नेपाली :: English
Masal
Tue / 2018-Sep-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


प्रेस वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)को आज बसेको केन्द्रीय कार्यालयको बैठकले डा. गोविन्द के.सी.को अनसन र उहाँको स्वास्थ्य प्रति गम्भीर चिन्ता प्रकट गर्दछ । उहाँलाई जुन अवस्थामा गिरफ्तार गरियो र जुन अवस्थामा राखिएको छ, त्यो अत्यन्त गैरजिम्मेवार र अमानवीय कार्य भएको हाम्रो पार्टीको ठहर छ ।
डा. के.सी.लाई निषेधित क्षेत्रमा अनसन गर्न खोजेको भनेर जुम्लामा गिरफ्तार गरिएको छ । यहाँ यो उल्लेखनीय छ कि त्यो कथित निषेधित स्थान स्थानीय सरकारले पहिलेदेखि नै निषेध गरिएको स्थान थिएन । त्यहाँ डा. के.सी. अनसनका लागि जाने भनेपछि नै त्यो स्थानलाई निषेधित क्षेत्र घोषित गरिएको थियो । त्यसरी जुन स्थानलाई जुम्लाको स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गर्ने आदेश दियो, त्यो आदेश पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ र त्यही निषेधित क्षेत्र तोडेको आरोपमा गरिएको गिरफ्तारी पनि पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ ।
डा. के.सी. जसरी बारम्बार अनसनमा बस्नु परेको छ, त्यो सरकारको गैरजिम्मेवार कार्यप्रणालीको नै परिणाम हो । सरकारले के.सी.सित बारम्बार गरेका सम्झौताहरूको कार्यान्वयन नगरेको हुनाले नै के.सी. त्यसरी बारम्बार अनसन बस्न बाध्य हुनु परेको छ । अहिले सरकारले चिकित्सासम्बन्धी विषयमा ल्याएको विधेयक पनि डा. के.सी.सित गरिएको सम्झौताका विरुद्ध छ । हामी सरकारसित यो माग गर्दछौँ कि सरकारले के.सी.सित गरिएका सम्झौताहरूलाई कार्यान्वयन गर्ने गरेर विधेयक ल्याउनु पर्दछ र त्यसरी उनीसँग गरिएका सम्झौताहरूको कार्यान्वयनका लागि प्रभावशाली कदम उठाउनु पर्दछ ।
अहिले विर अस्पतालमा अनसन बसीरहेकी गङ्गामायाको स्वास्थ्यप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । उनको माग एकदम न्यायपूर्ण र सामान्य छ । उनले आफ्नो छोराको हत्यासित संलग्न व्यक्तिहरूमाथि न्यायपूर्ण कारवाहीको माग गरिरहेकी छन् । त्यही मागका लागि अनसन बस्दाबस्दै उनका पति नन्दप्रसाद अधिकारीको मृत्यु भयो । अहिले गङ्गामाया पनि जीवन र मृत्युको दोसाधमा नै छन् । कुनै पनि व्यक्तिको हत्याका लागि कानूनी कारवाही र आवश्यक दण्ड सजायको माग गर्नु संविधान वा कानूनले नागरिकलाई दिएको अधिकार भित्रको कुरा हो । आफ्नो छोराको हत्याको अभियुक्तका विरुद्ध न्यायपूर्ण कारवाहीको माग गरेर अनसन बस्दा नन्दप्रसादको जसरी निधन हुन गयो, त्यसका लागि इतिहासले सरकार र सम्बन्धित राजनीतिक दल वा सङ्गठनहरूलाई कहिल्यै क्षमा दिने छैन । त्यस प्रकारको एउटा गम्भीर घटना नन्दप्रसादको मृत्युबाट भइसकेको छ । त्यही प्रकारको अर्को घटना उनकी पत्नीको मृत्युबाट हुन नपाओस्, त्यसका लागि हामीले सम्पूर्ण न्यायप्रेमि जनता, राजनीतिक दल, राष्ट्रिय मानव अधिकार आयोग लगायत मानव अधिकारसँग सम्बन्धित सङ्घ, संस्थाहरू, सामाजिक सङ्गठन, संसद र सरकार समेतको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

मिति ः २०७५ असार १९ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.