नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


अन्ततः चार राजनीतिक शक्तिहरु प्रधानन्यायाधीशको नेतृत्वमा संविधानसभाको निर्वाचनका लागि सरकारको गठन गर्न सहमत भएका छन् र आज प्रधानन्यायाधीशले मन्त्रीपरिद्को अध्यको रुपमा सपथ लिंदैछन् वा यो वक्तव्य बाहिर जानेवेलासम्म सपथ लिई सक्नेछन् । त्यसप्रकारको सरकारको गठनको ने.क.पा. (मसाल) ले पहिलेदेखिनै विरोध गर्दै आएको छ । त्यसप्रकारको सरकारको गठनले एकातिर, बहुदलीय व्यवस्थाको आधारलाई नै कमजोर पार्नेछ भने, अर्कातिर, त्यो निर्णय शक्ति पृथकीकरणको सिद्धान्त तथा स्वतन्त्र न्यायपालीकाको अवधारणाको पनि विरुद्ध छ । त्यसका साथै त्यो सहमतीको क्रममा प्रचलित कानुन्का विरुद्ध जन्मसिद्ध नागरिकता पाएका व्यक्तिहरुका उनीहरुले नागरिकता पाउनुभन्दा पहिले जन्मेका सन्तानहरुलाई वंशजको नागरिकता दिने तथा सर्वोच्च अदालतको फैसलाका विरुद्ध नागरिक नभएका व्यक्तिहरुको नाम पनि मतदाता सूचीमा सामेल गर्ने जुन निर्णय भएको छ, त्यसबाट ठूलो संख्यामा भारतीयहरु नेपालको नागरिक वा मतदाता बन्ने र त्यसरी हाम्रो देश फिजी बन्ने गम्भीर खतरा भएको छ । त्यसप्रकारको प्रकृयाबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर आंच पुग्ने तथा एउटा स्वतन्त्र र सार्वभौम देशको रुपमा नेपालको अस्थित्व नै समाप्त हुने सम्भावना रहनेछ । त्यसकारण हाम्रो पार्टीले त्यो सम्पूर्ण घटनाक्रमलाई गम्भीर रुपमा लिन्छ र त्यसप्रति कडा आपत्ति प्रकट गर्दछ । 
अहिले चार राजनीतिक शक्तिहरुको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय उनीहरुमा भएको गम्भीर प्रकारको अवसरवादीता, अदूरदर्शीता र राजनैतिक दिवालीयापनको पनि धोतक हो । त्यसमा पनि खास गरेर एमाओवादी सबैभन्दा बढी जिम्मेवार छ, जसले राष्ट्रिय सहमतीको सरकारको निर्माणमा बाधा पुयाएकोेले नै अहिलेको अवान्छित स्थिति सृजना भएको हो । उनीहरुको त्यसप्रकारको चरित्र र कार्यप्रणालीका कारणले संविधानसभाको चुनाव भयो भने पनि अहिलेको अवस्थाको पूनारावृत्तिको सम्भावना रहनेछ । त्यसकारणले उनीहरुको त्यसप्रकारको भूमिकाका विरुद्ध व्यापक राजनीतिक चेतना पैदा गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशे जोड दिन्छ । 
न्यायाधीशलाई कार्यपालीकाको प्रमुख बनाउने कार्यकाविरुद्ध आज हाम्रो पार्टीले उक्त वियमा समान विचार राख्ने अन्य राजनीतिक दल वा संगठनहरु सित मिलेर देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसप्रकारको अहिलेको सम्पूर्ण घटनाक्रम र स्थितीबारे छिटै पार्टीको पी.वी.को बैठक बसेर आवश्यक नीति र कार्यक्रम बनाउने छौं । 
अन्तमा हामीले यो कुराप्रति सम्पूर्ण जनताको ध्यानाकर्ित गराउन चाहन्छौं कि अहिले न्यायाधीशलाई प्रधानमन्त्री बनाउने तथा त्यो क्रममा नागरिकता र मतदाता सूची समेत बारे चार राजनीतिक दलहरु बीच जुनप्रकारको सहमती भएको छ, त्यो सामान्य कुरा होइन । त्यसका गम्भीर दूरगामी दुष्पपरिणामहरु हुनेछन् । त्यसकारण त्यसप्रति हामीले सम्पूर्ण देश र जनताको ध्यानाकर्ित गराउन चाहन्छौं । जनताको त्यसप्रकारको उच्च राजनीतिक जागरण र आन्दोलनको आधारमा नै हामीले देशलाई प्रतिगमन र राष्ट्रघातका खतराबाट बचाएर अग्रगमनको दिशामा अगाडि लैजान सक्नेछौं र सक्नु पर्दछ । 

मिति ः २०६९ चैत्र ०१ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.