्षको दिशातिर अगाडि बढेका छैनौं। त्यसपछि संघीयताका विरुद्धको आन्दोलनलाई उँचाई उठाउनुपर्ने आवश्यकतामा जोड दिंदै त्यसमा अगाडि लेखिएको छ आगामी दिनमा संघीयता विरोधी आन्दोलाई उँचाईमा उठाउन प्रयत्न गरिनुपर्दछ। त्यो प्रस्तावमा संघीयताको विरुद्धको आन्दोलनलाई उँचाईमा उठाउनु पर्ने आवश्यकतामा त्यति धेरै जोड दिइएको भएपनि आषाढ १८ गतेको पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको प्रेस विज्ञप्तिमा संघीयताको विरोधको विचारलाई पूरै हटाइएको छ। पछि एउटा साप्ताहिकलाई दिइएको अन्तरवार्तामा संघीयता सम्बन्धी उहाँको विचारमा गुणात्मक फड्को आएको छ।  त्यसमा भनिएको छ :  संघीयतालाई तिलाञ्जली दिएर अगाडि बढ्न सम्भव छैन।... संघीयता हुँदै राष्ट्रियता खतरामा पर्छ भन्ने कुराको आधारमा संघीयताको विपक्षमा उभिनु गलत छ।....... त्यसैले अहिलेको सन्दर्भमा संघीयतामा जानु हुँदैन भन्नेमा हामी छैनौं। (जनएकता साप्ताहिक, असार २१२७ गते) यो शोचाइ पहिलेको पार्टीको मात्र होइन, स्वयं आचार्यको शोचाइमा पनि भएको आकाशपातालको उलटफेर भएको कुरामा कुनै शंका रहन्न। त्यसबाट दुईवटा कुरा प्रष्ट हुन्छ :  प्रथम, उहाँहरुले माओवादीको संघीयता सम्बन्धी नीतिअनुरुप आफ्ना सोंचाईहरुलाई ढाल्न नै आफ्ना पूर्व विचारहरुमा आमूल परिवर्तन गर्नुभएको छ। द्वितीय, उहाँहरुको सम्पूर्ण सोंचाई कुनै सिद्धान्त वा नीतिमाथि आधारित छैन र त्यो सम्पूर्ण रुपले अवसरवादी प्रकारको छ। त्यसबारे का. न्यौपानेलाई सम्पर्क गर्दा उहाँले आचार्यको सबै शोचाइ र गतिविधिसित आफ्नो पूर्ण सहमति भएको कुरा बताउनु भएको छ।
आचार्य र न्यौपाने दुवै जनाले उहाँहरु भिन्नमत राखेकोले उहाँहरुमाथि कारवाही गरिएको र उहाँहरुलाई अन्यायपूर्वक पार्टीबाट हटाइएको भनेर व्यापक प्रचार गरिरहनु भएको छ। तर त्यस सन्दर्भमा उहाँहरुले पार्टीका संगठनात्मक सिद्धान्त, विधान वा नियमहरुको व्यापकरुपले उल्लंघन गरेको, गुटबन्दी गरेको तथा स्वयं उहाँहरु समेतको स्वीकारोक्तिका आधारमा उहाँहरुमाथि कारवाही गरिएको कुरालाई प्रकाशमा ल्याउने गर्नुभएको छैन। तर पार्टीको संगठनात्मक प्रणाली र अनुशासनबारे सामान्य पनि जानकारी भएको व्यक्तिबाट यो लुकेको कुरा होइन कि उहाँहरुले जुनप्रकारको गुटबन्दी र अनुशासनविहीन कारवाही गर्नुभयो, त्यो अवस्थामा उहाँहरु माथि जुन कारवाही गरियो त्यो स्वभाविक र न्यायपूर्ण कुरा हो। 
उहाँहरुले आफ्ना साथमा हजारौं कार्यकर्ताहरु भएको प्रचार गरिरहनु भएको छ। तर वास्तविकता यो हो कि पार्टीको केन्द्रीय समितिमा उहाँहरुलाई अन्य एकजना पनि केन्द्रीय सदस्यको समर्थन छैन, पार्टी, वैधानिक मोर्चा वा जनवर्गीय संगठनहरुको कुनै एउटा जिल्लासमितिको पनि उहाँहरुलाई समर्थन प्राप्त छैन र मोर्चा वा जनवर्गीय संगठनहरुका कुनै पनि केन्द्रीय समितिहरुले उहाँहरुका अनुशासनविहीन गतिविधिहरुको पूरै विरोध गरेका छन्। त्यसरी उहाँहरुले उहाँसित हजारौं कार्यकर्ताको समर्थन भएको कुराको जुन प्रचार गरिरहनुभएको छ, त्यो खालि मित्थ्या प्रचार मात्र हो। 
उहाँहरुका गुटबन्दी, अनुशासनविहीन वा फुटपरस्त सोंचाई वा गतिविधिका पछाडि कुन कारणले काम गरेको छ? त्यसबारे कुनै चर्चागर्नेपट्टि हामी लाग्दैनौं। माओवादीहरुले, जस्तो कि माथि पनि उल्लेख गरियो, उहाँहरु दुवैजनाले त्यो संगठनभित्र सामेल हुने कुराको व्यापक प्रचार गरिरहेका छन्। तर आफ्नो भिन्नमत सम्बन्धि प्रस्तावमा माओवादीले तीब्र गतिमा दक्षिणपन्थी दिशामा छलांग लगाइरहेको विचार प्रकट गरेकाले उहाँहरुले त्यो संगठनमा सामेल हुने कुराले उहाँहरुका त्यो विचारसित मेल खान्न। तर संघीयताको प्रश्नमा समेत उहाँहरुको विचारमा भएको उलटफेरमाथि विचार गर्दा उहाँहरुको त्यो सोंचाईमा पनि आफूल परिवर्तन हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न। तर अन्तमा उहाँहरुको गुटबन्दी, अनुशासनविहीन तथा फुटपरस्त सोंचाई र गतिविधिको वास्तविक कारण के थियो र त्यसको के परिणाम हुनेछ? आगामी दिनमा त्यो कुरा प्रष्ट हुँदै जानेछ। जेहोस्, उहाँहरुका गुटबन्दी, अनुशासनविहीन तथा फुटपरस्त सोंचाई र गतिविधिहरुमाथि समयमा नै नियन्त्रण गरेर पार्टीले पार्टीको एकता, अनुशासन तथा पार्टीको सही सिद्धान्त र नीति माथि आधारित राजनीतिक भूमिकालाई कायम राख्न महत्वपूर्ण मद्दत पुगेको छ। अन्तमा पार्टी वा पार्टीका नजिकका मोर्चा वा जनवर्गीय संगठनहरुका नेता, कार्यकर्ता र समर्थकहरुको उच्चप्रकारको सतर्कता तथा सैद्धान्तिक र राजनीतिक चेतनाका आधारमा नै त्यस प्रकारको सफलता प्राप्त भएको कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौं।
 
२०६७ आषाढ २७ गते
 
(मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.