नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
Website: cpnmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

नेकपा (मसाल) ले सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी बृद्धि गरेकोमा त्यसको कडा विरोध गर्दछ । उक्त मूल्यबृद्धिबाट देशको अर्थतन्त्र र जनजीवनमा चौतर्फी असर पर्नेछ र त्यसबाट यातायातका साथै उपभोग्य सामानहरूमा चर्को महङ्गी बढ्नेछ । पहिले नै गम्भीर प्रकारको महङ्गीको शिकार भैरहेका जनताको जीवन अहिले भएको मूल्य बृद्धिबाट अरु कष्टकर बन्नेछ ।
केही दिन पहिले मात्र दूधको मूल्यमा बृद्धि गरिएको थियो । अहिले पुनः पेट्रोलजन्य पदार्थको मूल्यबृद्धि गरिएको छ । अहिले खाना पकाउने ग्यासको मूल्यमा बृद्धि नगरिएको भए पनि त्यसमा पनि बृद्धि हुने सम्भावना छ ।
सरकारले अहिले अपनाएको मूल्यबृद्धिलाई हाम्रो पार्टीले अत्यन्त गैरजिम्मेवार र जनविरोधी कार्य ठान्दछ र त्यसलाई तुरुन्त फिर्ता लिनु पर्ने आवश्यकतामा जोड दिन्छ ।
माओवादी र एमाओवादीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तीप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यो विज्ञप्तीमा उनीहरूले एकातिर, सशस्त्र द्वन्द्वको कालमा जनतामाथि गरिएका अपराधजन्य र मानव अधिकारसम्बन्धी कारवाहीहरूका विरुद्ध उनीहरूका कार्यकर्ताहरूमाथि कुनै कारवाही हुन नदिने तथा स्थानीय चुनाव हुन नदिन एक्यवद्धता कायम गर्ने कुरा स्पष्ट गरेका छन् । त्यस प्रकारको उनीहरूको एक्यवद्धतालाई हाम्रो पार्टीले सिद्धान्तहीन र अपवित्र गठबन्धन ठान्दछ । शान्ति सम्झौतापछि सशस्त्र द्वन्द्वको कालमा दुई वटा परस्पर विरोधी पक्षहरूको बीचमा भएका सबै हिंसात्मक कार्यहरूबारे पुनः कुनै कारवाही चलाउनु पर्ने वा दण्ड सजाय गर्नु पर्ने आवश्यकता बाँकी रहन्न । तर कुनै पनि पक्षद्वारा निशस्त्र र निरपराध जनतामाथि गरिएका अपराजधजन्य वा मानव अधिकारको हननका कार्यहरूको विषयहरू युद्धरत दुवै पक्षहरूका बीचमा सम्झौता हुँदैमा टुङ्गिन्न । दैलेखको डेकेन्द्रराज हत्याकाण्ड, चितवनको बाँदरमुढे घटना र अधिकारी दम्पत्तिका छोराको हत्या, मैना सुनारको हत्या आदि त्यही प्रकारका कारवाहीहरू हुन् र त्यस प्रकारका सबै कारवाहीहरूमा सम्बन्धित व्यक्तिहरूमाथि निष्पक्ष र उच्च स्तरको छानबिन भएर दोषी प्रमाणित भएका व्यक्तिहरूमाथि कारवाही हुनु पर्दछ भन्ने हाम्रो पार्टीले माग गर्दै आएको छ र अहिले पनि हामीले त्यो कुरामा जोड दिन्छौँ । आफ्ना त्यस प्रकारका कार्यकर्ताहरूलाई बचाउनका लागि माओवादीहरूले सत्ता पक्षबाट भएका त्यस प्रकारका कारवाहीहरूका लागि पनि माफी दिनु पर्ने कुरामा जोड दिँदै आएका छन् । कुमार लामाको उदाहरण त्यस सन्दर्भमा उल्लेखनीय छ । आफ्ना कार्यकर्ताहरूका अपराधजन्य कार्यहरूका लागि कुनै कारवाही वा सजाय हुन नदिन नै अहिले माओवादीका दुवै पक्षहरू आपसमा कार्यगत एकता गर्दैछन् । सही सैद्धान्तिक र न्यायको कुरा यो हुन्थ्यो कि उनीहरूले जनतामाथि भएका सबै अपराधजन्य कारवाहीहरूका लागि सार्वजनिक क्षमा मागेर आफ्नो पक्ष वा सेनाद्वारा भएका सबै अपराधजन्य कारवाहीहरूका लागि सम्बन्धित व्यक्तिहरूलाई सजाय दिलाउन प्रयत्न गर्नु पर्दथ्यो ।
माओवादी पक्षले पहिले पनि संविधान सभाको चुनावको विरोध गरेको थियो र अहिले पनि त्यसलाई खारेज गर्नु पर्ने कुरामा जोड  दिइरहेको छ । त्यो अवस्थामा उनीहरूले स्थानीय चुनावको विरोध गर्नु कुनै आश्चर्यको कुरा होइन । तर एमाओवादीले संविधान सभाको चुुनावमा भाग लिएको थियो र आफ्नो घोषणा पत्रमा संविधान सभाको चुनावपछि संविधान बन्नुभन्दा पहिले नै स्थानीय निकायहरूको चुनाव हुनु पर्ने कुरामा प्रतिवद्धता प्रकट गरेको थियो र अहिले माओवादीसित मिलेर स्थानीय निर्वाचनको विरोधमा कार्यगत एकताको नीतिले उनीहरूको चरम प्रकारको सिद्धान्तहीनतालाई नै बताउँछ ।
एमाले र ने.का. को सरकारले ६ महिनाभित्र स्थानीय निकायहरूको निर्वाचन गर्ने घोषणा गरिरहेको वेलामा उपप्रधानमन्त्री र गृहमन्त्रीले त्यो अवधिभित्र स्थानीय निकायको निर्वाचन हुन नसक्ने अभिव्यक्ति दिएका छन् । त्यस प्रकारको अभिव्यक्तिलाई हाम्रो पार्टीले अत्यन्त गैरजिम्मेवार र आपत्तिजनक प्रकारको अभिव्यक्ति ठान्दछ र त्यसको विरोध गर्दै सरकारले घोषणा गरे अनुसार ६ महिनाभित्र स्थानीय निकायहरूको निर्वाचन हुनु पर्ने आवश्यकतामा जोड दिन्छ । लामो समयदेखि स्थानीय निकायहरू जनताको प्रतिनिधिविहीन तथा भ्रष्टाचारको अड्डा बनेका छन् । त्यो अवस्थामा स्थानीय निकायहरूको निर्वाचन राष्ट्रिय आवश्यकता बनेको छ र हामीले शीघ्र उक्त निर्वाचन गर्नका  लागि सम्बन्धित सबै पक्षहरूको ध्यान आकर्षित गर्न चाहान्छौँ ।

२०७० चैत्र १
मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.