नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
बागलुङमा तीन महिने अभियान सुरु

बागलुङमा तीन महिने अभियान सुरु
बागलुङ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउन राष्ट्रिय जनमोर्चा बागलुङले पहिलो चरणमा तीन महिने अभियान सुरु गरेको छ । मङ्सिर २९ र ३० गते राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा सम्पन्न सबै जनवर्गीय सङ्गठनहरूको संयुक्त भेलाले जिल्लाव्यापी प्रशिक्षण, भेला, बैठक तथा जन भेटघाटका कार्यक्रम तय गरेको राजमो जिल्ला सचिव धर्म कुँवरले जानकारी दिनु भयो ।
संयुक्त भेलाको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जनआन्दोलन र संविधान निर्माण गर्न एकताबद्ध भएका राजनीतिक दलहरू संविधान कार्वान्वयन गर्न पनि एकजुट हुनु पर्नेमा जोड दिनु भयो । “मुख्य राजनीतिक दलहरूको एकतालाई विभाजन गर्न विदेशी शक्तिहरू सफल भएका छन् ।” केसीले भन्नु भयो– “राजनीतिक दलहरूको एकतालाई खण्डित गरेर नै देशलाई खण्डित गर्न सकिन्छ भन्ने उनीहरूको योजना छ । अहिले मधेश र पहाडलाई अलग गर्ने षडयन्त्र पनि त्यसैको उपज हो ।” उहाँले प्रचण्डको काँधमा बन्दुक राखेर नेपालको सार्वभौमिकतामाथि प्रहार भई रहेको भन्दै आफ्नो ब्यक्तिगत स्वार्थका लागि प्रचण्डले देशलाई जुवाको दाउमा राखेको आरोप लगाउनु भयो । केसीले देशको सार्वभौमिकता र अखण्डता नेपाली जनताले मात्र रक्षा गर्न सक्ने भएकाले राष्ट्रघाती संविधान संसोधन प्रताव फिर्ता गर्न दबाब दिन जनता एकजुट हुनु पर्ने बताउनु भयो । 
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षतामा सम्पन्न संयुक्त भेलामा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राष्ट्रिय परिषद सदस्य कृष्ण थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राजको जिल्ला सल्लाहकार काजी गाउँले श्रेष्ठ र टङ्क बहादुर केसीले शुभकामना मन्तब्य राख्नु भएको थियो । भेलाको सञ्चालन लक्ष्मी बाँस्कोटा र स्वागत बेदीलाल सापकोटाले गर्नु भएको थियो । 
भेलाले पुष ११ गतेदेखि २७ गतेसम्म जिल्लाव्यापी प्रशिक्षण, माघ ४ गते शतवार्षिकी कार्यक्रमको बैठक, १० गते सबै इलाकाहरूको समीक्षा बैठक र माघ १५देखि फागुन १५सम्म घरदैलो, जनभेटघाट तथा सदस्यता बितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 
 जिल्लामा तीन वटा परिचालन समिति गठन गरी सुरु गरिएको प्रशिक्षण कार्यक्रम अन्तर्गत पौष ११ गते बागलुङ नगरपालिका, पैयुँपाटा र रिघा गाविस, पौष १२ गते भकुण्डे, अमलाचौर, दगातुमडाँडा, पौष १३ गते रायडाडा, नारायणस्थान, जलजला, पौष १४ गते रेस–कुश्मीसेरा, पाण्डपखानी, पौष १५ गते लेखानी, दमेक, सिसाखानी, पौष १६ गते बिहुँ, पैयुँ थन्थाप, रणसिंहकिटेनी, पौष १७ टङ्गराम, रर्कवा भिमगिठे, पौष १८ गते धम्जा, बिनामारे, दर्लिङ, पौष १९ गते अर्गल, अर्जेवा, राजपुत, पौष २० गते हिल जैदी, देवीस्थान, पौष २१ गते हरिचौर, बोहरागाउँ, २२ गते नरेथाती, राङखानी, निसी, पौष २३ गते दुदिलाभाटी, धुल्लु बासकोट, बोबाङ, पौष २४ हटिया हुदीशीर, अधिकारीचौर, २५ गते मल्म, बाटाकाचौर, बुर्तिवाङ, पौष २६ गते काडेबास, सल्यान सुखौरा, खुङ्गा, पौष २७ गते बोङ्गाोभानमा प्रशिक्षण सम्पन्न गरिने राजमो जिल्ला सचिव कुँवरले जानकारी दिनु भयो । 

विभिन्न पार्टी परित्याग गरी 
राष्ट्रिय जनमोर्चामा प्रवेश
डोटी । भुमिराजमाडौँ गाविसमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत डोटीमा माओवादी केन्द्र, एमाले र काङ्ग्रेस पार्टी परित्याग गरी आधा दर्जन नेता कार्यकर्ताहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । डोटीमा राजमोले सञ्चालन गरेको अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम अन्तर्गत एक हप्ताभरिमा भएका विभिन्न ठाउँका कार्यक्रमहरूमा उनीहरू राजमोमा प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्ने हरूमा माओवादी केन्द्रका मान बहादुर तिरुवा, जगत्रा भट्ट, खिमा भट्ट र तारानाथ भट्ट, एमालेका हरि भट्टराई, काङ्ग्रेसका नबराज भट्ट रहनु भएको छ । 
अभियानको क्रममा भुमिराजमाडौँका सबै वडाहरूमा अभियान सञ्चालन गरेको राजमोको टोलीले सदस्यता वितरण, पर्चा वितरण, घरदैलो, सङ्गठन निर्माण लगायतका कार्यक्रमहरू सञ्चालन भई रहेको राजमो डोटीले जनाएको छ । 
कार्यक्रमको उद्घाटन २०७३ पुष ४ गतेका दिन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले एक समारोहबीच गर्नु भयो । राजमो गाउँ कमिटिका अध्यक्ष तारासिंह बलायरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटिका सचिव वीर बहादुर बलायरले गर्नु भएको थियो भने समितिका सदस्य रामचन्द्र जोशीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा राजमो जिल्ला सचिव केशव नाथ योगी, सहसचिव डबल बोगटी, अखिल (छैटौँ) का जिल्ला अध्यक्ष डबल तिरुवा, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष प्रशान्त थापाले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो ।
अभियान सुरु भएपछि पुष ५ गते वडा नं १, २ र ३ का संयुक्त जनभेला खलीमा सम्पन्न भएको थियो । भेलामा राजमो केन्द्रीय सदस्य मनोज भट्टले समाजवादी अक्टोबर क्रान्तिको महत्वबारे प्रष्ट्याउँदै देशको समसामयिक राजनीतिको समीक्षा गर्नु भएको थियो । कार्यक्रममा एमालेका सक्रिय कार्यकर्ता श्याम खड्काले एमाले परित्याग गरी राजमोमा प्रवेश गर्नु भएकोे थियो भने सयौँ सर्वसाधारणले पनि राजमोको सदस्यता लिएको जिल्ला सदस्य उमाकान्त जोशीले जानकारी दिनु भएको छ ।
पौष ६ गते सिमलडोरामा राजमो जिल्ला सचिव केशव नाथ योगीको प्रमुख आतिथ्यतामा तथा भितारीमा जिल्ला सदस्य डबल तिरुवाको विशेष उपस्थितिमा आमभेला सम्पन्न भएको छ । 
पौष ७ गते थली, भातीगाउँ र चाकामा सम्पन्न संयुक्त आमभेलामा नेकपा माओवादी–केन्द्रका सक्रिय कार्यकर्ता डम्बर तिरुवाले राजमोको नीति तथा कार्यक्रम मन पराई सदस्यता लिनु भएको थियो । कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट र जिल्ला सदसय डबल तिरुवाको विशेष उपस्थिति रहेको थियो । सोही दिन भुजेल गाउँमा भएको आमभेलामा राजमो जिल्ला सदस्य उमाकान्त जोशी र तारा सिंह बलायरको पनि उपस्थिति रहेको थियो ।
पौष ८ गते कपल्लेकीको गुठिउरीमा सभा सम्पन्न भएको राजमो डोटीले जनाएको छ । राजमो गाउँ समिति उपाध्यक्ष पूर्ण बहादुर शाहीको अध्यक्षता तथा अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष प्रशान्त थापाको सञ्चालनमा अघि बढेको कार्यक्रमको प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य मनोज भट्ट हुनु हुन्थ्यो भने जिल्ला सदस्य डबल तिरुवाले पनि मन्तव्य राख्नु भएको थियो । गुठिउरीको दलित बस्तीमा राष्ट्रिय जनमोर्चाको पहलमा खानेपानीको योजना अघि बढेकोमा सो गाउँमा खुशियाली छाएको छ । गाउँका सयौँ सर्वसाधारणले आमसभामै राजमोको सदस्यता लिएका छन् । राजमोमा प्रवेश गर्ने सबैलाई प्रमुख अतिथि मनोज भट्टले अबिर लगाई सदस्यता प्रदान गर्नु भएको थियो । गाउँमा खानेपानी योजना सम्पन्न गर्न सांसद मीना पुनले सांसद विकास कोषबाट एक लाख ५० हजार रूपैया सहयोग गर्नु भएको थियो । 
पुष ९ गते राजमो डोटीले भुमिराजमाडौँ चौरमा र १० गते फल्लेरीमा आमभेला सम्पन्न गरेको छ । ती दुवै कार्यक्रममा राजमोका केन्द्रीय सदस्य मनोज भट्ट, जिल्ला सचिव केशव नाथ योगी, सदस्यहरू डवल तिरुवा र उमाकान्त जोशीको आतिथ्यता रहेको थियो । 

शतवार्षिकी प्रशिक्षण भेला सम्पन्न 
प्युठान । राष्ट्रिय जनमोर्चा, जिल्ला समिति प्युठानको २०७३ पुष १ र २ गते प्रशिक्षण भेला सम्पन्न भएको छ । चुजा एरियामा भएको प्रशिक्षण भेलामा ५८ जनाको सहभागिता रहेको थियो । राष्ट्रिय जनमोर्चा राप्ती–लुम्बिनी क्षेत्रका अध्यक्ष विदुर मल्लले दिनु भएको जानकारी अनुसार प्रशिक्षण भेलापछि उक्त एरियाभित्र पर्ने सम्पूर्ण गाविसहरूमा गाउँ स्तरीय कार्यक्रम तय गरिएको छ । 

शतवार्षिकी परिचालन समिति गठन
कञ्चनपुर । राजमोले रैकवारविचवा गाविसको शान्तिपुर गाउँमा भेला सम्पन्न भएको छ । २०७३ पौष ८ गते सम्पन्न सो भेलाले अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम परिचालन समिति समिति गठन गरेको छ । पदम दमाई संयोजक रहेको परिचालन समितिमा सह–संयोजक मानि पार्की र सदस्यहरूमा देवी नेपाली, सङ्गीता चौधरी, उद्धव विक, हरि विक, सुनिल ओड, हरि नाविक कमला पार्की, ममता विक, पार्वती ताम्राकार, भागरथी विक, ज्ञान विक, तारा विक, महामति पार्की, गङ्गा पार्की, कलावति पार्की, ज्ञाना पार्की, भीम पार्की, कलावती विक, रेवती विक, चन्द्र साउद, प्रकाश राना र मछलो राना रहनु भएको छ । 
भेलामा सुदूर पश्चिमका वरिष्ठ वामपन्थी नेता रामचन्द्र भट्ट, राजमो केन्द्रीय सदस्य राजाराम चौधरी, जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, जातीय समता समाजका महासचिव गोविन्द विक, राजमो जिल्ला सचिव राम बहादुर कार्की, राजमो जिल्ला सदस्य चक्र रैकाल समेतको उपस्थिति रहेको थियो । 
बाइसेबिचवामा पनि परिचालन समिति गठन
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पार्न राष्ट्रिय जनमोर्चा बाइसेबिचवा गाउँ परिचालन समिति गठन गरिएको छ । २०७३ पुष ७ गते सम्पन्न भेलाले राज बहादुर रानाको संयोजकत्वमा सम्पन्न भेलाले राजमो बाइसेबिचवा गाउँ परिचालन समिति गठन गरेको हो । समितिमा राज बहादुर रानाको संयोजकत्व रहनु भएको छ भने सह–संयोजकमा दशरथ सुवेदी, सदस्यमा केशव सुवेदी, चन्द्रलाल रेग्मी, दयाराम राना, कृष्ण ढकाल, बतासो राना, करन विक, दिपक विक, मेला राना, काली चरण राना, हप्पल राना, दर्जुन राना, कर्ण वडायक, फिरिया राना, राम बहादुर राना, दिनेश राना, र सुरेश ढकाल रहनु भएको छ ।
भेलामा राजमोका केन्द्रीय सदस्य मदन सेन वडायक, जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, जातीय समता समाजका महासचिव गोविन्द विक समेतको उपस्थित रहेको थियो । 
त्यसै गरी, कर्ण वडायकको संयोजकत्वमा र दशरथ सुवेदी, कृष्ण ढकाल, राजेश चौधरी र दिनेश राना रहेको आर्थिक समिति समेत गठन गरिएको छ । समितिले २०७३ पौष ८ गतेदेखि एक घर एक पर्चा अभियानको थालनी समेत गर्ने निर्णय गरेको छ । त्यसका साथै विभिन्न पार्टी परित्याग गरी आएका केदार राना लगायत दर्जनभन्दा बढी नयाँ सदस्यहरू समेत पार्टीमा प्रवेश गरेका थिए ।

कैलालीमा वडा समिति गठन
कैलाली । राष्ट्रिय जनमोर्चा, टीकापुर नगरपालिका वडा नम्बर ६ मुक्त कमैया शिविरमा वडा समिति गठन भएको छ । २०७३ पुष ९ गते सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो । 
 गोविन्द चौधरीको अध्यक्षतामा सम्पन्न भेलाले गठन गरेको समितिको उपाध्यक्षमा राज कुमार चौधरी, सचिव प्रसन्न चौधरी, सहसचिव जनक चौधरी र कोषाध्यक्ष विदेशनी चौधरी चयन हुनु भएको छ । समितिको सदस्यमा निरा चौधरी, राज कुमारी चौधरी, सबिता चौधरी र जुगलाल चौधरी रहनु भएको छ । यसै गरी, सल्लाहकारमा आशा चौधरी, भालभुते थारू र रिसिदेव चौधरी चयन हुनु भएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष दयाराम सञ्ज्याल, कोषाध्यक्ष मिलन शाही, सचिव केवल चौधरी र मलेसिया नेपाली एकता समाजका पूर्व केन्द्रीय अध्यक्ष तिलक परियारको समेत विशेष उपस्थिति रहेको राजमोका केन्द्रीय सचिवालय सदस्य नन्दराज भट्टले जानकारी दिनु भएको छ । 

प्रशिक्षणात्मक भेलाहरू सम्पन्न 
दाङ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको देशव्यापी महान् अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत दाङ देउखुरी एरिया नं. १ को गढवामा एक दिने प्रशिक्षणात्मक भेला २०७३ पौष ९ गते जनकल्याण प्रावि, बालखुटीमा सम्पन्न भएको छ ।
गाउँ कमिटीका अध्यक्ष दिनमणि आचार्यको सभापतित्वमा भएको भेलाको उद्घाटन प्रमुख अतिथि एवम् राजमोका पूर्व केन्द्रीय सल्लाहकार तथा मुख्य प्रशिक्षक सुरेश थापाले मैनबत्ती बालेर गर्नु भयो । रक्तिम सांस्कृतिक अभियानका जिल्ला कोषाध्यक्ष गोविन्द पन्थीको सञ्चालन, अखिल नेपाल किसान सङ्घका जिल्ला कोषाध्यक्ष डिल्लीराज खनालको स्वागत मन्तव्यबाट सुरु गरिएको भेलामा सहिदप्रति एक मिनेट मौनधारण गरिएको थियो । भेला उद्घाटन सत्रमा प्रमुख अतिथि सुरेश थापाले देशको वर्तमान समसामयिक राजनैतिक परिस्थिति र महान् अक्टोबर क्रान्तिको ऐतिहासिक महत्वका बारेमा बिचार राख्नु भएको थियो ।
भेलालाई राजमो दाङका सचिवालय सदस्य गुणनिधि शर्मा, एरिया नं. १ का इन्चार्ज महेश रिजाल, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य कपिल देव खनाल, अखिल नेपाल महिला सङ्घ एरिया नं. १ का सदस्य शिवा आचार्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य धर्मराज पन्थी, अखिल नेपाल युवक सङ्घका युवराज आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका जगदीश चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रशिक्षणात्मक भेलामा अखिल नेपाल बुद्धिजीवी सङ्घ दाङका जिल्ला कोषाध्यक्ष ठाकुर प्रसाद खनालले शतवार्षिकी कार्यक्रम अबधिभर अगुवाइ गर्नका लागि दिनमणि आचार्यको संयोजकत्वमा नौ सदस्यीय गाविस स्तरीय अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम मूल परिचालन कमिटी र विभिन्न वडाहरूलाई बिभाजन गरेर उपकमिटीहरू गठनको प्रस्ताव गर्नु भएको थियो । समितिको सदस्यहरूमा जगदीश चौधरी, शिवा आचार्य, नारायण पण्डित, लेखराज पण्डित, डिल्लीराज खनाल, कपिल देव खनाल र खुमानन्द पोख्रेल हुनु हुन्छ । त्यसैगरी उहाँले नौ वटै वडाभरि सदस्यता वितरण, प्रचार पम्प्लेटिङ, माइकिङ, भित्तेलेखन, कमिटी गठन, आर्थिक सङ्कलन, सभा, कोणसभा लगायतका कार्यहरू व्यवस्थापनका लागि ५ वटा उपसमितिहरू समेतको प्रस्ताव गर्नु भएको थियो, जसमा वडा नं. ५ मा खुमानन्द पोख्रेल संयोजक र सदस्यहरूमा दिनमणि आचार्य, भिम बहादुर थापा, युवराज आचार्य, वडा नं. ६, ८ र ९ मा संयोजक ऋषिराम पन्थी र सदस्यहरूमा ठाकुर प्रसाद खनाल, गुणनिधि शर्मा, जगदीश चौधरी, वडा नं. ३ र ७ मा संयोजक कपिल देव खनाल र सदस्यहरूमा दिपक यादव, भोजराज खनाल, तीर्थराम चौधरी र सुमित्रा खनाल, बिमला खनाल, वडा नं. १, २ मा संयोजक नारायण पण्डित र सदस्यहरूमा गोविन्द पन्थी र गुणाखर खनाल, वडा नं. ४ मा संयोजक डिल्लीराज खनाल, सदस्यहरूमा हर्कमणि आचार्य, शिवा आचार्य, नारायणी खनाल, थानेश्वर आचार्य, खड्क बहादुर जिसी र पोम नारायण आचार्य रहनु भएको प्रस्ताव भेलाले सर्वसम्मतिबाट पारित गरेको थियो । साथै कार्यक्रम प्रस्तोता खनालले पौष १५देखि ३० गतेसम्म सदस्यता नवीकरण, माघ महिनाभर आर्थिक सङ्कलन र त्यसपछि सदस्यता वितरण, प्रचार प्रसार लगायतका कार्यहरू समेतको कार्यक्रम रहेको प्रस्तावलाई सर्वसम्मतिबाट पारित भएको थियो ।
यसै गरी, अक्टोबर क्रान्तिकै शतवार्षिकी कार्यक्रम अन्तर्गत राजमो एरिया नं. २ को सिसहनियाँमा पनि पौष ९ गते नै प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । राजमो गाउँ कमिटीका अध्यक्ष माधव आचार्यको अध्यक्षता र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार काशिनाथ पोख्रेलको प्रमुख आतिथ्यतामा प्रशिक्षणात्मक भेला सम्पन्न भएको थियो । सहिदप्रति एक मिनेट मौनधारण गरी सुरु गरिएको भेलामा राजमो सिसहनियाँ गाउँ कमिटीका उपाध्यक्ष शोभाखर आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सञ्चालन सचिव ढुण्डीराज भट्टराईले गर्नु भएको थियो । भेलाले सदस्यता नवीकरण, सदस्यता वितरण, कमिटी गठन, पुर्नगठन, प्रचार प्रसार लगायतका कार्यहरूलाई वर्षभरि गरिने निर्णय गरेको भेलापछि सचिव ढुण्डीराज भट्टराईले बताउनु भयो ।
यसैबीच, पौष ९ गते नै अक्टोबर क्रान्तिको शतवार्षिकी अन्तर्गत अखिल नेपाल युवक सङ्घ, गढवा गाउँ कमिटीको भेला सम्पन्न भएको छ । युवराज आचार्यको अध्यक्षता र राजमो पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले युवराज आचार्यको अध्यक्षतामा १३ सदस्यीय गाउँ कमिटी गठन गरेको छ, जसको उपाध्यक्ष भिम बहादुर थापा, सचिव सरोज पन्थी, कोषाध्यक्ष माधव पन्थी र सदस्यहरूमा वामदेव पोख्रेल, सन्जित सिंह ठकुरी, बाबुराम खनाल, युवराज खनाल, जयपाल आचार्य, सीता कोइराला, तिला पन्थी, प्रमिला आचार्य (पोख्रेल) र हर्कमणि आचार्य रहनु भएको छ । त्यसै गरी सल्लाहकारमा ठाकुर प्रसाद खनाल, गुणनिधि शर्मा र दिनमणि आचार्य रहनु भएको छ । भेलामा राजमो एरिया नं. १ का इन्चार्ज महेश रिजाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला कोषाध्यक्ष ठाकुर प्रसाद खनाल, अखिल नेपाल महिला सङ्घका गाउँ कमिटी सदस्य बिमला खनाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

रिमगाउँ कमिटिको अध्यक्षमा जोशी
बैतडी । राष्ट्रिय जनमोर्चा रिमगाउँ समितिको अध्यक्षमा कुलमणि जोशी चयन हुनुभएको छ । ढिलोगरि प्राप्त समाचार अनुसार २०७३ मङ्सिर १८ गते अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम बैतडी संयोजक वीरेन्द्र भण्डारीको विशेष उपस्थितिमा सम्पन्न भएको भेलाले राजमोको रीम गाउँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दल बहादुर चन्द, सचिवमा धनिराम भुल, कोषाध्यक्षमा लोकेन्द्र भण्डारी र सदस्यहरूमा हिरा जोशी, कृष्ण भुल, बहादुर चन्द, धनबिरे भुल, खुइरे भुल तथा सल्लाहकारहरूमा सोभान सिंह भण्डारी र गणेश राज भुल चयन हुनु भएको छ । 
यसै गरी, रौलेश्वरमा सम्पन्न भेलाले राजमो रौलेश्वर गाउँ समिति गठन गरेको छ । भेलाले समितिको अध्यक्षमा गणेश मडलाई चयन गरेको छ भने सचिव र कोषाध्यक्षमा क्रमशः कलावति विष्ट र जय बहादुर विष्ट चयन हुनु भएको छ । सदस्यहरूमा रघुनाथ भट्ट, राजेश विष्ट, सुरेन्द्र मडै, चन्द्रा चन्द, कृष्ण दमाई र रिउले लुहार रहनु भएको छ । भेलामा अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम बैतडी संयोजक वीरेन्द्र भण्डारी, राजमो जिल्ला अध्यक्ष अर्जुन मडै, जिल्ला सदस्यहरू ज्ञान बहादुर लामा, मान बहादुर गुरुङ, सल्लाहकार टेकेन्द्र बोगटीको विशेष उपस्थिति रहेको थियो । 

५ नम्बर एरियामा प्रशिक्षण भेला सम्पन्न
दाङ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा एरिया नं. ५ को आयोजनामा प्रशिक्षण भेला २०७३ पौष ९ गते नै सम्पन्न भएको छ । एरिया अध्यक्ष शुशील पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले रूसमा भएको अक्टोबर क्रान्तिको एक सय वर्ष पुरा हुँदै गर्दा यो क्रान्तिको महत्व संसारभर बढेको बताउनु भयो । संसारमा पहिलो पटक समाजवाद स्थापना माक्र्सवादको व्यावहारिक प्रयोगस्वरूप रूसमा भएको वताउँदै प्रवक्ता भण्डारीले संसारमा समाजवादको पुनः स्थापना गर्नका लागि अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्नु पर्ने आवश्यक्ता औँल्याउनु भयो । 
जिल्ला सचिव शिव पौडेलको सञ्चालन र एरिया सदस्य पिताम्बर पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको सो भेलामा राष्ट्रिय जनमोर्चा दाङका कोषाध्यक्ष ऋषिराम पौडेल र राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य शुक्रराज भण्डारी र विष्णु बहादुर केसीले पनि मन्तब्य राख्नु भएको थियो ।

कास्कीमा शतवार्षिकी कार्यक्रम निरन्तर 
कास्की । राष्ट्रिय जनमोर्चा, कास्कीका उपाध्यक्ष तथा केन्द्रीय सदस्य चन्द्र बहादुर केसी, गणेश अधिकारी, तम बहादुर रोका, गङ्गा बहादुर थापा, लोकेन्द्र कुँवर, अर्जुन शर्मा, कृष्ण कार्की, विमल पाण्डे समेतको टोलीले २०७३ पौष ४ र ५ गते पोखरा २७ हेम्जामा घरदैलो अभियान अन्तर्गत पर्चा वितरण, छलफल, अन्तक्र्रिया कार्यक्रमका साथै सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त टोलीले पौष ६ गते छाचोकमा गाउँ कमिटि गठन गरेको छ । उक्त गाउँ कमिटीमा अध्यक्ष, उपाध्यक्ष्ँ, कोषाध्यक्ष क्रमशः चित्र बहादुर कार्की, सुभाष कार्की र सदयहरूमा खरिका कार्की, जमुना कार्की, नारायण कार्की र रमेश कार्की रहनु भएको छ । त्यसै गरी, उक्त टोलीले पौष ७ गते पोखरा २९ हेम्जामा घरदैलो अभियानका साथ व्यापक सदस्यता वितरण गरेको छ ।
पौष ८ गते उक्त टोलीले पुरनचौर गाविसमा कोणसभा गर्‍यो । उक्त कोणसभामा राजमो कास्कीका उपाध्यक्ष चन्द्र बहादुर केसी, अखिल (छैठौँ) का गणेश अधिकारी, अर्जुन शर्मा लगायत अतिथिहरूको सहभागिता रहेको थियो ।
पौष ६ गते राष्ट्रिय जनमोर्चाका गण्डकी–धौलागिरी अध्यक्ष शङ्कर शराल, अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसी, गिर बहादुर कुँवर समेतको टोलीले पोखरा १८ छिनेडाँडामा पर्चा वितरण गर्नुका साथै छलफल अन्तक्र्रिया घरदैलो कार्यक्रम सम्पन्न गर्‍यो ।
त्यसै गरी, उक्त टोलीले पौष ८ गते पोखरा १५, नयाँगाउँमा सदस्यता वितरण गर्नुका साथै घरदैलो कार्यक्रम सम्पन्न गर्‍यो । पौष १० गते शङ्कर बराल, चन्द्र बहादुर केसी, खड्ग गुरुङ समेतको टोलीले लेखनाथको वडा नं. ७, ८, ९ मा पर्चा वितरण, घरदैलो अभियानका साथ व्यापक सदस्यता अभियान सञ्चालन गरेको थियो । 
भेरी–कर्णाली परिचालन समितिमा प्यासी
सुर्खेत । अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम सम्पन्न गर्न भेरी कर्णाली क्षेत्रमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्न विक्रम प्यासी रानाको संयोजकत्वमा संयुक्त परिचालन समिति गठन गरिएको छ ।
 २०७३ मङ्सिर २६ गते सुर्खेतमा सम्पन्न विभिन्न जनवर्गीय ंसङ्गठनहरूको संयुक्त भेलाले क्षेत्रीय परिचालन समिति गठन गरेको हो । परिचालन समितिका सदस्यहरूमा बिद्यार्थी मोर्चाबाट लक्ष्मी प्रसाद रेग्मी, महिला मोर्चाबाट कृष्णा रावल, किसानबाट कमल खनाल, युवकबाट कमल शाही, समताबाट लाल बहादुर नेपाली, जनजातिबाट लोक बहादुर राना, सांस्कृतिक मोर्चाबाट लाल बहादुर भण्डारी, मजदुर मोर्चाबाट हिरा विक, शिक्षकबाट पूर्ण शाही र उद्योगी–व्यापारीहरूबाट परशु राम लामिछाने चयन हुनु भएको छ । 
यता, सुर्खेतकै लेखफर्सामा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भक्त बहादुर ज्ञानी मगरको अध्यक्षता तथा धन बहादुर पुन मगरको सञ्चालमा सम्पन्न कार्यक्रमा प्रेम बहादुर ठाडा मगरले स्वागत गर्नु भएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य रत्न विक्रम प्यासी, जिल्ला सल्लाहकार मोहन थापा, वामपन्थी नेता मोती प्रसाद मिदुन, जातीय समता समाजका पूर्व केन्द्रीय सदस्य शेर बहादुर परियार र जिल्ला सल्लाहकार धन प्रसाद देवकोटाले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा लेकफर्सा क्षेत्रका ४० जना नेता÷कार्यकर्ताहरू सहभागी रहेको बताइएको छ ।

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.