नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

मधेशवादीहरूसित भएको सहमतिलाई कार्यान्वयन गर्न मन्त्रिपरिषदले हिजो गरेको निर्णय प्रति नेकपा(मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । सरकारले संसदमा पहिले प्रस्तुत गरेको दोस्रो संविधान संशोधन विधेयक नै प्रस्तुत गर्ने तथा मधेशवादीहरूको संशोधनहरूका आधारमा उनीहरूका थप मागहरूलाई स्वीकार गर्ने बताएको छ । 
पहिले संसदमा प्रस्तुत गरिएको दोस्रो संशोधन विधेयकको अवधारणाहरूको हामीले पहिले नै आलोचना र विरोध गरिसकेका छौ“ । र हामीले अहिले पुनः तिनीहरूलाई दोहोराउन चाहन्नौ“ । हाम्रो पहिलेको विरोध अहिले पनि कायम छ । अहिले मन्त्रिमण्डलले संशोधनका लागि निर्णय गरेका नया“ अवधारणाहरू पहिलेभन्दा राष्ट्रघाती प्रकृतिका तथा गम्भीर प्रकारले राष्ट्रघाती प्रकारका छन् ।
संविधानमा संशोधनसम्बन्धी सरकारले ल्याएको नया“ अवधारणाबाट मधेशवादीहरूले चाहेजस्तो संविधान संशोधनका लागि मार्ग प्रशस्त गर्न अब सम्बन्धित प्रदेशको सहमति नभैकन परामर्शको आधारमा नै संसदले पारित गरेको सिमाङ्कनसम्बन्धी संशोधनलाई अन्तिम रूप दिन सकिनेछ । यस प्रकारको अवधारणा सरकारले पहिले संसदमा पेश गरेको दोस्रो संविधान संशोधनभन्दा पनि उदार प्रकारको छ । सरकारको त्यस प्रकारको कार्यले मधेशवादीहरूको इच्छा अनुसार संविधानमा जति पनि कैची चलाउन सकिने प्रवृत्तिलाई बताउ“छ । बजेट पेश गर्ने सम्बन्धमा त्यो प्रवृत्ति अरू भद्दा रूपमा अगाडि आएको छ । 
बजेट पेश गरेपछि चुनाव गर्न नहुने भनेर प्रतिपक्षले आवाज उठाएपछि र निर्वाचन आयोगले पनि त्यही प्रकारको आपत्ति प्रकट गरेपछि सरकारले बजेट प्रस्तुत गर्ने जेष्ठ १५ गतेको मितिलाई नै बदल्न संविधान संशोधन गर्न प्रस्ताव ल्याउने कुरा गर्न थालेका छन् । त्यस प्रकारको सोचाइ जुत्ता सानो भएपछि जुत्ताको साइज अनुसार खुट्टालाई नै काट्ने जस्तो कार्य हो । त्यही संविधानमा संशोधन गर्न थालियो भने केही समयपछि संविधान छियाछिया हुनेछ । 
अहिले सरकारले प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव गर्ने निर्णय गरेको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशहरूमा अहिले हुन थालिरहेको चुनावबारे कुनै मतभेद वा विरोध नै छैन । त्यो अवस्थामा ती प्रदेशहरूमा दोस्रो चरणको चुनावको मिति सार्ने कुरामा कुनै पनि औचित्यता देखिन्न र सरकारले स्वच्छचारी प्रकारले नै ती प्रदेशहरूको चुनावको मिति सार्ने निर्णय गरेको छ । सरकारको त्यस प्रकारको निर्णयलाई पनि हाम्रो पार्टीले गम्भीर प्रकारले आपत्तिजनक ठान्दछ र विरोध गर्दछ । 
सरकारले मधेशवादीहरूलाई चुनावमा ल्याउन कैयौ“ गम्भीर प्रकारका राष्ट्रघातीसंशोधन प्रस्तावहरू संसदमा प्रस्तुत गर्ने गरेको छ । सायद मधेशवादीहरूकोभन्दा भारतीय विस्तारवादको दबावमा नै उनीहरू त्यसो गर्न बाध्य हुने गरेका छन् । तर मधेशवादीहरूले पुनः त्यो सहमतिलाई अस्वीकार गर्ने, ती संशोधनहरू पारित भएपनि त्यो खालि तात्कालिक रूपमा ट्रयाक खोल्ने कार्य मात्र हुने र त्यसद्वारा पनि उनीहरूका मागहरू पूरा नहुने सार्वजनिक वक्तव्य दिन थालेका छन् । वास्तवमा पूरै तराइलाई नेपालबाट अलग नगराउ“दासम्म र त्यसलाई भारतमा नगाभ्दासम्म उनीहरूको माग र आन्दोलन समाप्त हुने छ्रैन । त्यसकारण उनीहरूका मागहरू लगातार पूरा गर्नु भनेको गम्भीर प्रकारका राष्ट्रघात गर्नु वा राष्ट्रिय विखण्डनको स्थितिको सृजना गर्नु नै हो र त्यस प्रकारको प्रयत्नहरूको हामीले कडा शब्दमा विरोध गर्दछौ“ ।

मिति ः २०७४ बैशाख ११ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.