नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


उपलब्ध केन्द्रीय सदस्यहरु सहित ने.क.पा. (मसाल)को पी.वी.को बैठक यही जेष्ठ १ र २ गते सम्पन्न भयो । त्यो बैठकले देशका विभिन्न राष्ट्रिय प्रश्नहरुमा संघर्षलाई देशव्यापी रुपमा अगाडि बढाउनुका साथै संविधानसभाको चुनाव सम्बन्धी राजनीतिक कार्यक्रम पनि साथसाथै अगाडि बढाउने निर्णय गरेको छ । हाम्रो पार्टीको केन्द्रीय समितिले निर्दलीय सरकारको विरोध गरौं, संविधानसभाको चुनावलाई सुनिश्चित गर्न संघर्ष गरौं भन्ने नाराका आधारमा देशव्यापी रुपमा संघर्ष गर्ने नीति पहिले नै निर्धारित गरिसकेको छ । त्यो नीति अन्तर्गत नै हाम्रो पार्टीले संविधानसभाको चुनाव सम्बन्धी कार्यक्रमलाई पनि अगाडि बढाउने नीति अपनाउने छ ।
वर्तमान रेग्मी सरकारका मातहतमा तोकिएको समयमा संविधानसभाको चुनाव हुने कुरामा अझै पनि अन्यौल र अनिश्चयताको अवस्था छ । प्रथम, वर्तमान सरकार त्यो चुनाव गराउने विषयमा कहाँसम्म इमान्दार छ र चुनावसित जोडिएका विभिन्न कठिनाइ र समस्याहरुलाई सामना गरेर चुनाव गराउन कहाँसम्म सफल हुनेछ ? त्यो प्रश्नमा नै निश्चित रुपले केही भन्न सकिने अवस्था छैन । त्यो बाहेक एमाओवादीले संविधानसभाको चुनावलाई असफल पारेर स्वयं सत्तामा पुग्नका लागि परिस्थितिको सिर्जना गर्न षडयन्त्र गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा संविधानसभाको चुनावलाई सुनिश्चित गर्न देशव्यापी रुपमा जनदवावको सिर्जना गर्ने वा आन्दोलन संगठित गर्ने आजको राष्ट्रिय आवश्यकता भएको कुरामाथि हाम्रो पार्टीले विशेष जोड दिन चाहन्छ ।
हाम्रो पार्टीले वर्तमान निर्दलीय सरकारको विरोध गरेपनि संविधानसभाको चुनावप्रति सकारात्मक दृष्टिकोण अपनाउने, संविधानसभाको चुनाव गराउन सरकारले गर्ने सबै प्रयत्नहरुलाई सहयोग गर्ने र त्यसमा सहभागी हुने समेत निर्णय गरेको छ । अहिलेसम्म संविधानसभाको मिति समेतको घोषणा नभएकाले हाम्रो चुनाव सम्बन्धी अभियान औपचारिक रुपले प्रारम्भ भएको छैन । तैपनि हाम्रा लागि चुनावको कार्यक्रम पनि संघर्षको नै कार्यक्रम हो । त्यसैले हाम्रो पार्टीले चुनावको मितिको घोषणा नभएकोले औपचारिक रुपले चुनावको अभियान सुरु नभएपनि चुनावको मिति घोषणाको माग सहित नागरिकता र मतदाता सम्बन्धी राष्ट्रघाती निर्णयहरुका कारणले देशमा बढेको फिजीकरणको खतरा तथा प्रतिगमनको खतरा समेतका विरुद्ध संघर्षसित जोडेर चुनावको अभियानलाई अगाडि बढाउने नीति अपनाउने छ । चुनावको मितिको घोषणा भएपछि, हाम्रो चुनावको अभियान औपचारिक रुपले प्रारम्भ हुनेछ ।  तैपनि अब चुनाव सम्बन्धी राजनीतिक कार्यक्रमलाई पछाडि रहन दिनु सही हुने छैन । त्यसैले हाम्रो पार्टीले अब चुनाव सम्बन्धी राजनीतिक कार्यक्रम वा प्रचारलाई संगठित रुपले अगाडि बढाउन पहल गर्ने निणर््ँय गरेको छ । निश्चय नै संविधानसभाको चुनावको अभियानको औपचारिक कार्यक्रमको घोषणा चुनावको मितिको घोषणा भएपछि नै गरिने छ ।
विभिन्न राजनीतिक शक्तिहरुका गलत नीति वा भूमिकाका कारणले नै संविधानसभा चारवर्षको अवधिमा पनि संविधानको निर्माण गर्न असफल भएको, गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा बाधा पुगेको देशको राष्ट्रियता झन्पछि झन् कमजोर बन्दै गएको, देशमा दण्डहीनता र महंगी बढेको, देशको अर्थतन्त्र र जनजीवन क्षतिग्रस्त बनेको कुराप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान गएको छ । त्यसका साथै संघीयता सम्बन्धी नीतिका कारणले जातीय र क्षेत्रीय विग्रह र राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न भएको, जातिवादी वा क्षेत्रीयतावादी वा पृथकतावादी अवधारणा वा गतिविधिहरुका कारणले जातीय र क्षेत्रीय एकता वा देशको अखण्डतामा गम्भीर आँच पुगेको कार्यप्रति पनि हाम्रो पार्टीको ध्यान छ ।  भविष्यमा त्यस प्रकारका नीतिहरुका कारणले देश र जनतालाई अरु क्षति पुग्न नपावस् भन्नका लागि त्यस प्रकारका नीतिहरुका विरुद्ध व्यापक जनमत तयार पार्न त्यस प्रकारको गलत नीतिलाई पराजित गर्नुपर्ने अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसकारण उपरोक्त मुद्दाहरुका आधारमा विभिन्न राजनीतिक शक्तिहरुका गलत नीतिहरुको भण्डाफोर वा संघर्षका रुपमा नै हामीले संविधानसभाको चुनावको कार्यक्रमलाई अगाडि बढाउनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । आगामी संविधानसभाको चुनावमा विभिन्न राजनीतिक शक्तिहरुका गलत नीति  र भूमिकाका विरुद्ध कतिसम्म जनचेतना उत्पन्न हुनेछ र त्यस प्रकारका नीतिहरुलाई कहाँसम्म पराजित गर्न सकिने छ ? त्यसमाथि नै संविधानसभाको चुनावको सफलता, त्यसद्वारा लोकतान्त्रिक संविधान निर्माण, गणतन्त्रको सुदृढीकरण तथा काफीहदसम्म जनताको समस्याको समाधान पनि सम्भव हुनेछ । संविधानसभाको चुनावलाई त्यस प्रकारको अभियानका रुपमा अगाडि बढाउने हाम्रो कार्यक्रमलाई व्यापक समर्थन गर्न र त्यसमा सहभागिताका लागि हाम्रँे पार्टीले सम्पूर्ण जनतासित अपील गर्दछ ।
हाम्रो पार्टीले सरकारले एउटा भारतीय कम्पनीसित अपर कर्णालीबारे सम्झौता गरी अन्तिम चरणको परियोजना विकास सम्झौता पीडीए हुन थालेको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । सरकारले तामाकोशी, माथिल्लो मस्याङ्दी, अरुण तेस्रो समेतबारे पनि त्यही प्रकारको सम्झौता गर्न थालेका समाचारहरु प्राप्त भएका छन् । रेग्मी सरकार खालि चुनावका लागि बनेको अन्तरिम सरकार भएकाले त्यसलाई दीर्घकालिन असर पर्ने नीति सम्बन्धी त्यस प्रकारका सम्झौताहरु गर्ने अधिकार छैन । त्यसैले हाम्रो पार्टीले अपरकर्णाली समेत सरकारले गर्न थालेको जलसम्पदा सम्बन्धी त्यस प्रकारका सम्झौताहरुको कडा विरोध गर्दछ ।
मिति ः २०७० जेष्ठ २ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.