नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



नेकपामाओवादीले हाम्रो पार्टीका समर्थक उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि देशव्यापी रूपमा चेतावनी दिएर पत्रहरू पठाएको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीले प्रारम्भदेखि नै माओवादी साथीहरूसित संविधान सभाको चुनावप्रति सकारात्मक दृष्टिकोण अपनाउन र त्यसलाई सहयोग गर्नका लागि अनुरोध गर्दै आएको थियो र अहिले पनि हामी त्यो कुरामा जोड दिन्छौ । अहिले देशमा विद्यमान अन्योल र अनिश्चयता तथा निर्दलीय सरकारको अन्तका लागि संविधान सभाको चुनाव नै तत्कालको लागि सबैभन्दा उपयुक्त निकास हो । त्यसबाट अर्थात् संविधान सभाको चुनावबाट लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्नका लागि मद्दत पुग्नेछ । संविधान सभाको चुनाव असफल भयो भने पुनः संविधान सभाको तेस्रो चुनाव सही हुने छैन र त्यो सम्भव पनि हुने छैन । त्यो अवस्थामा देशमा गम्भीर प्रकारको राजनैतिक सङ्कट उत्पन्न हुने, देश प्रतिगमनतिर जाने, असफल राष्ट्र घोषित हुने वा देशमा चरम प्रकारको अराजकताको स्थिति उत्पन्न हुने समेत सम्भावना रहनेछ । त्यो स्थितिमा अग्रगामी परिवर्तन वा क्रान्तिकारी आन्दोलन अगाडि बढाउनका लागि पनि गम्भीर प्रकारको प्रतिकुल स्थिति उत्पन्न हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसैेले हाम्रो पार्टीले माओवादीहरूसित संविधान सभाको चुनावप्रति सकारात्मक दृष्टिकोण अपनाउन र त्यसलाई सफल पार्न सहयोग गर्न पुनः अपिल गर्दछ ।
माओवादीहरूले हाम्रा उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि सामान्य प्रकारले पत्र पठाएकोमा हामीले कुनै आपत्ति प्रकट गर्दैनौ । त्यो कार्यलाई हामीले उनीहरूको सामान्य प्रचारात्मक कार्यको एउटा अङ्गको रूपमा नै लिएका छौ । तर त्यस सिलसिलामा उनीहरूले हाम्रा उम्मेदवार साथीहरू वा कार्यकर्ताहरूमाथि जोरजवरस्ती गर्ने वा हाम्रा शान्तिपूर्ण प्रचारात्मक कार्यहरूमाथि हस्तक्षेप वा आक्रमण गर्ने जस्तो कार्यप्रणाली अपनाएमा हामीले त्यस प्रकारका कार्वाहीहरूलाई गम्भीर रूपमा लिनेछौ । त्यस प्रकारको कार्वाही शत्रुतापूर्ण कार्वाही हुनेछ र हामीहरु त्यसको दृढतापूर्वक सामना गर्नका लागि बाध्य हुनेछौं । उनीहरुले राष्ट्रियता समेतका विषयमा अपनाएका कतिपय नीतिहरूलाई हामीले समर्थन गरेका छौ र त्यस प्रकारका कार्यहरूसित एक्यबद्धता पनि प्रकट गर्ने गरेका छौ । भविष्यमा पनि हाम्रो त्यो नीति कायम रहनेछ । तर संविधानसभाको चुनाव सम्बन्धी हाम्रा कार्यक्रमहरूमा कुनै पनि प्रकारको हस्तक्षेप वा आक्रमणले हाम्रा बीचमा रहदै आएको मैत्रीपूर्ण सम्बन्ध र ऐक्यबद्धतामा कुठराघात गर्नेछ । त्यसकारण त्यस प्रकारको कुनै नीति नअपनाउन वा कार्वाही नगर्न हाम्रो पार्टीले माओवादीहरूसित मैत्रीपूर्ण अनुरोध गर्दछ ।

मिति ः २०७० असोज २२ गते 

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.