नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

मजदुर वर्गको महान अन्तर्राष्ट्रिय चाड मे दिवसको अवसरमा ने.क.पा.(मसाल) ले संसारभरका मजदुर वर्गलाई अभिनन्दन गर्न चाहन्छ र त्यो दिवसको गौरवपूर्ण परम्परालाई कायम राख्दै उच्च क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिन्छ । मे दिवसको सम्बन्ध आठ घन्टाको कामका लागि मजदुर वर्गले अन्तर्राष्ट्रिय रूपमा गरेको आन्दोलनसित रहेको छ । त्यो आन्दोलनको मजदुर आन्दोलनको इतिहासमा लामो र गौरवपूर्ण इतिहास छ । उनीहरूको त्यो आन्दोलन सफलतामा टुङ्गिएको छ । तर त्यो आन्दोलनको अन्त त्यहीं हुँदैन । त्यो आन्दोलनलाई विश्वभरमा भैरहेका सबै प्रकारका शोषण र उत्पीडनको अन्त गरेर शोषणविहीन समाजको स्थापनासम्म पुराउनु पर्ने ऐतिहासिक आवश्यकता छ । मे दिवसको अवसरमा एकातिर देशभित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्ति सफल पार्ने तथा, अर्कातिर, अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवादलाई समाप्त गर्ने उद्देश्यहरू पूरा गर्न र समाजवादी क्रान्ति सफल पार्न अगाडि बढाउनु पर्ने आवश्यकताप्रति हामीले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
मे दिवसको अवसरमा हामीले देशको अगाडि भएका गम्भीर प्रकारका राजनीतिक जिम्मेवारीप्रति पनि हामीले सम्पूर्ण देशभक्त, प्रजातान्त्रिक र वामपन्थी शक्तिहरू तथा सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ । तात्कालिक रूपमा नेपालमा संविधान सभाद्वारा लोकतान्त्रिक संविधान निर्माण गर्ने, गणतन्त्रलाई संस्थागत गर्ने, राष्ट्रियताको रक्षा गर्ने र सङ्घीयतालाई खारेज गर्ने राष्ट्रिय महत्वका कार्यहरू हाम्रा अगाडि छन् । दोस्रो संविधान सभाको चुनावमा जातीवाद र क्षेत्रीयतावादका विरुद्ध जनताले जनादेश दिएका छन् । तर अहिले पुनः त्यो जनादेशलाई उल्टाउने प्रयत्न वा षडयन्त्र भैरहेको छ  । देशमा लोकतान्त्रिक संविधान बन्न नदिएर जातीयवादी वा क्षेत्रीयतावादी प्रकारको संविधानको निर्माणको लागि पनि चौतर्फी रूपमा दबाब दिने वा त्यसका लागि गठबन्धन गर्ने प्रयत्न भैरहेको छ । त्यस प्रकारका प्रयत्नहरूलाई असफल पारेर लोकतान्त्रिक संविधानको निर्माण तथा गणतन्त्रलाई संस्थागत गर्नको लागि हाम्रो पार्टीले विशेष जोड दिन्छ । आज मे दिवसको अवसरमा हाम्रो पार्टीले तत्काल हाम्रो अगाडि भएका राष्ट्रिय र अन्तराष्ट्रिय जिम्मेवारीहरूलाई पूरा गर्न उच्च र सशक्त प्रकारको आन्दोलनलाई लगातार अगाडि बढाउने आवश्यकतामा जोड दिन्छ ।
तपाईहरूलाई यो बताउँदा हामीलाई खुशी लागेको छ कि माक्र्सवादी, लेनिनवादी पार्टी र सङ्गठनहरूको एघारौँ अन्तर्राष्ट्रिय सम्मेलन तथा क्रान्तिकारी पार्टी र सङ्गठनहरूको द्वितीय अन्तराष्ट्रिय सम्मेलन हालै सम्पन्न भएका छन् । त्यो अवसरमा अन्तर्राष्ट्रिय परिस्थिति र क्रान्तिकारी पार्टी तथा आन्दोलनबारे समेत एउटा अन्तर्राष्ट्रिय विचार गोष्ठीको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भाग लिनका लागि ने.क.पा.(मसाल)का महामन्त्री का. मोहन विक्रम सिंह त्यहाँ जानुभएको थियो । उक्त ३ वटै कार्यक्रम सम्बन्धी विस्तृत विवरण हामीले केही दिनपछि सार्वजनिक गर्नेछौँ ।
व्यवस्थापिका संसदद्वारा पारित सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक जुन रूपमा पारित भयो, त्यसप्रति हाम्रो पार्टीले गम्भीर आपत्ति र विरोध प्रकट गर्दछ । माओवादी र तात्कालिक सत्ता पक्षका बीचमा भएको बृहत शान्ति सम्झौतापछि उनीहरूका बीचमा भएका हिंसात्मक कार्यहरूबारे कुनै कारवाहीको आवश्यकता हुन्न । तर त्यो शान्ति सम्झौताका कारणले ती दुवै मध्ये कुनै पनि पक्षद्वारा निर्दोष जनतामाथि गरिएका मानव अधिकारको हनन् वा अपराधजन्य कारवाहीहरू स्वतः क्षम्य वा खारेज हुँदैनन् । त्यस प्रकारका विषयहरूमा उच्चस्तरीय छानवीन भएर दोषी प्रमाणित भएका व्यक्तिहरूलाई अपराधको प्रकृति अनुसार सजाय हुनुपर्दछ । तर अहिलेको सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक त्यस प्रकारका मानव अधिकारको हनन् वा अपराधजन्य कारवाहीहरूका लागि दोषीलाई सजाय दिनुभन्दा पनि उनीहरूमाथि कुनै कारवाही नै नचलाउने वा उनीहरूलाई क्षमा दिनेतिर नै बढी निर्देशित भएको पाइन्छ । त्यस प्रकारको विधेयक न्यायको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र त्यसबारे सर्वोच्च अदालतले दिएको फैसला समेतका विरुद्ध छ । त्यसैले हामो पार्टीले त्यो विधेयकको कडा शब्दमा विरोध र भत्सर्ना गर्दै सशस्त्र द्वन्द्वकालमा तात्कालिक सत्ता वा माओवादी पक्षसित सम्बन्धित व्यक्तिहरूद्वारा जनसाधारणमाथि गरिएका मानव अधिकारको हनन् वा अपराधजन्य कारवाहीहरूका लागि अपराधको प्रकृति अनुसार सजाय हुनुपर्ने आवश्यकतामा जोड दिन्छ ।
त्यस सिलसिलामा माओवादीहरू सत्तामा  भएको वा उनीहरूले सरकारको नेतृत्व गरेको वेलामा ठूलो सङ्ख्यामा अदालतमा चलेका मुद्दाहरूलाई खारेज गर्ने काम गरिएको थियो । यहाँसम्म कि शान्ति सम्झौतापछि २०६४ सालको संविधान सभाको चुनावमा बाँकेका हाम्रो पार्टीका उम्मेदवार का. कमल अधिकारीलाई एमाओवादीका कार्यकर्ताहरूद्वारा गरिएको हत्याको अदालतमा चलिरहेको मुद्दालाई पनि खारेज गरिएको थियो र अभियुक्तहरूलाई जेलबाट रिहा गरिएको थियो । त्यस प्रकारका सत्ता पक्ष वा माओवादीद्वारा गरिएका सबै अपराधजन्य कार्यहरूको हाम्रो पार्टीले शुरुदेखि नै दृढतापूर्वक आवाज उठाउँदै आएको छ र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकको सन्दर्भमा पनि हाम्रो त्यो विरोध कायम छ ।
०६२६३ को आन्दोलनपछि बनेका सबै सरकारहरूद्वारा सशस्त्र द्वन्द्वको कालमा वेपत्ता पारिएका व्यक्तिहरूको छानवीनबारे देखाइएको उदासिनतालाई हाम्रो पार्टीले गम्भीर प्रकारको गैरजिम्मेवार कार्य ठान्दछ । त्यस प्रकारको पृष्ठभूमिमा अहिले पुनः त्यसबारे गम्भीर प्रकारले कारवाही हुनु पर्ने र दोषि व्यक्तिहरूलाई सजाय हुनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
सर्वोच्च अदालतको लागि न्यायपरिषद्ले न्यायधीशहरूका रूपमा सिफारिश गरेका व्यक्तिहरूबारे उठेको विवादप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । गतकालमा सर्वोच्च अदालतको छविमा लगातार ह्रास हुँदै गएको छ । खास गरेर सर्वोच्चका प्रधानन्यायधीशलाई कार्यकारी प्रमुख बनाएपछि शक्ति पृथकिकरणको सिद्धान्तमा गम्भीर आँच पुगेको  थियो र त्यो कारणले सर्वोच्चको कार्यप्रणाली पनि नराम्ररी प्रभावित भयो । त्यस प्रकारको पृष्ठभूमिमा नै प्रधानन्यायधीशको कार्यकारी प्रमुखमा नियुक्तिका विरुद्ध परेका उजुरीहरूबारे कुनै निर्णय नगरिकन खारेज गरिएको थियो । त्यो अवस्थामा अहिले पुनः स्वच्छ छवि नभएका वा विवादित व्यक्तिहरूलाई न्यायधीशको रूपमा नियुक्त गरिएमा सर्वोच्च अदालतले स्वच्छ र स्वतन्त्र भूमिका खेल्न नसक्ने नै सम्भावना रहने छ । सर्वोच्च अदालत जस्तो स्वतन्त्र निकायले कार्यपालिका र राजनीतिक दलहरूको दबावमा परेर काम गर्न थाल्यो भने त्यसका संवैधानिक र राजनीतिक रूपमा नै कैयौँ गम्भीर प्रकारका दूरगामी परिणामहरू हुनेछन् । अब त्यो विषय व्यवस्थापिका संसदमा पुगेको छ र उक्त विषयमा न्यायपालिकाको स्वतन्त्र छविमा आँच पुग्न नदिने गरेर व्यवस्थापिका संसदले निर्णय गर्नेछ भन्ने हामीले आशा गर्दछौँ ।

२०७१-०१-१६

मोहनविक्रम सिंह

महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.