नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

मिति ः २०७० आश्विन ७ गते
संयुक्त प्रेस वक्तव्य

नेपाल कम्युनिस्ट पार्टी (मसाल) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृतक्रान्तिकारी) बीच पार्टी एकता भएको छ । यसलाई सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ ।
१. नेकपा (मसाल) र नेकपा (एकीकृतक्रान्तिकारी) बीच करिब डेढ वर्षदेखि वार्ता र सहकार्य हुँदै आएको थियो । त्यसको सार्थक परिणामस्वरूप आज पार्टी एकता भएको छ । पार्टीको नाम नेकपा (मसाल) नै रहने निर्णय भएको छ । यस एकताबारे जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।
२. अहिले विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको रक्ष्ाँत्मक अवस्थामा पनि विश्वका अन्य देशहरूको तुलनामा हाम्रो देशमा कम्युनिस्ट आन्दोलनप्रति जनताको ठूलो आस्था र विश्वास रहेको छ । त्यस आधारमा बेलाबेलामा यहाँका उग्रवामपन्थी तथा दक्षिणपन्थी संशोधनवादी पार्टीहरूले त्यस आस्था र विश्वासलाई दुरूपयोग गरेर उनीहरूले कहिले सशस्त्र सङ्घर्ष वा जनयुद्धको नाउँमा त कहिले प्रतिक्रियावादी राज्यसत्तालाई उपयोग गरेर त्यसको नाउँमा देश, जनता र क्रान्तिलाई धोका दिँदै आएका छन् । त्यति मात्र होइन, कैयन् प्रश्नहरूमा त प्रतिक्रियावादीहरूले भन्दा बढी जनविरोधी र कम्युनिस्ट मूल्यमान्यता विपरीतका कार्यहरू गरिरहेका छन् । राज्य पुनर्संरचनाको सन्दर्भमा आत्मनिर्णयको अधिकार र जातीय आधारमा सङ्घीयतको प्रश्न, त्यस आधारमा बाह्य शक्तिहरूको दबदबाले आज नव स्थापित गणतन्त्र, जनताको हित, हक, अधिकारहरू कुण्ठित त भएका छन् नै, त्यसले देशमा विखण्डन ल्याउने र त्यसबाट हाम्रो राष्ट्रियता गम्भीर सङ्कटमा परेको छ । देशमा अनावश्यक जातीय र क्षेत्रीय द्वन्द्व थपिएको छ । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई धेरै नै नोक्सान परेको छ । त्यसकारण कम्युनिस्टप्रति आस्थावान जनताको कम्युनिस्टप्रति वितृष्णा पैदा हुँदै गएको छ । आज सही कम्युनिस्ट क्रान्तिकारीहरूको शक्ति कमजोर छ र उग्रवामपन्थी तथा दक्षिणपन्थी पार्टीहरूको कम्युनिस्टविरोधी र जनविरोधी नीति र कार्यको व्यापक भ्रमपूर्ण प्रभाव रहेको छ । यस स्थितिलाई चिर्ने एउटा सशक्त र सही कम्युनिस्ट पार्टीको निर्माणको आवश्यकता छ । त्यस सन्दर्भमा यस एकताले सहयोग पुग्ने हामीले ठानेका छौँ ।
३. विगतको कम्युनिस्ट आन्दोलनको इतिहासमा हामीले कैयौँ एकता र फुटको स्थितिको सामना गर्नु परेको छ । त्यसमा फुटको स्थिति नै बढी छ र एकताले पनि सार्थक परिणाम दिन सकेनन् । त्यो यथार्थतालाई मनन गर्दै आज हामीले सिद्धान्त, नीति, कार्यक्रम र सङ्गठनात्मक प्रणालीलाई विचार गरेर नै सही प्रकारले एकता गरेका छौँ । यो एकताले आज हाम्रो देशमा प्रतिक्रियावादी शक्ति, उग्रवामपन्थी एवं दक्षिणपन्थी संशोधनवादी शक्ति तथा बाह्य प्रतिक्रियावादी शक्ति केन्द्रका विरुद्ध विजय हासिल गर्ने शक्ति त निर्माण भैनहाल्ला । तर यसले एउटा सही कम्युनिस्ट पार्टी निर्माण गर्न र सही कम्युनिस्टहरूको केन्द्रीकरणमा महत्व राख्दछ । त्यसैले हामीले यति बेला अन्यत्र छरिएर रहेका सही कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकताका लागि विशेष आग्रह गर्न चाहान्छौँ ।

मोहनविक्रम सिंह
महामन्त्री
ने.क.पा. (मसाल)
केन्द्रीय समिति


हिमलाल पुरी                                                                   
महासचिव
ने.क.पा. (एकीकृतक्रान्तिकारी)                                              
केन्द्रीय सङ्गठन समिति   

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.