नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणबारे सर्वप्रथम र मूख्य रूपले के प्रष्ट भएकोे छ भने, उनको सद्भाव र मैत्रीपूर्ण यात्रा भनेर प्रचार गरिएको भ्रमणको मूख्य उद्देश्य नेपालमा भारतको विस्तारवादी नीतिको निरन्तरता नै हो । त्यसको अर्को महत्वपूर्ण पक्ष के हो भने, भारतले आफ्नो भ्रमणको पूर्व बेलामा पठाएको विद्युत व्यापार सम्झौताको प्रस्तावले उनीहरूको त्यस प्रकारको नियतलाई छर्लड्ड पारेको छ । त्यो भ्रमणसित जोडिएको अर्को महत्वपूर्ण पक्ष के हो भने, भारतले पठाएको विद्युत व्यापारसम्बन्धी प्रस्तावका कारणले त्यसका विरुद्ध नेपाली जनतामा एक प्रकारको व्यापक लहर नै उत्पन्न भयो । त्यसको परिणाम यो भयो कि मोदीको भ्रमणको बेलामा त्यो सम्झौतामा हस्ताक्षर गर्ने भनिएको भए पनि त्यो सन्धिलाई त्यसै टुड्डाउनु सम्भव भएन । त्यो मोदीको भ्रमणको ठूलो असफलता हो । उनीहरूले त्यो कार्यलाईपछि निर्णय गर्ने भनि तत्कालको लागि स्थगित बाध्य भएका छन । हामीले विद्युत व्यापार सम्झौता, अप्पर कर्णाली समेतलाई केहीपछि अन्तिम रूप दिन भएको सहमतिका विरुद्ध पनि व्यापक जनमत तयार गर्न जनदबावको सृजना गर्ने आवश्यकतामा जोड दिन्छ, जसको परिणामस्वरूप नेपालको राष्ट्रियता र राष्ट्रिय हितमा आँच पुग्ने कुनै प्रकारका सन्धि र सम्झौताहरूलाई पुरै खारेज गर्न सकियोस् । 
दुई सरकारहरूबीचमा १९५० को सन्धि सहित पहिलेका सबै सन्धि र सम्झौताहरूलाई पुर्नवालोकन गर्ने सहमति भएको छ । हाम्रो जोड यो कुरामा छ कि १९५० को सम्झौता पुरै खारेज हुनुपर्दछ र, त्यसको ठाउँमा दुवै देशहरूका बीचमा समानतामाथि आधारित नयाँ सम्झौता गरिनु पर्दछ । नेपाल भारतभन्दा धेरै नै कम विकसित, आर्थिक दृष्टिकोणले धेरै नै कमजोर, विकासका दृष्टिले धेरै पिछडिएको र भूपरिवेष्ठित मूलक पनि हो । उपर्युक्त कुराहरूमाथि ध्यान दिंदै अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार नेपाललाई विशेष सुविधाहरू दिने गरेर नै १९५० को सन्धि र अन्य सम्झौताहरू पनि गरिनु पर्दछ । 
अहिलेसम्म नेपाल र भारत बीचमा जुन असमान सम्झौताहरू हुने गरिएका छन, त्यसका लागि भारतलाई मात्र दोष दिन सही हुने छैन । प्रथम, नेपालको अस्थिर र तरल राजनैतिक अवस्थाबाट फाइदा उठाएर वा नेपालका शासक वर्गहरूको भयदोहन गरेर नै भारत नेपालसित बारम्बार त्यस प्रकारका सन्धिहरू गर्न सफल हुने गरेको छ । राणाहरूको सत्ता सङ्कटमा परेको बेलामा उनीहरूको भयदोहन गरेर १९५० को सन्धि गरिएको थियो । अहिले पनि नेपालको राजनैतिक स्थिति अस्थिर भएको अवस्थामा नै भारतले विद्युत र व्यापार सम्झौता पठाएर नेपालको विद्युतसम्बन्धी सबै परियोजनाहरू तथा जलस्रोतहरूमा एकाधिकार कायम गर्ने प्रयत्न गरेको थियो । नेपालका राजनैतिक शक्तिहरूको अत्यन्त अवसरवादी, देश र जनताप्रति गैरजिम्मेवार दृष्टिकोण, सत्ता र आफ्ना स्वार्थहरूको लागि देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय हितको सौदाबाजी गर्न आपसमा प्रतिस्पर्धा गर्ने प्रवृत्तिहरू समेतका कारण नै बारम्बर नेपालको राष्ट्रिय हितका विरुद्ध असमान तथा राष्ट्रघाती सम्झौताहरू हुने गरेका छन । अहिले विद्युत र व्यापार सम्झौताको प्रस्तावपछि पनि नेपाली शासक वर्गहरूका उच्च स्तरीय नेताहरूले मोदीको भ्रमणका बेलामा नै त्यसलाई पारित गर्ने प्रकारका अभिव्यक्तिहरू दिएका थिए । यसले पनि नेपालका राजनैतिक शक्तिहरूको देश र जनताप्रतिको गम्भीर प्रकारको गैर जिम्मेबार तथा भारतपरस्त प्रवृत्तिलाई नै बताउँछ । तैपनि नेपाली जनताको उच्च प्रकारको देशभक्तिपूर्ण भावना र कडा विरोधका कारणले मोदीको भ्रमणका बेलामा नै त्यो सम्झौतालाई अन्तिम रूप दिने भारतीय शासक वर्ग र नेपालका विभिन्न राजनैतिक शक्तिहरूका कतिपय नेताहरूको प्रयत्न सफल हुन पाएन, तैपनि सङ्कट टलेको छैन । त्यो अर्थमा एकातिर भारतका विस्तारवादी नीतिहरू र अर्कोतिर नेपालका राजनैतिक शक्तिहरूको अवसरवादीपना, गैरजिम्मेबार र सम्झौतापरस्त प्रवृतिहरूका विरुद्ध उच्च स्तरको सङ्घर्ष र भण्डाफोरको नीतिमा जोड दिनु पर्ने आवश्यकता छ । त्यसरी नै देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्न सम्भव हुनेछ । 
नेपालको संसदमा मोदीको भाषण मुख्य रूपले प्रचारात्मक प्रकारको नै थियो । तैपनि त्यो भाषणको सिलसिलामा उनले प्रकट गरेका कतिपय अभिव्यक्तिहरू सकारात्मक प्रकार भएको कुरालाई हामीले स्वीकार गर्नु पर्दछ । प्रथमतः उनले बुद्धको जन्म नेपालमा नै भएको कुरालाई स्वीकार गरेका छन । भारतमा सरकारी र गैरसरकारी स्तरमा बुद्धको जन्म भारतमा नै भएको भनेर प्रमाणित गर्न योजनावद्ध प्रकारले अभियान चलाइरहेको बेलामा उनको त्यो अभिव्यक्तिले गम्भीर अर्थ र महत्व राख्दछ । र, हामीले त्यो अभिव्यक्तिलाई स्वागत गर्दछौँ । मोदीले आफ्नो संसदीय भाषणमा गणतन्त्रको पक्षमा पनि स्पष्ट मत दिएका छन । भारतमा हिन्दूवादी पार्टीको सरकार बनेकोले नेपालमा राजतन्त्रको पुर्नस्थापनाको लागि राजावादीहरू उत्साहित भैरहेको बेलामा गणतन्त्रको पक्षमा उनले प्रकट गरेको विचारले गम्भीर अर्थ राख्दछ । उनले नेपालको लोकतन्त्रप्रति सारा विश्वको ध्यान केन्द्रीत भएको कुरा बताउँदै संविधानको निर्माणको आवश्यकतामा जुन जोड दिएका छन, त्यसलाई पनि सकारात्मक प्रकारले लिनु पर्दछ । 
नेपालमा मोदीले गणतन्त्रको कुरा गर्ने बेलामा सङ्घीयताका कुरा पनि उठाएका छन । स्वयं भारतमा सङ्घीय प्रणाली भएको, नेपालका अधिकतर राजनैतिक दल वा सङ्गठनहरू सङ्घीयताको पक्षमा भएको तथा अन्तरिम संविधानमा पनि सङ्घीय गणतन्त्रको अवधारणालाई स्वीकार गरेको पृष्ठभूमिमा सङ्घीयताप्रतिको उनको विचारलाई अस्वभाविक मान्न सकिन्न । तर, जहाँसम्म हाम्रो पार्टी र नेपालका जनताको सम्बन्ध छ, संविधानसभाभित्र र बाहिर पनि सङ्घीयताका विरुद्धको हाम्रो सङ्घर्ष लगातार अगाडि बढिरहने छ । 
मधेशवादी नेताहरूसितको भेटमा मोदीले कुनै एउटा क्षेत्रको मात्र होइन, सम्पूर्ण देश वा हिमाल, पहाड र तराई समेतको समग्र हित र विकासका लागि काम गर्नु पर्ने सल्लाह दिएका छन । भारतको सहयोगमा नै मधेशवादीहरूले आफ्नो क्षेत्रीयतावादी र पृथकतावादी गतिविधिहरू सञ्चालन गर्दै आएको अवस्थामा भारतीय प्रधानमन्त्रीले उनीहरूलाई दिएको सल्लाहले ठूलो अर्थ राख्दछ । उनीहरूले त्यो सल्लाहलाई सकारात्मक रूपमा लिएर मधेशवादी नेताहरूले क्षेत्रीयतावादी र पृथकतावादी नीतिलाई त्यागेर सम्पूर्ण देशको हित र विकासका लागि काम गरे भने त्यो स्वागतयोग्य कुरा हुने छ । 
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो संसदीय भाषणमा र बाहिर पनि कुनै उच्चारण नगरेको एउटा महत्वपूर्ण पक्षतिर पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । उनले शान्ति, गणतन्त्र, संविधान वा सङ्घीयता जस्ता विचारहरू व्यक्त गर्ने बेलामा धर्मनिरपेक्षताबारे कतै एक शब्द पनि उच्चारण गरेका छैनन् । त्यसले वास्तवमा नेपाललाई हिन्दू राज्य घोषित गर्ने उनीहरूको छद्य उद्देश्य रहेको, तर नेपालको राजनैतिक परिस्थिति र राज्यले पनि धर्मनिरपेक्षतालाई स्वीकार गरेको तथा धर्मनिरपेक्षताको पक्षमा व्यापक जनमत भएको हुनाले नै धर्मनिरपेक्षताबारे उनी मौन रहेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसले आउने दिनहरूमा नेपाललाई हिन्दू राज्य घोषित गराउन उनीहरूले षडयन्त्र गर्ने शङ्का गर्नका लागि ठाउँ छ । भारत स्वयं धर्मनिरपेक्ष देश हो र मोदी त्यो देशका प्रधानमन्त्री हुन् । त्यो अवस्थामा नेपालमा अन्य विषयमा जस्तै धर्मनिरपेक्षताको पक्षमा पनि उनले स्पष्ट विचार राख्न नसक्नुलाई राजनैतिक रूपले कुनै पनि अवस्थामा सही मान्न सकिन्न ।  
मोदीले विभिन्न क्षेत्रहरूमा नेपालको विकासमा सहयोग गर्ने जुन प्रतिबद्धता प्रकट गरेका छन, त्यसलाई हाम्रो पार्टीले सकारात्मक रूपले लिन्छ । अन्तर्राष्ट्रिय कानून र प्रचलनले पनि नेपाल जस्तो कम विकसित, पिछडिएका र भूपरिवेष्ठित देशका लागि विशेष सहयोग गर्नु भारतको दायित्व हुन्छ । उनले आफ्नो भ्रमणको बेलामा ठूलो धनराशी सहुलियतको ऋणको रूपमा नेपाललाई दिने घोषणा गरेका छन । प्रथमतः विदेशबाट आउने सहायता वा ऋणको नेपालमा ठूलो पैमानामा दुरूपयोग वा भ्रष्टाचार हुने गर्दछ, त्यस प्रकारको पृष्ठभूमिमा भारतले दिने सहायता वा ऋणको कहाँसम्म नेपालको विकासमा सदुुपयोग हुन सक्ने छ ? त्यो भन्न मुश्किल पर्दछ । अर्कोतिर ऋणका साथ भारतले जुन शर्तहरू लगाएको छ, त्यसले त्यो ऋणको उपयोगितालाई अवश्य पनि कम गर्ने छ । त्यो ऋणका साथ त्यो रकमको ५० प्रतिशत भारतबाट सामाग्रीहरू किन्नु पर्ने शर्त लगाइएको छ । त्यो शर्तमाथि विचार गर्दा त्यो ऋणको मूख्य उद्देश्य नेपालको विकासमा सहयोग गर्नुभन्दा पनि नेपाललाई भारतीय उत्पादनहरूको बजार बनाउने उद्देश्यले बढी काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । 
अन्त्यमा हामीले के कुरा प्रष्ट गर्न चाहन्छौँ भने नेपाल र भारतका जनताको बीचमा प्राचीनकालदेखि नै घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ तर, दुवै देशका शासक वर्गहरूका स्वार्थपूर्ण नीतिहरूका कारणले त्यो मैत्रीपूर्ण सम्बन्धमा बारम्बार विरोध वा कटुता उत्पन्न हुने गरेको छ । गोर्खा राज्यको बेलामा नेपाली सेनाले कुमाउ र गडवालमा जनतामाथि गरेका अत्याचारहरूका कारणले अहिले पनि त्यहाँका जनतामा नेपालप्रतिको घृणाको अवशेष पाइन्छ । ब्रीटिश शासनको मद्दतका लागि जङ्ग बहादुरले भारतको स्वतन्त्रता आन्दोलनमा गरेको क्रूर दमनले पनि दुवै देशका जनताको सम्बन्धमा धेरै नै असर पुर्‍यायो । ब्रीटिश शासनको अन्त्यपछि भारतीय शासक वर्गहरूले नेपालप्रति लगातार अपनाउँदै आएको विस्तारवादी नीतिले पनि नेपालका जनतामा भारतीय विस्तारवादप्रति व्यापक असन्तोष र क्षोभ पैदा भएको पाइन्छ । नेपालका प्रमुख राजनैतिक दलका भारतपरस्त नीतिले पनि दुवै देशका जनताको मैत्रीपूर्ण सम्बन्धमा अरू नकारात्मक असर परेको छ । तर, उपर्युक्त सबै कुराका बावजूद नेपाल र भारतका जनताका बीचको मैत्रीपूर्ण सम्बन्ध स्थायी महत्वको कुरा हो । र, अन्ततः दुवै देशका जनताको मैत्रीपूर्ण सम्बन्ध नै प्रधान पक्ष हो । दुवै देशका जनताको उच्च प्रकारको चेतना र कुनै देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय हितमा आँच पुर्‍याउने दुवै मध्ये कुनै पनि देशका शासक वर्गका गलत नीतिहरूका विरुद्ध दुवै देशका जनताको एकतावद्ध सङ्घर्ष र त्यो सङ्घर्षको क्रममा कायम हुने व्यापक एकताले नै दुवै देशका जनताको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्न सक्नेछन । यस सन्दर्भमा यो उल्लेखनीय छ कि भारतका माक्र्सवादीलेनिनवादी सङ्गठनहरूले भारतीय विस्तारवादको नेपालप्रतिको विस्तारवादी नीति विरुद्ध सम्झौताहीन प्रकारले विरोध गर्दै आएका छन । नेपाल र भारतका जनताको मैत्रीपूर्ण सम्बन्धको पक्षमा त्यो महत्वपूर्ण कडीलाई जनस्तरमा व्यापक पारेर दुवै देशका जनतको मैत्रीपूर्ण सम्बन्धलाई अरू उच्च स्तरमा विकास गर्न सकिने कुरामा हाम्रो पार्टीको दृढ विश्वास छ ।

मिति ः २०७१०४२० गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.