नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर सरकारले वास्तवमा आफनो चरम प्रकारको गैरजिम्मेवार कार्यपद्धतिको परिचय दिएको छ । भट्टराई सरकारले सत्तामा आएदेखि बारम्बार पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गर्दै आएको छ । हाम्रो पार्टीले त्यस प्रकारको मूल्य वृद्धिको कडा शब्दमा विरोध गर्दै त्यसका विरुद्ध देशव्यापी रुपमा उठिरहेको आवाज वा आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ ।
अहिले प्रमुख राजनीतिक शक्तिहरुका बीचमा वार्ताको नया क्रम सुरु भएको छ । सामान्यत त्यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । तर माओवादीहरुले वार्ताका सिलसिलामा जुन प्रकारका अवधारणाहरु राखेका छन्, तिनीहरुमाथि विचार गर्दा वार्ता कुनै सही टुंगोमा पुग्ने सम्भावना कम देखापरेको छ । राष्ट्रिय सहमतिका लागि सबैभन्दा महत्वपूर्ण र निर्णयात्मक महत्वको प्रश्न राष्ट्रिय सहमतिको सरकार नै हो । तर माओवादीले त्यो विषयलाई पछाडि पारेर अन्य विषयहरुलाई अगाडि सारेर वार्ता गर्ने कुरामा जोड दिइरहेको छ । त्यो वास्तवमा राष्ट्रिय सहमतिको सरकार हुन नदिने र वर्तमान सरकारलाई नै कायम राख्ने षडयन्त्र हो । हामीले त्यस प्रकारका षडयन्त्रमूलक कार्यपद्धितिको विरोध गर्दै शीघ्र राष्ट्रिय सहमतिको सरकारको गठन तथा वर्तमान सरकारलाई विस्थापित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं । त्यसपछि नै चुनाव सम्बन्धी संविधान र कानूनमा संशोधन, राष्ट्रिय सहमतिको सरकारका सिफारिसका आधारमा राष्ट्रपतिद्वारा अध्यादेशहरु, निर्वाचनका प्रक्रिया वा संविधानको निर्माण समेतका लागि बाटो खुल्ने छ । तर माओवादीहरुले चीजलाई उल्टो प्रकारले अगाडि बढाउने प्रयत्न गरिरहेका छन् । उनीहरुको त्यो प्रयत्न सफल भएमा त्यसका कैयौं दुष्परिणामहरु हुनेछन् । उनीहरुका त्यस प्रकारका प्रयत्नहरुलाई रोक्दै २०६२६३ का उपलब्धिहरु लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरण समेतका लागि आवाज उठाउनु वा संघर्ष गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले पुनः विशेष रुपले जोड दिन्छ ।
अहिले कतिपय पक्षहरुले संविधानसभा व्यूताउने कुरामा जोड दिइरहेका छन् । यहासम्मकि संविधानसभाको चुनावको घोषणा गरेको माओवादीहरुले पनि त्यो दिशामा प्रयत्न गरिरहेको छ । तोकिएको र बारम्बार थपिएको अवधिमा पनि संविधानको घोषणा गर्न नसकेर नै संविधानसभाको अवसान भएको थियो । सत्तारुढ राजनीतिक शक्तिहरुले अन्तसम्म त्यसको आवधि बढाउन प्रयत्न गरेका थिए । अन्तमा सर्वोच्चले उनीहरुले अनुरोधलाई अस्वीकार गरेकाले नै त्यसको विघटन भएको हो । विघटित संविधानसभा संविधान बनाउन असमर्थन भएको कुरामाथि विचार गर्दा त्यसको संरचनामा नै गम्भीर असंगति रहेको देखिन्छ । त्यसैले त्यसको पुनस्र्थापना भए पनि त्यसबाट कुनै ठोस परिणाम निस्कने आशा गर्न सकिन्न । त्यसैले हाम्रो पार्टीले संविधानसभाको पुनस्र्थापनाको प्रस्तावको कडा शब्दमा विरोध गर्दै नया निर्वाचनमा जानुपर्ने आवश्यकतामा जोड दिंदै आएको छ ।
वरिष्ठ गणतन्त्रवादी नेता राम राजाप्रसाद सिंह सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएकोमा ने.क.पा. (मसाल) ले गम्भीर चिन्ता प्रकट गर्दै उहाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

मिति ः २०६९ भाद्र १९ गते 
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.