नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
अक्टोबर क्रान्ति कार्यक्रम

कास्कीमा शतवार्षिकी जन भेटघाट तीव्र
कास्की । राष्ट्रिय जनमोर्चा, कास्कीले जन भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ । कास्कीका सराङकोट, कास्कीकोट, महतगौदाका बिभिन्न स्थानहरूमा जन भेटघाट, पर्चा वितरण, कोणसभा र सदस्यता वितरणका कामहरू सम्पन्न भएका छन । अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसी, राष्ट्रिय जनमोर्चा गण्डकी–धौलागिरीका अध्यक्ष शङ्कर बराल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का विष्णु पुरी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य दिपक गुरुङ, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य विक्रम थापा, अखिल नेपाल उद्योग व्यापार सङ्घका केन्द्रीय सदस्य सन्तोष पौडेल, राष्ट्रिय जनमोर्चा कास्कीका सचिव आकाश गौतम, जातीय समता समाजका विष्णु विक, होम बहादुर सुनारका साथै राजमोका सदस्यहरूमा दिलिप रेग्मी, नाम बहादुर बाठा मगर, विद्यार्थीहरू ईन्द्रमणि पाण्डे, प्रदिप बुढा मगर लगायतको सहभागिता रहेको थियो । कार्यक्रम महान् रूसी समाजवादी क्रान्तिको शतवार्षिकीको सन्दर्भमा भएको सञ्चार संयोजक विक्रम थापाले जानकारी दिएका छन् ।

राजमोको टोल समिति गठन
दाङ । राष्ट्रिय जनमोर्चा, दाङ एरिया नं. १ देउखुरी–दाङको गढवा–६ मानपुरमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत २०७३ पौष १ गते टोल समिति गठन गरिएको छ । तेजु कामीको अध्यक्षतामा गठित ११ सदस्यीय टोल समितिमा उपाध्यक्ष चन्द्र बहादुर पुन, सचिव शेर बहादुर घर्ती, कोषाध्यक्ष केशमान विक र सहसचिवमा भिम गुरुङ रहनु भएको छ भने सदस्यहरूमा चन्द्र बहादुर विक, केश बहादुर कामी, नन्सरी विक, जस्मति विक, मान बहादुर विक र वीर बहादुर विक रहनु भएको छ । “नयाँ पिँढीबाट हजारौँ क्रान्तिकारीहरूलाई भर्ना गरौँ” भन्ने नारा सहित कार्तिक महिनादेखि सुरु भएको अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत तेजु कामीको अध्यक्षतामा सम्पन्न राजमो टोल भेलाका प्रमुख अतिथिमा जिल्ला समिति दाङका सचिवालय सदस्य गुणनिधि शर्मा, राजमो गढवा गाउँ समितिका सदस्य ऋषिराम पन्थी लगायतको विशेष उपस्थितिमा सो समिति गठन गरिएको थियो ।

प्रशिक्षणात्मक भेला सम्पन्न 
“नयाँ पिँढीबाट हजारौँ क्रान्तिकारीहरू भर्ना गरौँ, अक्टोबर क्रान्तिको शतवार्षिकी भव्य रूपले सफल पारौँ” भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले सञ्चालन गरी रहेको कार्यक्रम अन्तर्गत एरिया नं. १ को गङ्गा परस्पुर गाविस स्तरीय प्रशिक्षणात्मक भेला २०७३ पौष ३ साउदर्न बोर्डिङ स्कुल, उठैयामा सम्पन्न भएको छ । राजमो गङ्गापरस्पुर गाउँ समितिका अध्यक्ष टुकमान कुँवरको अध्यक्षता र रुद्र भण्डारीको सञ्चालनमा सुरु भएको भेलाको उद्घाटन तथा मुख्य प्रशिक्षक समेत रहनु भएका राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गर्नु भएको थियो ।
सहिदप्रति एक मिनेट मौनधारण गरी सुरु गरिएको भेलालाई राजमो एरिया नं. १ का इन्चार्ज महेश रिजाल, अखिल नेपाल किसान सङ्घका जिल्ला सचिव चन्द्र बहादुर केसी, अखिल नेपाल महिला सङ्घका जिल्ला सदस्य गौरी खड्का लगायतले मन्तव्य दिनु भएको थियो । भेलामा गाउँ समितिका सचिव चिन्तामणि पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । भेलाले पौष महिनादेखि आगामी २०७४ कार्तिक महिनासम्म अर्थात् अक्टोबर क्रान्ति सम्पन्न भएको महिना नोभेम्बर २०१७सम्म चल्ने गरी बाल सङ्गठन निर्माण, सदस्यता नवीकरण, सदस्यता वितरण, समिति गठन, आर्थिक सङ्कलन भित्ते लेखन, पत्रपत्रिका प्रकाशन लगायत अक्टोबर क्रान्तिसम्बन्धी तुल ब्यानर टाङ्ने काम लगायतका कार्य गरिने गाउँ समितिका अध्यक्ष कुँवरले जानकारी दिनु भयो ।

कैलालीमा अक्टोबर क्रान्तिको सभा
कैलाली । समाजवादी अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम अन्तर्गत जिल्लाका प्रारम्भिक सभा तथा भेला अन्तर्गत कैलाली जिल्लाको चुरे पहाडको निगाली गाविसमा सभा तथा निगाली गाविसको गाउँ भेला २०७३ मङ्सिर १८ गते सम्पन्न भएको छ । सभाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट र अन्य अतिथिहरू जिल्ला समितिका अध्यक्ष लक्षीराम आचार्य, सचिव हुकुम साउद, डोटीका सचिव केशव नाथ योगी, युवा नेता कमल साउद, विद्यार्थीका अध्यक्ष उमेश कँडेल, कोषाध्यक्ष एकेन्द्र कँडेल, अखिल नेपाल शिक्षक सङ्घका प्रतिनिधि आनन्दी गुरुङ, राजमो सहजपुरका प्रतिनिधि विमल साउद, राजमो निगालीका नेता राजेश आचार्य रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता राजमो जिल्ला सल्लाहकार लाल बहादुर ढाँट क्षेत्री, सञ्चालन सुप्रिम विक र स्वागत करन साउदले गर्नु भएको थियो । 
सभामा बोल्दै प्रमुख वक्ता मनोज भट्टले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको प्रष्ट पार्दै सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावले देशलाई विभाजनतर्फ धकेल्न खोजेको साथै उक्त प्रस्तावले प्रचण्डलाई लेण्डुप दोर्जेमा रूपान्तरण गरेको टिप्पणी गर्नका साथै तत्काल संविधान संशोधन प्रस्ताव फिर्ता नलिए राजमो देशव्यापी आन्दोलनमा जान बाध्य हुने बताउनु भयो । अन्य बक्ताहरूले सभामा बोल्दै अब देशमा अन्य कम्युनिस्ट पार्टीहरूले कम्युनिस्टको नामा कम्युनिस्ट नीति, विधान र विचारको दुरूपयोग गरेको कारण एक मात्र सच्चा कम्युनिस्ट पार्टी नेकपा (मसाल) र उसको वैधानिक मोर्चा राजमोलाई साथ दिन जनतालाई अपिल गर्नु भयो । उक्त सभामा विभिन्न पार्टी परित्याग गरी ९७ जना पार्टीमा प्रवेश गरेका छन् । 
भेलाले करन साउदको अध्यक्षतामा १७ सदस्यीय निगाली गाउँ समिति चयन गरेको छ, जसमा उपाध्यक्ष कृष्ण साउद, सचिव पुस्कर आचार्य, सहसचिव उत्तम साउद र कोषाध्यक्ष भास्कर थापा रहनु भएको छ । समितिको सदस्यमा राजेश आचार्य, कुशल साहु, एकेन्द्र कँडेल, ललित साउद, सुप्रिम विक, उत्तम बोहरा, बसन्त घर्ती मगर, भोज पुन, गजेन्द्र जेठारा, पदम पुन, भरत बलामी र दान बहादुर साउद रहनु भएको छ । उक्त भेलापछि सम्पन्न पहिलो बैठकबाट तीन जना सल्लाहकार सदस्यमा लाल बहादुर ढाँट क्षेत्री, अमृत धामी, तेज बम, रजबार चयन गरेको छ । साथै सभा अगाडि सरकारले पेस गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै निगाली गाविसको चटकपुरदेखि डोटीको विपीनगर बजारसम्म बृहत् मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको थियो ।

मधेशी फोरम र क्रान्तिकारी–माओवादीबाट राजमोमा प्रवेश
डडेल्धुरा । राष्ट्रिय जनमोर्चाले अपनाएको नीति तथा कार्यक्रमबाट प्रभावित भएर डडेल्धुरा जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू राजमोमा प्रवेश गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादीका डडेल्धुरा जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर बोहरा तथा उपेन्द्र यादव नेतृत्वको मधेशी जन अधिकार फोरम नेपाल पार्टीका जिल्ला अध्यक्ष लक्ष्मण कोली लगायतका जिल्ला नेताहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ । पार्टी प्रवेश गर्ने स्थानीय नेता कार्यकर्ताहरूलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीले स्वागत गर्नु भयो ।
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाई रहँदा डडेल्धुरामा राष्ट्रिय जनमोर्चामा प्रवेशको लहर नै चलेको केन्द्रीय सदस्य जाग्रीले जानकारी दिनु भयो । कार्यक्रम अन्तर्गत जिल्लाभरि घरदैलो, पर्चा वितरण, कोणसभा तथा सङ्गठन निर्माण भई रहेको पनि जाग्रीले बताउनु भएको छ । त्यसै क्रममा परशुराम नगरपालिका वडा नं. १० मा २०७३ मङ्सिर १८ गते सम्पन्न भेलाले राजमोको वडा समिति गठन गरेको छ । चन्द्रसिंह बोहराको अध्यक्षतामा गठित १५ सदस्यीय समितिको उपाध्यक्षमा वीर बहादुर धामी, सचिव प्रेम बहादुर भाट, सहसचिव अर्जुन सिंह बोहरा, कोषाध्यक्ष हर्क बहादुर रम्जाली तथा सदस्यहरूमा कृष्ण महरा, रायसिंह धामी, वीर बहादुर नाथ, नन्दराम बराल, जनक बराल, वीर बहादुर बराल, बासु पार्की, नर बहादुर दमाई रहनु भएको छ भने दुई स्थान रिक्त राखिएको छ । 
भेलाको अध्यक्ष्ँता राजमो परशुराम नगर समितिका सदस्य अर्जुन सिंह बोहरा सञ्चालन फागुसिंह महता र स्वागत चन्द्रसिंह बोहराले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य लाल बहादुर जाग्री रहनु भएको थियो भने जिल्ला सचिव धन बहादुर बोहराको समेत आतिथ्यता रहेको थियो ।
यसै गरी आलीटाल–१ मा नवल सिंह विकको अध्यक्षतामा राजमोको वडा समिति गठन गरिएको छ । २०७३ कार्तिक २६ गते सम्पन्न भेलाबाट सो समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा टेक बहादुर विक, सचिव टेक कार्की तथगा सदस्यमा नर बहादुर विक र खड्का विक रहनु भएको छ । त्यसै गरी, वडा नम्बर ६ मा पनि प्रेम बहादुर धामीको अध्यक्ष्ँतामा टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा शङ्कर खड्का, सचिव दान बहादुर महरा र कोषाध्यक्षमा सुरज बहादुर साउद रहनु भएको छ । समितिको सदस्यमा अर्जुन धामी, हरिमान धामी, चक्र बहादुर धामी, राजेन्द्र डागी, दानबहादुर साउद, डम्बर धामी र मनवीर सिंह धामी रहनु भएको थियो । 

कैलालीमा राजमोमा प्रवेशको लहर
धनगढी । कैलाली जिल्लामा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेशको लहरै चलेको राजमो केन्द्रीय सदस्य नन्दराज भट्टले बताउनु भएको छ ।
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका अवसरमा भएका कार्यक्रममा गोदावरी गाविसमा ५२ जना तथा मसुरिया र पहलमानपुरमा एक सय जना पार्टी प्रवेश गरेको राजमो नेता जगत प्रसाद जोशीले जानकारी दिनु भयो । कैलालीमा तीन वटा टोली बनाई शतवार्षिकी कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रमा अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, पश्चिमी क्षेत्रमा राजमो केन्द्रीय सदस्य नन्दराज भट्ट र पहाडी भेगमा जिल्ला अध्यक्ष लक्षीराम आचार्यको नेतृत्वमा अभियान सञ्चालन भई रहेको जनाइएको छ । 

सुर्खेतमा प्रशिक्षण सम्पन्न
सुर्खेत । अक्टोबर क्रान्तिको शतार्षिकी कार्यक्रम मनाउने सन्दर्भमा सुर्खेत जिल्लाको गुटु गाविसमा तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०७३ पुस १देखि ३ गतेसम्म जारी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरू तुल्सीराम सापकोटा, रत्न विक्रम प्यासी राना र लाल बहादुर नेपालीले प्रशिक्षण दिनु भएको थियो ।

बाँकेमा घरदैलो कार्यक्रम
नेपालगञ्ज । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउन बाँकेमा घरदैलो गरी जन भेटघाट भई रहेको नेकपा (मसाल) बाँकेका प्रवक्ता जगदीश ढकालले जानकारी दिनु भएको छ । २०७३ मङ्सिर १९ गते नेपालगन्ज उपमनपाको राझाबजारबाट सुरु गरिएको जन भेटघाट अभियान परस्पुर, भृकुटीनगर, मुक्तिपुर, मनिकापुर हुँदै जयतपुरसम्म सम्पन्न भएको छ । जन भेटघाटका क्रममा जयतपुरमा सम्पन्न कोणसभामा पार्टी प्रवक्ता ढकाल र राजमो बाँकेका उपाध्यक्ष कृष्णराज पाण्डेले सम्बोधन गर्नु भएको थियो । 

रुकुममा कोणसभा 
मुसिकोट । अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्रिय जनमोर्चा रुकुमले २०७३ पुष २ गते रुकुमकोटको पितृहमा कोणसभा गरेको छ । सो कोणसभालाई राजमो रुकुमका अध्यक्ष गिरी प्रसाद बुढा, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य शत्रुधन श्रेष्ठ, राजमो जिल्ला उपाध्यक्ष चन्द्र विक्रम शाही, अखिल (छैठौँ) का जिल्ला सदस्य सन्तोष शाही लगायत वक्ताहरूले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिव कुमार घलेले गर्नु भएको थियो । 

राजमोको गाउँ भेला सम्पन्न 
कञ्चनपुर । राष्ट्रिय जनमोर्चा देखतभुली गाउँ समितिको भेला २०७३ मङ्सिर ३० गते सम्पन्न भएको छ । वीर बहादुर बोहराको विशेष पहलमा सम्पन्न गाउँ भेलाले टुम्के बोहराको उपाध्यक्षतामा राष्ट्रिय जनमोर्चाले देखतभुली गाउँ समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा मान बहादुर कार्की, सचिवमा मान बहादुर पुजारा, सहसचिवमा राजेन्द्र ढुङ्गाना र कोषाध्यक्षमा दमन्ती भण्डारी चयन हुनु भएको छ । सदस्यहरूमा देवराज भट्ट, गोपाल भण्डारी, सरस्वती कार्की, विक, राम दमाई, नरेन्द्र प्रसाद जोशी, दान बहादुर बोहरा, डम्बर बहादुर नेगी, टेक बहादुर भण्डारी, राम बहादुर साउद रहनु भएको छ भने दुई स्थान रिक्त राखिएको छ । भेलाले वीर बहादुर बोहरा, ध्वज बहादुर कार्की र धनादेवी विष्टलाई सल्लाहकार चयन गरेको छ ।
भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजाराम चौधरीले सरकारले विदेशीको इशारामा पहाड र तराईलाई छुट्याउने गरी संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै त्यस विरुद्ध सुदूर पश्चिमवासीले समेत सशक्त प्रतिकार गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा राजमो जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, सचिव राम बहादुर कार्की, अखिल (छैठौँ) का केन्द्रीय सचिव महेश जोशी लगायतको उपस्थिति थियो ।
यसै गरी, दोधारा चाँदनी नगरपालिकामा २०७३ पौष ३ गते सम्पन्न भेलाले किसन सुनारको अध्यक्षतामा दोधारा–चाँदनी नगर समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा नर बहादुर ठकुरी, सचिवमा कुल बहादुर सुनार सहसचिवमा पदम सुनार र कोषाध्यक्षमा राम बहादुर सुनार चयन हुनु भएको छ । सदस्यमा ऐन बहादुर सुनार, टेक बहादुर सुनार, कर बहादुर सुनार, सन्तोष सुनार, नैनसिंह टमटा, रमेश नेपाली, भक्त सिंह सुनार, हस्त बहादुर चदार र वैकल्पिक सदस्यमा तिला टमटा, नैनसिंह सुनार, वीर बहादुर सुनार, हस्त बहादुर सुनार रहनु भएको छ भने सल्लाहकारमा एक स्थान रिक्त सहित इन्द्र बहादुर सुनार र नन्दकली सुनार चयन हुनु भएको छ । कार्यक्रममा राजमोमा केन्द्रीय सदय राजाराज चौधरी जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, सचिव राम बहादुर कार्की, अखिल (छैठौँ) का केन्द्रीय सदस्य महेश राज जोशी, जातीय समता समाजका महासचिव गोविन्द विक, जनक कुँवर, निरु कोली लगायतको सहभागिता थियो ।

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.