नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatदस्ताबेज
अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सम्बन्धि प्रस्ताव

अक्टोबर क्रान्तिको झण्डालाई उच्च राख्न नया“ पीढिबाट हजारौं क्रान्तिकारीहरु भर्ना गरौ“ 
अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सम्बन्धि प्रस्ताव

(नेपाल कम्युनिष्ट पार्टी (मसाल)को केन्द्रीय समितिद्वारा पारित)

१.    आइसीओआरले अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउने ठेगान गरेको छ । त्यो कार्यक्रम अन्तर्गत आईसीओआरसित सम्बन्धित विभिन्न पार्टी वा संगठनहरुले कैयौं कार्यक्रमहरु प्रस्तुत गरेका छन् । त्यही कार्यक्रमको सिलसिलामा ने.क.पा. (मसाल)ले आईसीओआरको अन्तर्राष्ट्रिय केन्द्रीय समितिमा अक्टोबर क्रान्तिको झण्डालाई उच्च राख्न नया“ पीढिबाट हजारौं क्रान्तिकारीहरु भर्ना गर्नका लागि अभियान (ऋबmउबष्नल तय च्भअचगष्त त्जयगकबलमक या च्भखयगितष्यलबचष्भक ाचयm ल्भध न्भलभचबतष्यल तय च्बष्कभ ज्ष्नज तजभ द्यबललभच या इअतयदभच च्भखयगितष्यल) भन्ने प्रस्ताव गत वर्ष विचारार्थ प्रस्तुत गरेको थियो । त्यो प्रस्ताव छलफलका लागि आईसीओआरसित सम्बन्धित विश्वभरका पार्टी र संगठनहरुमा प्रसारित गरिएको थियो । अन्तमा यही जनवरीमा बसेको अन्तर्राष्ट्रिय केन्द्रीय समितिको बैठकमा त्यो प्रस्ताव पारित भएको छ । उक्त अभियान सञ्चालन गर्न ने.क.पा. (मसाल)को केन्द्रीय समितिले निम्नलिखित कार्यक्रम प्रस्तुत गरेको छ ः
२.    उक्त अभियानलाई निम्न चरणहरुमा बाडेर सम्पन्न गरिने छ ः 
    (क)    उक्त प्रस्ताव तत्काल देशभित्र र बाहिरका पार्टी र मोर्चाहरुका सबै समितिहरु र पार्टी सदस्यहरु र मोर्चाका सबै स्तरका समितिहरु तथा सदस्यहरुसम्म छलफल र आवश्यक पूर्व तयारी गर्नका लागि प्रसारित गर्ने । 
    (ख)    लेनिन जयन्ति, २२ अप्रैल २०१६ (१० बैशाख २०७३) देखि सेप्टेम्बर २०१६ (१४ आश्विन २०७३)सम्म अभियान सम्बन्धि तयारी गर्ने ।
    (ग) ७ नोभेम्बर २०१६ (२२ कार्तिक २०७३) देखि ७ नोभेम्बर २०१७ (२१ कार्तिक २०७४) सम्म उक्त अभियानको कार्यक्रम सञ्चालन गर्ने । 
३. उक्त प्रस्तावलाई तत्काल पार्टी वा मोर्चामा छलफलका लागि प्रसारित गरिएपछि त्यस सम्बन्धी छलफलको क्रममा निम्नलिखित कार्यहरु गरिने छन् ः
    (क) पार्टी वा मोर्चाका सबै समितिहरुले उक्त अभियानबारे आवश्यक सुझावहरु केन्द्रमा पठाउने ।
    (ख)    पार्टी वा मोर्चाका सदस्यले बनाउने थप सदस्यहरुको अनुमानित संख्याबारे केन्द्रमा रिपोर्ट पठाउने ।
    (ग)    सबै मोर्चाहरुले केन्द्रिय बैठक गरेर एक वर्षको अक्टोबर क्रान्तिका आफ्ना बेग्लाबेग्लै शतवार्षिकी कार्यक्रम बनाउने ।
    (घ)    सबै पार्टी वा मोर्चाका सबै समितिहरुले एक वर्षमा बनाउने नया“ सदस्यहरुको अनुमानित संख्या तोक्ने ।
४.    लेनिन जयन्तिभन्दा पहिले केन्द्रीय समितिको बैठक बसेर लेनिन जयन्तिदेखि २०१६ सेप्टेम्बरसम्म सञ्चालन हुने अभियानको तयारी सम्बन्धी कार्यक्रम निश्चित गर्ने ।
५.    त्यस अनुसार निम्नलिखित कार्यहरु सम्पन्न गरिने छन् ः
    (क)    पार्टी वा मोर्चाका सबै स्तरका समितिहरु वा सदस्यहरुले बनाउने नया“ सदस्यहरुको ठोस संख्या निश्चित गर्ने ।
    (ख)    उक्त अभियान सञ्चालन गर्नका लागि पार्टी वा जनवर्गीय संगठनका सबै स्तरका समितिहरुको भेला गरेर उक्त अभियानको सञ्चालनका लागि ठोस कार्यक्रम निर्धारित गर्ने ।
    (ग)    पार्टी केन्द्रदेखि विभिन्न स्तरमा उक्त विषयहरुमा १ देखि ३ दिनसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
    (घ)    पार्टी वा मोर्चाका केन्द्रीय र जिल्लास्तरीय सदस्यहरुको उक्त कार्यक्रम सञ्चालन गर्न कार्यक्षेत्रको विभाजन गर्ने ।
    (ङ)    उक्त विषयबारे आवश्यक लेख र पुस्तिकाहरु प्रकाशित र प्रचार गर्ने ।
    (च)    उक्त कार्यक्रम सञ्चालनगर्नका लागि विभिन्न स्तरमा आवश्यक संगठनकर्ताहरुको व्यवस्था गर्न प्रयत्न गर्ने ।
    (छ)    उक्त कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक साधन जुटाउन सबै स्तरका पार्टी वा मोर्चाले केही कोटा निश्चित गर्ने ।
    (ज)    अभियान सञ्चालन गर्नका लागि केन्द्रीय, क्षेत्रीय र जिल्ला स्तरीय अभियान परिचालन समितिहरुको गठन गर्ने ।
६.    २०१६ को अक्टोबरमा राष्ट्रिय परिषद्को बैठक वा राष्ट्रिय भेला गर्ने ।
७.    उक्त बैठक वा भेलाद्वारा ७ नोभेम्बर २०१६ देखि ७ नोभेम्बर २०१७ सम्म चल्ने अभियानको ठोस कार्यक्रम निश्चित गर्ने । त्यो बैठकमा निम्नलिखित कार्यहरु गरिनेछ ः
    (क)    त्यो अभियानको घोषणापत्र तयार पार्ने । त्यो घोषणापत्रमा विभिन्न वर्ग वा जन समुदायका समस्याहरु तथा उनीहरुको समाजवादी आन्दोलनसितको सम्बन्धबारे प्रकाश हालिने छ ।
    (ख)    अभियान सम्बन्धी विस्तृत कार्य निर्देशिका तयार पार्ने ।
    (ग)    बैठकको पहिलो दिन अभियानको ठोस कार्यक्रम निर्धारित गर्ने ।
    (ग)    अभियानको दोस्रो दिन अक्टोबर क्रान्ति र अभियानको शत वार्षिक कार्यक्रमको कार्यविधिबारे प्रशिक्षण दिने ।
८.    उक्त अभियानको सिलसिलामा निम्नलिखित २ वटा कार्यक्रमलाई पनि साथसाथै अगाडि बढाइने प्रयत्न गरिनेछ ः
    (क)    पहिले पार्टीभित्र प्रस्तावित गरिएको अनिवार्य कार्यकर्ता बचत कार्यक्रमलाई पनि साथै सञ्चालन गर्ने प्रयत्न गरिने छ । त्यस अनुसार विभिन्न देश वा विदेशका विभिन्न पेशा वा व्यवसायमा लागेका व्यक्तिहरुबाट अनिवार्य कार्यकर्ता कोषका लागि कम से कम १००० (एक हजार) नियमित सहयोग लिने व्यवस्था गरिने छ । त्यो रकम पूर्णकालीन कार्यकर्ताहरुका लागि मात्र खर्च गरिने छ ।
    (ख)    ठूलो संख्यामा पार्टी वा जनवर्गीय संगठनमा नया“ सदस्यहरु थपेपछि उनीहरुलाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट शिक्षितगर्दै जानुपर्ने आवश्यकता हुनेछ । त्यसकारण अक्टोबर क्रान्तिको अभियानका सिलसिलामा उक्त दिशामा पनि योजनावद्ध प्रकारले काम गर्न प्रयत्न गर्नु आवश्यक हुनेछ ।
९.    अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई प्रभावशाली बनाउन निम्नलिखित कार्यक्रमहरुलाई पनि अगाडि बढाउने प्रयत्न गरिने छ ः
    (क)    अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका सिलसिलामा माक्र्सवादी–लेनिनवादी सिद्धान्त सम्बन्धी विभिन्न पुस्तक, पत्र–पत्रिका आदिको प्रकाशन गर्ने र पार्टी तथा मोर्चाबाट त्यस प्रकारका प्रकाशनहरु गर्नु साथै अन्य संघ संस्था प्रकाशक वा व्यक्तिहरुलाई पनि त्यस प्रकारका प्रकाशनहरु गर्नका लागि प्रेरित गर्ने ।
    (ख)    पार्टी वा मोर्चाका तत्वाधानमा माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारा, समाजवाद, क्रान्तिकारी कम्युनिष्ट आन्दोलन आदिबारे विभिन्न विचारगोष्ठी, अन्तरक्रिया आदि कार्यक्रमको सञ्चालन गर्ने । अन्य वामपन्थी संघ संस्थाहरुसित संयुक्त भएर पनि उक्त कार्यक्रमहरुको सञ्चालन गर्न सकिनेछ ।
१०. विविध
    (क)    उक्त अभियानको कार्यक्रमको सिलसिलामा पार्टी र विभिन्न मोर्चाहरुमा नया“ पीढि, विभिन्न वर्ग वा जनसमुदायहरुबाट कम से कम एक लाख नया“ सदस्य थप्ने प्रयत्न गर्ने ।
    (ख)    अभियान सम्बन्धी प्रचारात्मक कार्यक्रम खुला हुनेछ । पार्टीका मोर्चाका त्यस सम्बन्धी पुस्तक पत्रिका, लेख वा वक्तव्यहरु खुला प्रकारले प्रकाशित गरिने छन् ।
११.    उपरोक्त कार्यक्रम बाहेक आईसीओआरद्वारा निर्धारित अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सम्बन्धी विभिन्न कार्यक्रमहरुलाई पनि यथासम्भव सम्पन्न गर्ने तथा  अन्य देशहरुका भाईचारा पार्टीहरुद्वारा सञ्चालित त्यस प्रकारका कार्यक्रमहरुको पनि नेपालमा प्रचार गर्ने प्रयत्न गरिने छ ।

मिति ः २०७२ फागुन ११ गते

फर्कनुस्

बाँकी समाचार

•  देशको तात्कालिक राजनीतिक परिस्थिति बारे ने.क.पा. (मसाल)को नीति
•  तात्कालिक राजनैतिक प्रस्ताव
•  २०६३ फागुन २६-३० गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी मसालको सातौं महाधिवेशनमा पारित दस्तावेजहरु
•  तात्कालिक राजनीतिक प्रस्ताव
•  राजनीतिक प्रस्ताव
•  खस जाति सम्बन्धी प्रस्ताव (छलफलका लागि)
•  राज्य पुनर्संरचना सम्बन्धी ने.क.पा. (मसाल) को प्रस्ताव
• 
• 
• 
• 
•  तात्कालिक राजनीतिक प्रस्ताव
• 
•  निर्दलीय सरकारको विरोध गरौं, संविधानसभाको निर्वाचन सुनिश्चित गर्न संघर्ष गरौं ।
• 
• 
• 
•  सरकारमा सहभागितासम्बन्धी राजनीतिक प्रस्ताव
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.