नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

ने.क.पा.(मसाल)ले अभिनेता श्री कृष्ण श्रेष्ठको असामयिक निधनका लागि गहिरो दुःख प्रकट गर्दै वहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै वहाँको निधनबाट संतप्त परिवार, सहकर्मी कलाकारहरू समेतप्रति हाम्रो पार्टीले समवेदना प्रकट गर्दछ ।
अहिले सरकारको कार्यशैली, संविधानको कार्यविधि तथा सत्ता पक्ष र प्रतिपक्षका प्रमुख राजनैतिक शक्तिहरूको भूमिकामाथि विचार गर्दा दोस्रो संविधानसभाको पनि पहिलो संविधानसभाको जस्तै इतिहासको पुनरावृत्ति हुने आशङ्का झन्‌पछि झन् बढ्दै गैरहेको छ । एमाले र ने.का.को गठबन्धन सरकारको कार्यविधि अत्यन्त असन्तोषजनक रहेको छ । अर्कातिर सत्ताका लागि, मुख्यतः राष्ट्रपतिको प्रश्नमा, उनीहरूका बीचमा बढ्दै गएको विवाद तथा त्यो कारणले सरकारको कारवाहीमा वा संविधानको निर्माणमा समेत प्रतिकुल असर पर्ने देखिन्छ ।
प्रतिपक्षको प्रमुख दल एमाओवादी तथा त्यसको पहलमा बनेका ७ दलीय मोर्चाको जातिवादी र क्षेत्रीयतावादी संविधान नबने संविधानको निर्माणमा नै बाधा पुराउने तथा अर्को ५ दलीय मोर्चाका घटकहरूको वर्तमान संविधानसभालाई संविधानको निर्माण गर्न नदिने नीति समेतका कारणहरूले वर्तमान संविधानसभाको पनि प्रथम संविधानको जस्तो इतिहास दोहोरिने सम्भावना बढ्दै गैरहेको छ । संविधानको निर्माणमा देखा परेका उपरोक्त कठिनाई र जटिलताहरूको सामना गरेर संविधानको निर्माणका लागि सरकारमा आवश्यक कुशलता, दृढता वा क्षमताको कमी पाइन्छ । उपरोक्त कारणहरूले गर्दा समयमा संविधानको निर्माण हुने कुरामा गम्भीर आशङ्का देखिन्छ । उक्त परिस्थितिमा तोकिएको समयमा संविधानको निर्माणका लागि उत्तरदायी भूमिका खेल्नका लागि ने.क.पा.(मसाल)ले सत्ता र प्रतिपक्षका सबै राजनैतिक दल वा सङ्गठनहरूको गम्भीर ध्यान आकर्षित गर्दै त्यसका लागि व्यापक दवावको सिर्जना गर्न जनतासित पनि अपील गर्दछ ।
हाम्रो पार्टीले संविधान सभाको चुनावका वेलामा लागेका झुठा मुद्दाहरू खारेज गर्नुपर्ने तथा गिरफ्तार राजनैतिक वन्दीहरूलाई रिहाइ गर्न पनि सरकारसित माग गर्दै आएको छ । तर सरकारले अहिलेसम्म त्यसबारे अपनाएको उपेक्षा नीतिप्रति गम्भीर क्षोभ प्रकट गर्दै सरकारले हाम्रो उक्त मागप्रति छिटै ध्यान नदिएमा त्यसका लागि आन्दोलनमा उत्रने चेतावनी दिन्छ ।

मिति ः २०७१ श्रावण २७ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.