नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

अहिले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक तुरुन्त फिर्ता गर्नका लागि ने.क.पा. (मसाल)ले सरकारसित माग गर्दछ । उक्त विधेयक संविधानको मूल अवधारणाका विरुद्ध त छ नै त्यसका साथै ५ नं. प्रदेशलाई जसरी टुक्राएर तराईमा बेग्लै प्रदेशको निर्माण गर्ने कोशिस गरिएको छ, त्यो पनि स्पष्ट रूपले राष्ट्रघाती कार्य हो र त्यसका दीर्घकालिन दुष्परिणामहरू हुनेछन् ।
हामीले पहिले नै यो स्पष्ट गरेका थियौँ कि ५ नं. प्रदेशलाई टुक्राएर नवलपरासीदेखि बर्दियासम्मका मधेश प्रवेशको निर्माण गरिए पनि त्यसले मधेशवादीहरूको आवश्यकतालाई पूरा गर्ने छैन र सरकारको त्यो प्रयत्न बालुवामा पानी हालेजस्तै हुनेछ । अहिले व्यवहारले त्यो कुरा प्रष्ट पारेको छ । मधेशवादीहरूले त्यो संशोधन विधेयकबाट पनि उनीहरूको आवश्यकता पूरा नहुँने भन्दै सम्पूर्ण तराईमा मधेश प्रदेशहरूको निर्माण गर्नुपर्ने समेत कुरामा जोड दिएका छन्, त्यो संविधान संशोधन विधेयकलाई विरोध गर्दै त्यसलाई फिर्ता लिने समेत माग गर्न थालेका छन् । उक्त सबै कुराहरूमाथि ध्यान दिंदा उक्त विधेयकको कुनै औचित्यतता र उपयोगिता नभएको कुरा दिनको उज्यालो झै छलङ्ग भएको छ । त्यसले खाली अनावश्यक रूपमा देशमा तनाव र अस्थिरता पैदा गर्ने मात्र काम गरेको छ । त्यसैले त्यो विधेयकलाई फिर्ता लिनु नै सबैभन्दा सही र बुद्धिमत्तापूर्ण कार्य हुनेछ ।
सरकारले उक्त विधेयकलाई संसदमा दर्ता गराए पनि यसका लागि हामीले प्रचण्डलाई धन्यवाद दिन चाहन्छौँ कि उनले आफ्नो विधेयकमा मधेशवादीहरूका सबै मागहरू पूरा गर्ने किसिमबाट त्यो संशोधन विधेयकलाई प्रस्तुत गरेका छैनन् र त्यसले गर्दा नै मधेशवादीहरूले त्यसलाई विरोध गर्नुपर्ने स्थितिको सृजना भएको छ । त्यसले प्रचण्डमा अझै पनि देशभक्तिको केही भावना बाँकी रहेको र मधेशवादीका राष्ट्रघाती मागहरूका अगाडि पूरै आत्मसमर्पण गर्न तयार नभएको कुरालाई नै बताउँछ । हामीले यो कुरामा जोड दिन्छौँ कि त्यो भावनालाई पूरै मर्न दिन हुन्न र समयमा नै त्यसलाई बचाउने प्रयत्न गर्नुपर्दछ । वास्तवमा उनले भारतीय आड र ने.का.को समर्थनमा जुन गठबन्धनको सरकार गठन गरे, त्यो नै अत्यन्त घातक र अदुरदर्शीतापूर्ण कार्य थियो । त्यसैको परिणामस्वरूप नै स्थितिले झन्‌पछि झन् गम्भीर र स्वयं उनीहरूका लागि पनि आत्मघातीरूप दिंदै गइरहेको छ । त्यो अवस्थामा उनले गरेका गल्तिहरूलाई सच्चाउनका लागि समयमा नै ठोस र निर्णयात्मक कदम उठाउनु वा स्वयं उनले बारम्बार भन्ने गरेजस्तो “क्रमभङ्गता”को कदम उठाउनका लागि हाम्रो पार्टीले उनलाई मैत्रीपूर्ण सल्लाह दिन्छ ।
५ नं. प्रदेशमा सरकारको राष्ट्रघाती संशोधन विधेयका विरुद्ध जुन व्यापक जनआन्दोलन उठिरहेको छ, त्यसको ने.क.पा. (मसाल)ले हार्दिक स्वागत गर्दै त्यस प्रति ऐक्यवद्धता प्रकट गर्दछ । यो खुशीको कुरा हो कि खालि प्रतिपक्षका मात्र होइन सत्ता पक्षका राजनीतिक दल वा सङ्गठनहरूका नेता, कार्यकर्ता वा सांसदहरू पनि त्यो विधेयकका विरुद्ध अगाडि आएका छन् । त्यो सही कार्य हो र उनीहरूले त्यसो गर्नुपर्दथ्यो । वास्तवमा त्यो विधेयकका जुन दुरगामी राजनीतिक र व्यवहारिक समेत दुष्परिणाम हुनेछन् त्यसप्रति दुरदशीतापूर्वक विचार गरेर त्यो विधेयकलाई पराजित गर्न संसदभित्र वा बाहिर पूरा शक्ति लगाउनु नै आजको राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि हामीले सबै राजनीतिक शक्ति, सङ्घ–संस्था, व्यक्तित्व र सम्पूर्ण जनतासित अपील गर्दछौँ ।

मिति ः २०७३ मंसिर १७ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.