नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

संविधान सभाको चुनावपछि देशमा कैयौँ महत्वपूर्ण राजनैतिक प्रश्न वा समस्याहरूबारे राजनैतिक दलहरू मात्र होइन, जन स्तरमा पनि चर्को वहस चलिरहेका बेलामा वीर अस्पतालमा आफ्ना छोराको हत्याराका विरुद्ध कारवाहीको माग गरेर आमरण अनशनमा बसिरहेका अधिकारी दम्पत्तिप्रति मानिसहरूको कम ध्यान गएको देखिन्छ । अधिकारी दम्पत्तिको प्रश्नले वास्तवमा सबै राजनीतिक शक्ति, सरकार, न्यायप्रणाली र मानव अधिकारवादीहरू समेतको ठूलो परीक्षा गरिरहेको छ । खास गरेर एमाओवादीको दवावका कारणले प्रशासनले त्यो हत्याका दोषीमाथि कारवाही गर्न सकिरहेको छैन । यो स्थिति कायम रहने हो भने नन्दप्रसादका छोराको हत्याका दोषीलाई सजाय नहुने मात्र होइन, देशको सम्पूर्ण लोकतन्त्र, न्याय प्रणाली र मानव अधिकार समेतमा आँच पुग्नेछ । अहिले नै अधिकारी दम्पत्ति मृतप्रायः अवस्थामा पुगिसकेका छन् । त्यही अवस्थामा उनको मृत्यु भयो भने त्यो इतिहासको नै सबैभन्दा ठूलो कलङ्क हुनेछ । त्यसका लागि खालि एमाओवादी मात्र होइन, अहिलेको सम्पूर्ण पिढीलाई इतिहासले दोषी ठहराउने छ । त्यस्तो हुन नदिन नेकपा (मसाल) ले नन्दप्रसादका छोराको हत्याका दोषीमाथि कठोर कारवाही गर्न र अधिकारी दम्पत्तिको ज्यान बचाउन प्रभावशाली कदम उठाउन सरकारसित माग गर्दछ र त्यसका लागि जनदबावको सिर्जना गर्न सम्पूर्ण न्यायप्रेमी जनतासित अपिल गर्दछ । त्यसका लागि एमाओवादीका तर्फबाट प्रदर्शन गरिने कुनै पनि दवावको दृढतापूर्वक सामना गरेर अधिकारी दम्पत्तिको न्यायपूर्ण मागलाई पूरा गर्नु पर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
गत संविधान सभाको कालमा सत्ताका लागि चलेको हानथाप पनि संविधानको निर्माण हुन नसक्नुको एउटा मुख्य कारण थियो । अहिले पनि त्यही प्रकारको इतिहास दोहोरियो भने पुनः संविधानको निर्माणको कार्यमा बाधा पुग्नेछ । त्यो अवस्थामा अन्तरिम संविधानमा गरिएको व्यवस्था समेतका विपरीत राष्ट्रपति र उपराष्ट्रपति पदहरूको परिवर्तनका लागि उठिरहेको विवादलाई हाम्रो पार्टीले अनावश्यक ठान्दछ र गलत मान्दछ । त्यो विवादलाई अगाडि बढाएमा त्यसले लामो समय लिनेछ र त्यसबाट संविधानको निर्माणको कार्यमा बाधा पुग्ने सम्भावना रहनेछ । त्यसैले हाम्रो पार्टीले अन्तरिम संविधानमा गरिएको व्यवस्था अनुसार संविधान जारी नहुँदासम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिहरूलाई कायम राख्नु पर्ने र संविधानको निर्माणमा मुख्य ध्यान केन्द्रित गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ ।
हाम्रो पार्टीले सरकारको गठन, सरकारको कार्यको सञ्चालन, संविधानको निर्माण समेतका विषयहरूमा विभिन्न राजनैतिक शक्तिहरूका बीचमा अधिकतम सहमति कायम गर्न प्रयत्न गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ । तर सहमतिका आधारमा मात्र सबै कार्य सञ्चालन हुनु पर्ने एमाओवादीको माग वा शर्तलाई गलत मान्दछ र विरोध गर्दछ । एमाओवादीका जातिवादी र क्षेत्रीयतावादी नीतिहरू समेतका नीतिहरूको पराजय भएकाले आफ्ना पराजित नीतिहरूलाई सहमतिका आधारमा कार्यान्वयन गर्न अन्य पक्षहरूलाई बाध्य गर्न नै त्यसले सहमतिमा जोड दिइरहेको छ । एमाओवादीको त्यो शर्तलाई स्वीकार गरियो भने जातिवाद र क्षेत्रीयतावाद समेतका विरुद्ध जनताले दिएको जनादेश उल्टिने सम्भावना रहनेछ । त्यसका साथै उनीहरूका अवधारणा अनुसार संविधान नबन्दासम्म उनीहरूले संविधानको निर्माणको कार्यमा बाधा हाल्ने, त्यो कार्य ढिला हुने, संविधान नै नबन्ने वा संविधान सभाको पनि पहिलो संविधान सभाको जस्तै परिणाम हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसैले विभिन्न राजनैतिक शक्तिहरूका बीचमा सहमतिका लागि अधिकतम प्रयत्न गर्दै जनादेशका विरुद्ध नजाने र एमाओवादीको गलत दवावका अगाडि नझुक्नेबारे स्पष्ट दृढता देखाउन हामीले सम्बन्धित सबै राजनैतिक शक्तिहरूको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ ।
एमाओवादीले चुनावमा धाँधली भएको जुन कुरा उठाइरहेको छ, त्यसलाई हाम्रो पार्टीले निराधार ठान्दैन । चुनावमा, एकातिर, एमाओवादी, एमाले र ने.का. समेतले देशव्यापी रूपमा धाँधली गरेका छन् भने अर्कातिर, कतिपय स्थानहरूमा जिल्ला निर्वाचन आयोग, प्रशासन वा प्रहरी समेतले विभिन्न राजनैतिक दलहरूका उम्मेदवारहरूलाई जिताउन पनि धाँधली गर्ने गरेका छन् । पार्टीका प्रतिनिधिहरूलाई नराखिकन मतपेटिकाहरू स्थानान्तरण गर्ने अहिले अपनाइएको पद्धतिप्रति पनि हाम्रो गम्भीर आपत्ति छ । त्यसैले चुनावमा भएका कुनै पनि धाँधली, उजुरी वा मागहरूबारे निष्पक्ष तरिकाले छानबिन र कारवाही हुनु पर्दछ भन्ने हाम्रो पार्टीको माग छ । तर अहिले चुनावमा एमाओवादीको ठूलो पैमानामा भएको हार त्यस प्रकारको धाँधलीको परिणाम नभएर मुख्य रूपले त्यसका गलत नीति र कार्यप्रणालीहरूका विरुद्धको जनादेश हो । त्यो कुरा जे भए पनि त्यस प्रकारको धाँधलीका कारणले पनि संविधान सभामा सामेल नहुने वा समानुपातिक उम्मेदवारहरू समेतलाई हाजिर हुन नपठाउने एमाओवादीको नीतिलाई हाम्रो पार्टीले गलत मान्दछ । त्यही प्रकारले सम्पूर्ण चुनावको पुनरावलोकन वा सहमतिका आधारमा काम गर्ने उनीहरूको शर्तहरू स्वीकृत नहुँदासम्म संविधान सभामा सहभागी नहुने उनीहरूका निर्णयहरूलाई पनि हामीले गम्भीर रूपले आपत्तिजनक मान्दछौँ । एमाओवादीको त्यस प्रकारको नीतिबाट विश्वमा विरलै हुने नेपालमा दोस्रो पल्ट भएको संविधान सभाको चुनावमा संवैधानिक र व्यावहारिक रूपले गम्भीर समस्या उत्पन्न हुने, संविधानको निर्माणमा बाधा पुग्ने र अन्तमा संविधान सभा असफल हुने समेत सम्भावना रहनेछ । त्यसैले हाम्रो पार्टीले चुनावमा भएका धाँधलीको आवश्यकता अनुसार छानबिन र कारवाहीका लागि माग गर्दै संविधानको निर्माणमा बाधा पुग्ने वा दोेस्रो संविधान सभा पनि पहिलो संविधान सभा जस्तै असफल हुने कुनै पनि नीति नअपनाउन वा कदम नउठाउन एमाओवादीसित अनुरोध गर्दछ ।
अहिले जनताले जातिवाद र क्षेत्रीयतावादका विरुद्ध स्पष्ट जनादेश दिएका छन् । सङ्घीयताको पक्षमा भएका एमाओवादी, जातिवादी वा मधेशवादीहरूले जातीय र क्ष्ँेत्रीय आधारमा नै राज्यको पुनर्संरचना वा सङ्घीयताको निर्माणमा जोड दिइरहेको अवस्थामा जातिवाद र क्षेत्रीयतावादका विरुद्धको जनादेश प्रकारान्तरले सङ्घीयताका विरुद्धको पनि जनादेश हो । त्यसले देशमा सङ्घीयताका विरुद्ध पनि व्यापक जनमत भएको कुरालाई नै बताउँछ । तैपनि अहिलेको चुनावमा वहुमत प्राप्त गरेका शक्तिहरूले जातीय र क्षेत्रीय प्रकारको सङ्घीयतालाई स्वीकार नगरे पनि नीतिगत रूपमा सङ्घीयतालाई समर्थन गर्दछन् । त्यसले गर्दा सङ्घीय प्रकारको संविधान बन्ने खतरा प्रशस्त छ । सङ्घीय प्रणाली देशका लागि उपयुक्त छैन भन्ने हाम्रो पार्टीको पहिले झै अहिले पनि दृढ मत छ । त्यसैले संविधान सभाभित्र र वाहिर पनि सङ्घीयताका विरुद्धको सङ्घर्षमा अझै जोड दिनु पर्ने आवश्यकता छ र त्यस अनुसार हाम्रो पार्टीले आफ्नो आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गरिरहनेछ ।
अहिले राजतन्त्रको पुनस्र्थापनाको नारा दिएर चुनाव लडेका राजावादीहरूको प्रत्यक्षतर्फको चुनावमा पूरै हार भए पनि समानुपातिकतर्फ उनीहरूले ठूलो सङ्ख्यामा मत पाएको कुराले देशमा अझै पनि सामन्ती, प्रतिगामी, पुनरुत्थानवादी शक्तिहरूको प्रशस्त आधार विद्यमान रहेको कुरालाई बताउँछ । उक्त कुराहरू वाहेक नेपालका वामपन्थी वा प्रजातन्त्र पक्ष्ँधरहरू शक्तिहरूले पनि राजतन्त्रप्रति वारम्वार सम्झौतापरस्त नीति अपनाउँदै आएको तथा लोकतन्त्र वा गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा देखाएको कमजोरीका कारणले पनि पुनरुत्थानवादी शक्तिहरूलाई वल पुग्ने गरेको छ । उक्त सबै कुराहरूमाथि विचार गर्दा गणतन्त्र वा धर्मनिरपेक्षताका विरुद्ध राजावादीहरूबाट सम्भावित खतरालाई हल्का रूपमा लिनु सही हुने छैन । त्यसैले संविधान सभाभित्र र वाहिर पनि राजावादी खतराहरूका विरुद्ध जनचेतना उठाउन र आवश्यकता अनुसार आन्दोलन सङ्गठित गर्नेतिर हामीले लगातार प्रयत्न गरिरहनु पर्ने आवश्यकता भएको कुरा हामीले स्पष्ट गर्न चाहान्छौँ ।
अहिलेको चुनावमा जनताको व्यापक वा पहिलेका सबै चुनावमा भन्दा बढी सहभागिताले नेकपामाओवादीको वहिष्कारको नीतिलाई जनताले व्यापक रूपले अस्वीकार गरेको कुरा प्रष्ट भएको छ । अब उनीहरूले पुनः गोलमेच सम्मेलन आदि जस्ता जुन मागहरू अगाडि सारेका छन्, त्यस प्रकारको मागहरूको कुनै औचित्यता नभएको कुरा पनि प्रष्ट छ । अहिलेको संविधान सभाद्वारा जनताको आधारभूत समस्याको समाधान गर्ने प्रकारको संविधान बन्ने सम्भावना छैन । त्यसका लागि लामो क्रान्तिकारी आन्दोलन, जनवादी क्रान्तिको सफलता वा जनवादी गणतन्त्रको स्थापना आवश्यक हुनेछ । तैपनि अहिले लोकतान्त्रिक संविधानको निर्माण वा गणतन्त्रलाई संस्थागत गर्ने कार्यको पनि तात्कालिक रूपमा प्रगतिशील र सकारात्मक महत्व भएकाले तिनीहरूलाई सफल पार्नु तथा प्रगतिशील र जनपक्षीय संविधानको निर्माण गर्नु अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता हो । त्यसैले आफ्ना उच्च क्रान्तिकारी आन्दोलन गर्ने नीतिलाई कायम राख्दै तत्कालका लागि लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरू वा संविधानलाई बढीभन्दा बढी प्रगतिशील तथा जनपक्षीय रूप दिन सकारात्मक दृष्टिकोण अपनाउन हाम्रो पार्टीले माओवादीसित अपिल गर्दछ ।

२०७० मंसिर १८

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.