नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
हालै सम्पन्न ने.क.पा. (मसाल) को पी.वी.को बैठकले देशका अगाडि भएका तात्कालिक राजनीतिक समस्याहरु बारे विस्तृतरुपले छलफल गरेर तिनीहरुबारे तललेखिए अनुसार आफ्नो नीति निश्चित गरेको छ ।
प्रधानमन्त्रीको चुनावमा डा. बाबुराम भट्टराईलाई समर्थन गर्ने केन्द्रीय कार्यालयको निर्णयलाई पी.वी.को बैठकले अनुमोदन गरेको छ । माओवादीहरुसित हाम्रा कैयौं गम्भीर मतभेदहरु छन् र तिनीहरुबारे आवश्यकतानुसार हाम्रो संघर्ष कायम रहेन छ । तैपनि अहिले माओवादीहरुको केन्द्रीय समितिले सर्वसम्मतिले जनविद्रोहको कार्यदिशालाई स्थगित गरी शान्ति र संविधानको कार्यदिशालाई अगाडि बढाउने निर्णय गरेको तथा त्यस प्रकारको कार्यदिशाका पक्षमा डा. भट्टराईले लिदै आएको अडानमाथि विचार गर्दै उनलाई समर्थन गर्ने कार्यालयको निर्णयलाई पी.वी.ले सही भएको ठहर गरेको छ । तैपनि देशको राजनीतिक परिस्थिति, स्वयं माओवादी भित्रबाट नै भइरहेको विरोध तथा प्रतिपक्षका कतिपय राजनीतिक शक्तिहरुका देशको अगाडिका प्रमुख जिम्मेवारीहरुभन्दा अन्य गौण महत्वका विषयहरुमा बढी जोड दिने प्रवृत्तिहरुका कारणले शान्ति र संविधानका उद्देश्यहरु पूरा गर्न धेरै नै बाधा पुग्ने देखिन्छ । तैपनि  भट्टराई सरकारले त्यो दिशामा जुन हदसम्म प्रयत्न गर्नेछ, त्यो हदसम्म समर्थन गर्दै जाने हाम्रो नीति रहने छ ।
प्रधानमन्त्रीको चुनावका सन्दर्भमा माओवादीले मधेशवादी संगठनहरुसित गरेको चार बुँदे सहमतिलाई हाम्रो पार्टीले गम्भीररुपले आपत्तिजनक मान्दछ । हाम्रो पार्टीले त्यही बेला नै त्यसको विरोध गरेको थियो र अहिले पनि हाम्रो त्यो विरोध कायम छ । हाम्रो के मत छ भने अहिलेको ४ बुँदे समझदारी माओवादी, एमाले र ने.का.ले पहिलेदेखि अपनाउँदै आएका गलत नीतिहरुको नै निरन्तरता हो । अहिलेको ४ बुँदे सहमति माओवादी, एमाले र ने.का.को समर्थनमा भएको ८ बुँदे सहमति, माधव नेपालको सरकार बन्दा एमाले र ने.का.ले मधेशवादीहरुलाई ८ बुँदे सहमति कार्यान्वयन गर्न लिखितरुपमा प्रकट गरेको प्रतिवद्धता, भाद्र १४ गते संविधानसभाको म्याद बढाउँदा स्वीकृत ५ बुँदे सहमतिको ३ नं. बुँदा आदि समेतको निरन्तरता हो । हामीले बारम्बार यो कुरामा पनि जोड दिंदै आएका थियौं कि माओवादी लडाकूहरुलाई नेपाली सेनामा सानो वा ठूलो जुन संख्यामा भए पनि समुहगत रुपमा नेपाली सेनामा समायोजन गर्ने कार्यले मधेशवादी सहित अन्य पक्षहरुलाई पनि समुहगत रुपमा नेपाली सेनामा समायोजन गर्ने स्थितिको सिर्जना हुनेछ ।
अहिले मधेशवादी शक्तिहरुसित भएको ४ बुँदे सहमति देशका कतिपय प्रमुख राजनीतिक शक्तिहरुले अपनाउँदै आएका गलत नीतिहरुको परिणाम हो र भविष्यमा त्यसका अरु कैयौं गम्भीर परिणामहरु हुनेछन् । हामीले बारम्बार यो मत प्रकट गर्दै आएका छौं कि राष्ट्रिय राजनीतिक शक्तिहरु सत्ताको संघर्षमा गम्भीररुपले विभाजित भएकोले नै मधेशवादी शक्तिहरुले फाइदा उठाउने गरेका छन् । त्यसैले सबै राष्ट्रिय राजनीतिक शक्तिहरुका बीचको ऐक्यवद्धताद्वारा नै मधेशवादीहरुका तर्फबाट सम्भावित खतराको सामना गर्न सकिने छ र त्यसका लागि हामीले सम्बन्धित सबै राजनीतिक शक्तिहरुसित अपील गर्दछौं ।
अहिले शान्ति र संविधानका सन्दर्भमा कुन पहिले भन्ने विवादले पनि शान्ति प्रक्रिया र संविधानको निर्माणमा बाधा पुगिरहेको छ । हाम्रो पार्टीले ती दुई मध्ये कुन पहिले भन्ने विवाद उठाइ शान्ति र संविधानको काममा बाधा पुयाउनुलाई गलत ठान्दछ र आपसमा सहमति, समझदारी कायम गरेर तोकिएको अवधिमा शान्ति र संविधानको समस्या हल हुनुपर्दछ भन्ने हाम्रो पार्टीको मत छ ।
सरकारले सशस्त्र द्वन्द्वका बेलाका सबै मुद्दाहरु फिर्ता लिने र आम माफी दिने कुरा उठिरहेको छ । हाम्रो पार्टीले राजनीतिक प्रकृतिका सबै मुद्दाहरु फिर्ता गर्नुपर्ने र आम माफि दिनुपर्ने आवश्यकतामा जोड दिन्छ । तर त्यो बेला माओवादी वा सुरक्षा निकायका तर्फबाट जनसाधारण र मानवताका विरुद्धका अपराधसित सम्बन्धित मुद्दाहरु फिर्ता लिने र आम माफी दिने कार्यको हाम्रो पार्टीले विरोध गर्दछ । त्यसका साथै हाम्रो पार्टीले अहिलेसम्म त्यस्ता विषयहरुमा मुद्दाहरु दर्ता नभएको भएपनि निष्पक्ष र उच्चस्तरीय छानवीन गरेर त्यस प्रकारका अपराधहरुसित सम्बन्धित माओवादी वा सुरक्षा निकायसित सम्बन्धित व्यक्तिहरुलाई अपराध अनुसार कारवाही गर्न ठोस पहल गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
देशमा केही समय यता उजागर भएका तथ्यहरुबाट प्रशासन वा प्रहरीका कैयौं क्षेत्रहरुमा व्यापक रुपले भ्रष्टाचार व्याप्त भएको तथा खाद्यान्नमा गम्भीर रुपले मिलावट भएको वास्तविकता बाहिर आएको छ । यो बुझ्न गाह्रो पर्दैन कि त्यस प्रकारको भ्रष्टाचार वा मिसावट बारे अहिलेसम्म जेजति तथ्यहरु बाहिर आएका छन्, त्योभन्दा कैयौं गुणा बढी छ । त्यसैले उक्त दिशामा छानवीन कारवाही वा नियन्त्रणका लागि विभिन्न निकायहरुबाट उठाइएका कदमहरुको स्वागत गर्दै हाम्रो पार्टीले अरु प्रभावशाली कारवाहीको माग गर्दछ । अहिले देशमा अनियन्त्रित रुपले बढिरहेको महंगीका कारणले पनि जनजीवन धेरै त्रस्त्र नै भएको छ । त्यसबारे पनि प्रभावशाली कदम उठाउन हाम्रो पार्टीले सरकारसित माग गर्दछ ।

मिति ः २०६८ असोज १

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.