नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल)को संविधानसभाको विघटनपछि तुरुन्तै बसेको केन्द्रीय समितिको बैठकदेखि नै लगातार राष्ट्रिय सहमतिको सरकारमा जोड दिंदै आएको कुरा आम रुपमा विदितै छ । त्यस प्रकारको सरकार बनेपछि नै त्यसले चुनावको घोषणा गर्नेछ । त्यो सरकारको सिफारिसमा नै संविधानको बाधा अडकाउ फुकाउने व्यवस्था अनुसार राष्ट्रपतिद्वारा अध्यादेशहरु जारी गरेर संविधान वा कानूनमा निर्वाचन सम्बन्धी आवश्यक संशोधनहरु गर्नु, त्यो सरकारको मातहतमा नै निर्वाचन सम्पन्न गर्नु नै संवैधानिक कार्य हुनेछ भनेर हामीले लगातार नै आफ्नो मत व्यक्त गर्दै आएका छौं । तर वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकारभन्दा पहिले संविधानका अन्तरवस्तु वा विवादित प्रश्नहरुमा सहमतिको प्रश्न उठाएर वास्तवमा वर्तमान सरकारलाई अनिश्चित कालसम्म राख्ने वा आफ्नो अधिनायकवादी शासन कायम गर्ने नीति अपनाउदै आएको कुरा प्रष्ट छ । सरकारको त्यस प्रकारको नीति वास्तवमा राष्ट्रिय सहमतिका लागि ढोका बन्दगर्ने नीति हो । सरकारले त्यस प्रकारको नीतिमा अडान लिइराखेमा त्यो स्थितिमा निकासका लागि जनआन्दोलन वा तेस्रो जनआन्दोलन बाहेक अर्को विकल्प छैन भन्ने कुरा पनि संविधानसभाको विघटनपछि तुरुन्तै बसेको हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले स्पष्ट गरेको थियो ।
तर तत्काल देशमा सशक्त जनआन्दोलनको निर्माणका लागि कैयौं समस्या वा बाधाहरु भएको कुराप्रति पनि हाम्रो पार्टीको ध्यान छ । त्यस सम्बन्धी सबैभन्दा ठूलो समस्या के हो भने पहिलो (२०४६ साल) र दोस्रो (२०६२६३) को आन्दोलनमा सामेल भएका राजनीतिक शक्तिहरु विभाजित छन् । विपक्षमा भएका एमाले र ने.का.ले आन्दोलनबारे स्पष्ट र ठोस नीति लिन सकिरहेका छैनन् । नवगठित माओवादीले वर्तमान माओवादी सरकारका विरुद्धमा स्पष्ट अडान लिएको देखिन्छ । तर शान्ति, लोकतान्त्रिक संविधान र गणतन्त्र समेतका प्रश्नहरुमा उनीहरुले स्पष्ट नीति अपनाउन सकेका छैनन् । उक्त कारणहरुले तत्काल सशक्त जनआन्दोलनको निर्माणका लागि नीतिगत र व्यवहारिक दुवै दृष्टिकोणले धेरै नै समस्या भएको कुराको अन्दाज गर्न सकिन्छ । जनआन्दोलनका अगाडि भएका उपरोक्त वाधा र समस्याहरुका बाबजुद अहिले विपक्षमा भएका राजनीतिक शक्तिहरुले वर्तमान सरकारलाई विस्थापित गर्नका लागि जनआन्दोलनमा जाने जुन समझदारी बनाएका छन् त्यो स्वागत योग्य कुरा हो ।
माओवादीहरुले राष्ट्रिय सहमतिको सरकारको कुरा गरेपनि आफ्नो नेतृत्वमा मात्र त्यस प्रकारको सरकारको गठन गर्ने वा संविधानसभाको चुनावको कुरा गरे पनि आफ्नै नेतृत्वमा मात्र त्यस प्रकारको चुनाव सम्पन्न गर्ने जुन कुरा गरिरहेका छन्, त्यो अवस्थामा सशक्त जनआन्दोलन एउटा राष्ट्रिय आवश्यकता बनेको छ । पहिले प्रथम र दोस्रो जनआन्दोलनका बेलामा पनि बेग्ला बेग्लै पक्षहरुसित भएका हाम्रा मतभेदहरुका बाबजुद आन्दोलनको मूल मुद्दाका आधारमा आन्दोलनसित ऐक्यवद्धता गर्ने हाम्रो नीति रहेको थियो । अहिले पनि आन्दोलनका पक्षमा भएका बेग्ला बेग्लै राजनीतिक शक्तिहरुले हाम्रा बेग्लाबेग्लै मतभेदहरुका बाबजुद वर्तमान माओवादी वा भट्टराई सरकारलाई विस्थापित गरेर त्यसको ठाउमा राष्ट्रिय सहमतिको सरकारको गठन गर्ने मुद्दामा चल्ने आन्दोलनसित हाम्रो पार्टीले ऐक्यवद्धता कायम गर्ने कुरा स्पष्ट गर्न चाहन्छ ।

मिति ः २०६९ असोज ९ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.