नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

सरकारले संविधान संशोधन विधेयक संसदीय सचिवालयमा दर्ता गराएको छ । ५ नं. प्रदेशका पहाडी जिल्लाहरूलाई ४ नं. प्रदेशमा मिलाएर तराईका जिल्लाहरूको बेग्लै ५ नं. प्रदेश बनाउने प्रस्ताव राखेको छ । सरकारको त्यस प्रकारको निर्णयको ने.क.पा. (मसाल)ले कडा शब्दमा भ्रत्सना गर्दै त्यसका विरुद्ध देशव्यापी रूपमा विरोध कार्यक्रमहरू सञ्चालन गर्न सम्पूर्ण जनतासित अपील गर्दछ ।
वर्तमान संविधानसित सङ्घीयता सहित कैयौँ महत्वपूर्ण विषयहरूमा हाम्रा मतभेदहरू छन् र हामीले तिनीहरूमा संशोधन आवश्यक छ भन्ने हाम्रो निश्चित मत छ । तर अहिले जुन प्रकारले संविधानमा संशोधन गर्न थालिएको छ र त्यो क्रममा ५ नं. प्रदेशलाई टुक्राएर पहाडी भूभागहरूबाट अलग गरेर तराईका जिल्लाहरूको बेग्लै प्रदेश बनाउने प्रयत्न गरिंदैछ त्यो गम्भीर प्रकारको राष्ट्रघाती कार्य हो । त्यस प्रकारको कदमका पछाडि सम्पूर्ण तराईमा पहाडी भूभागबाट अलग गरेर बेग्लै प्रदेशहरू बनाउने तथा त्यसलाई नेपालबाट अलग गराउने भारतीय विस्तारवादी योजनाले काम गरेको कुरा प्रष्ट छ । त्यसकारण त्यस प्रकारको कदम राष्ट्रिय हितका विरुद्ध भएको कुरा स्पष्ट छ । 
संविधानसभाले वर्तमान संविधानको निर्माण गरेदेखि नै भारतीय विस्तारवादले आफ्नो विस्तारवादी रणनीति अनुसार त्यसमा संशोधनका लागि दवाव दिंदै आएको छ र त्यही उद्देश्य पूरा गर्न नै वर्तमान सरकारको पनि गठन गरिएको छ । अहिले सरकारले दर्ता गराएको संशोधन प्रस्तावबाट वर्तमान सरकार भारतीय विस्तारवादी निर्देशन अनुसार काम गर्ने सरकार हो भन्ने कुरा प्रष्ट भएको छ । सरकारको त्यस प्रकारको कदमबाट संविधानको कार्यान्वयनमा गम्भीर प्रकारले आघात पुग्ने र देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता तथा गणतन्त्र र धर्म निरपेक्षतामा समेत गम्भीर प्रकारले आँच पुग्ने कुरा प्रष्ट छ । त्यसरी अहिले सरकारले दर्ता गराएको संशोधन प्रस्ताव संविधानको कार्यान्वयन होइन त्यसको जगलाई नै भत्काउने दिशातिर निर्देशित छ । त्यसकारण देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता तथा गणतन्त्र र धर्मनिरपेक्षता सहित संविधानको कार्यान्वयनका लागि वर्तमान संशोधन प्रस्तावलाई असफल पार्नु वा पराजित गर्नु राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि हामीले राष्ट्रिय रूपमा नै व्यापक आन्दोलन उठाउनु पर्ने आवश्यकतामा जोड दिन्छौँ र त्यो संशोधन प्रस्तावलाई असफल पार्न संसदभित्र र बाहिर पनि व्यापक ऐक्यवद्धताको आवश्यकतामा जोड दिन्छौँ ।

मिति ः २०७३ मंसिर १५ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.