नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको २५ बुँदे संयुक्त वक्तव्य प्रति ने.क.पा. (मसाल)ले गम्भीर आपत्ती प्रकट गर्दछ र त्यसको कडा विरोध गर्दछ । त्यो संयुक्त वक्तव्यमा नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर खतरा पुग्ने सम्भावना निहित भएको कुरा प्रष्ट छ र त्यो वक्तव्यमा उल्लेखित कतिपय बुँदाहरूबाट नेपाल प्रतिको भारतीय विस्तारवादी स्वार्थलाई मद्दत पुग्ने र नेपालको राष्ट्रिय हितमा गम्भीर खतरा पुग्ने सम्भावनाप्रति ने.क.पा. (मसाल)ले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।
२. उक्त २५ बुँदे संयुक्त वक्तव्यमा सबै प्रमुख अन्तर्राष्ट्रिय विषयहरूमा नेपालले आफ्नो परराष्ट्र नीति भारतीय परराष्ट्र नीति अनुसार बनाउने कुरा स्वीकार गरिएको छ । त्यस प्रकारको नीति नेपालले जोड दिंदै आएको तठस्थ परराष्ट्र नीतिका विरुद्ध छ । त्यही क्रममा नेपालले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा स्थायी सदस्यताका लागि भारतको उम्मेदवारीलाई समर्थनको कुरा पनि बताइएको छ । सामान्यत सबै छिमेकी देशहरूप्रति र विशेषतः नेपालप्रति भारतले अपनाउँदै आएको विस्तारवादी र हस्तक्षेपकारी भूमिकामाथि विचार गर्दा नेपालले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्यतामा भारतलाई समर्थन गर्नु अत्यन्त गलत र अदुरदर्शीतापूर्ण कार्य हुनेछ । पहिलेका कतिपय सरकारहरूले पनि त्यस प्रकारको नीतिलाई समर्थन गरेको आधारमा आफ्नो त्यस प्रकारको नीतिलाई सही ठहराउने प्रचण्डको प्रयत्नलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न । पहिलेका कुनै पनि राष्ट्रघाती गलत सम्झौता, सन्धी वा नीतिहरूलाई निरन्तरता दिनु होइन, त्यसमा क्रमभङ्गता आजको राष्ट्रिय आवश्यकता हो ।
३. नेपालको संविधानलाई भारतीय विस्तारवादी आवश्यकतानुसार निर्माण गर्नको लागि भारतले लगातार जोड दिंदै आएको कुरा आम रूपमा थाहा भएको कुरा हो । त्यसका लागि नै भारतले संविधानको निर्माणमा बाधा हाल्ने, त्यसलाई जारी हुन नदिन दवाव दियो भने संविधान जारी भएपछि त्यसमा संशोधन गर्नको लागि नाकाबन्दी समेत लगायो । अहिलेको संयुक्त विज्ञप्तिबाट भारतको संविधान प्रतिको त्यस प्रकारको दृष्टिकोण यथावत रहेको र प्रचण्डले समेत त्यस प्रकारको धारणालाई कार्यान्वयन गर्न प्रतिबद्धता प्रकट गरेको देखिन्छ ।
४. संयुक्त वक्तव्यमा प्रचण्डले सबै पक्षहरूलाई सहमतीमा ल्याएर संविधानलाई कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । भारतले प्रारम्भदेखि नै सबै पक्षहरूको सहमतीमा संविधानको निर्माण गर्ने कुरामा जोड दिंदै आएको छ । त्यसरी सबै पक्षहरूको सहमती भन्नुको अर्थ भारतीय निर्देशनमा काम गरिरहेका मधेशवादीहरू समेतको सहमतीमा संविधानको निर्माण गर्नु नै हुन्छ । त्यसरी संविधानको निर्माण नभएकोले वा त्यस अनुसार संविधानमा संशोधन नभएकोले नेपालको संविधान अपूर्ण रहेको भनेर भारतीय विस्तारवादले त्यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयत्न पनि गर्दै आएको छ । अहिले प्रचण्डले भारतको तथा कथित सबै पक्षहरूको सहमतीका आधारमा संविधानलाई कार्यान्वयन गर्ने कुरा गरेर वास्तवमा भारतको विस्तारवादी आवश्यकता अनुसार संविधानमा संशोधन गर्ने प्रतिबद्धता प्रकट गरेको कुरा बुझ्न गाह्रो पर्दैन । मोदीले सबैको भावनालाई समेट्दै संविधान कार्यान्वयन गर्ने प्रचण्डको प्रतिबद्धताको स्वागत गरेका छन् । अन्तिम विदाइ कार्यक्रमको वक्तव्यमा पनि उनले पुनः त्यो कुरा दोहोर्‍याएर त्यसमा जोड दिएका थिए । त्यस प्रकारको पृष्ठभूमिमा अहिलेको संविधानमाथि भारतीय विस्तारवादी आवश्यकतानुसार संशोधन गर्न माओवादी र ने.का.को गठबन्धन सरकार प्रयत्नशील हुने कुरा प्रष्ट छ । त्यो अवस्थामा नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँचपुग्ने मात्र होइन, कट्टरपन्थी हिन्दूहरूको वर्तमान भारतीय सरकारले गणतन्त्र र धर्म निरपेक्षतामा समेत संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापनाको लागि दवावदिने कुरा पनि प्रष्ट छ ।
५. संयुक्त विज्ञप्तिमा महाकाली सन्धि, माथिल्लो कर्णाली समेतका राष्ट्रघाती सम्झौताहरूलाई कार्यान्वयन गर्ने कुरामा पनि जोड दिइएको छ । भारतको उद्देश्य सुरुदेखि नै नेपालको जलसम्पदामा एकाधिकार कायम गर्ने रहँदै आएको छ र अहिलेको संयुक्त विज्ञप्तिले त्यो कुरामा पुन जोड दिएको छ ।
६. भारतीय विस्तारवादले नेपालसम्बन्धी आफ्ना विस्तारवादी उद्देश्यहरूलाई कार्यान्वयन गर्न नै वर्तमान माओवादी–ने.का. सरकारको स्थापना गरेको हो र आफ्नो त्यस प्रकारको नीतिलाई कार्यान्वयन गर्नको लागि वर्तमान सरकारलाई पूरै दवाव दिने छ । आफ्नो सरकार बनाउनको लागि ने.का.सित संसदमा आवश्यक बहुमत नभएको हुनाले नै प्रचण्डलाई उपयोग गरिएको हो । उनलाई अस्थाई रूपमा प्र.म. बनाइएको हो र वास्तवमा उनको उपयोगिता ने.का.लाई सत्तामा ल्याउनको लागि उपयोग गर्नु मात्र हुनेछ । ने.का. सत्तामा आएपछि भारतीय विस्तारवादी नीतिहरूको कार्यान्वयन अरू तीव्र र उच्च प्रकारले अगाडि बढ्ने छ । इतिहासले यो कुराको लागि उनीहरूलाई कहिल्यै माफी दिने छैनन् कि भारतीय विस्तारवादी नीति वा राष्ट्रघाती नीतिहरूको कार्यान्वयनमा एउटा उपकरण बन्ने छन् । उनको त्यस प्रकारको भूमिकाबाट सम्पूर्ण देश, जनता, स्वयं माओवादी सङ्गठन र स्वयं प्रचण्डको राजनीतिक भविष्यमा पनि गम्भीर प्रकारको क्षति पुग्ने कुरा प्रष्ट छ । अहिले माओवादी वा प्रचण्डले त्यो कुरा नबुझे पनि इतिहासले उनलाई त्यो कुरा बताइदिने छ । प्रचण्डले गतकालका आफ्ना कैयौँ गल्तिहरूबारे आत्मआलोचना गरेका छन् । त्यसै गरेर भविष्यमा उनले पुनः अहिलेको गल्तिबारे आत्मआलोचना गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर स्वयं त्यो बेलासम्म धेरै ढिलो भइसकेको हुनेछ । भारतमा गएर प्रचण्डले जुन संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्, त्यो अहिले माओवादी ने.का. सरकारको सम्पूर्ण चरित्र र नीतिको एउटा प्रारम्भीक रूप मात्र हो । भविष्यमा त्यसका अरू घातक परिणामहरू अगाडि आउने र देशमा गम्भीर प्रकारको असहज र घातक राजनीतिक सङ्कटको स्थिति आउने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर अहिले मधेशवादी, ने.का. वा माओवादीहरूले जुन प्रकारको भूमिका खेलिरहेका छन्, त्यो सहायक र गौण पक्ष मात्र हो । प्रधानपक्ष भारतीय विस्तारवादको भूमिका नै हो र त्यसले भारतमा ब्रिटिस शासनको अन्त भएदेखि नै योजनावद्ध प्रकारले नेपाललाई भारतमा गाभ्नको लागि लगातार प्रयत्न गर्दै आएको छ । खास गरेर सरदार पटेलको नेपाललाई निजामको हैदराबाद जस्तै भारतमा मिलाउने जुन विचार प्रकट गरेका थिए, अहिले भाजपाले सरदार पटेलको त्यही नीतिलाई निर्णयात्मक रूपले कार्यान्वयन गर्ने प्रयत्न गर्दै छ । संविधानमा त्यसले गर्न चाहेका संशोधनहरू पनि त्यही उद्देश्यद्वारा निर्देशित छन् । तर सरदार पटेलले आजभन्दा साढे ६ दशक पहिले देखेको सपना नेपाली जनताको राजनीतिक जागरुकता, देशभक्ति पूर्ण भावना र राष्ट्रिय आन्दोलनका कारणले जसरी अहिलेसम्म पूरा हुन सकेको छैन, त्यसै गरेर अहिले र भविष्यमा पनि भारतीय शासक वर्गले चाहँदैमा सबै घटनाक्रमहरूको विकास उनीहरूको रोडम्याप अनुसार अगाडि बढ्ने छैनन भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । त्यसका लागि ने.क.पा. (मसाल)ले सम्पूर्ण नेपाली जनता र देशभक्त शक्तिहरूसित उच्च प्रकारको सतर्कता ऐक्यवद्धता र आन्दोलनको लागि अपील गर्दछ ।

मिति ः २०७३ आश्विन ४ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.