नेपाली :: English
Masal
Mon / 2019-Jan-21
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

देशमा बढिरहेका भ्रष्टाचारका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षित भएको छ । त्यस सिलसिलामा हाल राष्ट्रिय रूपमा नै चर्चामा आएका वाइडबडी जहाज खरिद प्रकरणमा भएको अनियमितता र भ्रष्टाचार तथा आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्कासित सम्बन्धित भ्रष्टाचारसम्बन्धी तथ्यहरू अत्यन्त गम्भीर प्रकारका छन् । वास्तवमा यस प्रकारको अनियमितता र भ्रष्टाचारसम्बन्धी मुद्दाहरू यी दुइवटा मात्र होइनन् । यसभन्दा पहिले पनि भ्रष्टाचारसम्बन्धी कैयौँ तथ्यहरू आउने गरेका छन् । त्यसले देशको प्रशासनयन्त्र नै गम्भीर रूपले भ्रष्ट भएको कुरा प्रष्ट हुन्छ । ओलीको सरकारको भ्रष्टाचारलाई निर्मूल पार्ने प्रतिबद्धता पनि भ्रष्टाचारका यी घटनाहरूबाट अर्थहीन भएको कुरा प्रष्ट हुन्छ । 
वाइडबडी जहाज खरिदमा भएको अनियमितता र भ्रष्टचार अत्यन्त गम्भीर प्रकृतिको छ । त्यसकारण हामीले त्यो अनियमितता र भ्रष्टाचारसम्बन्धी तथ्यहरूलाई उच्च स्तरीय र निष्पक्ष प्रकारले छानवीन गरेर दोषी व्यक्तिहरूलाई कडाईपूर्वक कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसका साथै आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्काबारे पनि सरकारी सेवाको सम्पूर्ण कार्यकाल भ्रष्टाचारमा नै मुछिएको देखिन्छ । त्यस प्रकारको व्यक्तिलाई बारम्बार पदोन्नति गर्ने जुन कार्य गरियो त्यसका लागि जिम्मेवार व्यक्तिहरूलाई पनि छानविनको घेरामा ल्याउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।
माथि उल्लेख गरिएका एकाध मुद्दाहरू खाली प्रतिनिधि उदाहरण मात्र हुन् । नयाँ नयाँ आइरहेका भ्रष्टाचारका उदाहरणहरूबाट उच्च स्तरीय मन्त्रीहरूदेखि सम्पूर्ण प्रशासन यन्त्र नै भ्रष्टाचारको दलदल फसेको देखिन्छ । त्यस प्रकारको भ्रष्टाचारको निवारण नगरिकन देशको विकास सम्भव छैन । त्यसकारण भ्रष्टाचारको निवारणका लागि आवाज उठाउन तथा सरकारमाथि जनदबाबको सिर्जना गर्नका लागि हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छ ।
यस सन्दर्भमा यससितसम्बन्धी अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । विभिन्न भ्रष्टाचारका मुद्दाहरूमा छानवीन वा कार्वाही शुरु गरे पनि सामान्यतया उनीहरू दण्ड सजाय विनानै छुट्ने गरेका कैयौँ उदाहरणहरू छन् । अहिलेका प्रसङ्गहरूमा पनि त्यस प्रकारको पुनरावृत्ति नहोस् भन्ने कुरामा हामीले विशेष जोड दिन्छौँ । 

२०७५ पौष २४ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
•  वक्तव्य
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.