नेपाली :: English
Masal
Mon / 2019-Jan-21
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

हालै भारतका कतिपय राज्यहरूमा भएको चुनाव लोकसभा समेतको उपचुनावमा मोदीको नेतृत्वको भारतीय जनता पार्टीको ठूलो पराजय भएको छ । राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा भारतीय जनता पार्टी सरकारबाट हटेको छ । निश्चय नै, ती राज्यहरूमा भारतीय जनता पार्टीको सरकारको ठाउँमा भारतीय काँग्रेसको नै सरकार बनेको छ । त्यसकारण त्यसले भारतको राजनीतिमा कुनै आमुल परिवर्तन ल्याउँदैन । तै पनि भाजपाको त्यो पराजयले मात्रात्मक वा नकारात्मक रूपमा सकारात्मक महत्व राख्दछ । 
भारतीय जनता पार्टी भारतीय काँग्रेस दुवै प्रतिक्रियावादी पार्टीहरू हुन् र दुवैले नेपालप्रति विस्तारवादी नीति अपनाउँछन् । तर उनीहरूका बीचमा भएका कतिपय राजनीतिक अन्तरप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । भारतीय जनता पार्टी कट्टर हिन्दूवादीहरूको पार्टी हो र त्यसले नेपालमा धर्मनिरपेक्षतालाई समाप्त गरेर हाम्रो देशलाई हिन्दू राष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापना गर्न चाहन्छ । त्यो अर्थमा नेपालको राजनीतिक सन्दर्भमा भारतीय जनतापार्टी वा मोदी सरकार बढी खतरनाक छ । त्यसकारण भारतमा भएका चुनावहरूमा त्यो पार्टीको हार नेपालका लागि आंशिक रूपमा भए पनि प्रसन्नताको कुरा हो । नेपालका राजावादी र कट्टर हिन्दूवादीहरूले मोदी सरकारको वलमा नै नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजतन्त्रको पुनरस्थापना गर्ने आशा गर्दै आएका थिए । भाजपाको हारले उनीहरूलाई पनि एउटा धक्का पुगेको छ ।
भारतमा छिटै आम चुनाव हुँदैछ । भारतमा मोदी सरकारको हार भए पनि त्यहाँ कुनै वामपन्थी वा क्रान्तिकारी सरकार आउने सम्भावना छैन । जे होस् आगामी आम चुनावमा भाजपाको हार हुन्छ भने कम से कम, नेपाललाई हिन्दू राष्ट्र बनाउने तथा राजतन्त्रको पुनरस्थापनाको राजावादी वा कट्टर हिन्दूवादीहरूको अभियानमा केही न केही ठूलै धक्का पुग्नेछ । त्यो अर्थमा भारतको आम चुनावमा भाजपाको हारले सामान्यतः नेपालको लागि पनि सकारात्मक अर्थ र महत्व राख्दछ । तै पनि नेपालमा प्रतिगमनका विरुद्धको निणायात्मक सङ्घर्ष नेपालका जनताले नै वा गणतन्त्र र धर्मनिरपेक्षताका शक्तिहरूले नै गर्नु पर्दछ ।
भारतमा हालै भएका कतिपय राज्यहरूको चुनावमा मोदी सरकारको जुन हार भएको छ, त्यसबाट आगामी आम चुनावमा पनि त्यसको पराजयको सङ्केत मिलेको छ र हामीले पनि आशा र कामना गर्दछौँ आगामी चुनावमा भाजपा सत्ताबाट बाहिरियोस् । 
नेपालमा अहिले चलिरहेको नेपाली काँग्रेसको महासमितिको चुनावप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । त्यसले आफूलाई नेपालको सबैभन्दा बढि प्रजातान्त्रीक पार्टी भएको दावी गर्दछ । तर त्यसको सम्पूर्ण कार्यशैलीले बताएको छ, त्यसको सम्पूर्ण सङ्गठन प्रणाली र कार्यशैली चरम प्रकारको अधिनायकवादी छ । अहिले त्यो पार्टीको महासमितिको बैठकमा त्यसका प्रतिनिधिहरूले प्रकट गरेका अशन्तोष र अभिव्यक्तिहरूबाट पनि त्यो कुरामा कुनै शङ्का रहँदैन । उनीहरूले त्यस प्रकारको कार्यशैली वा नेतृत्वमा नै परिवर्तनका लागि जोडदार प्रकारले आवाज उठाइरहेको छन् । तर नेकाभित्र तलसम्म नै नेतृत्वको अधिनायकवादी शैली वा गुटबन्दीले यति धेरै घर जमाएको छ कि ने.का.को त्यस प्रकारको कार्यशैली वा नेतृत्वमा परिवर्तनको सम्भावना कमै देखिन्छ । निश्चिय नै, यो ने.का.ले नै विचार र निर्णय गर्ने कुरा हो । त्यसबारे उनीहरूले कहाँसम्म सहि निर्णय गर्न सक्नेछन् त्यसले उनीहरूको भविष्यलाई केही न केही निर्धारित गर्नेछ, तर पुरै होइन । किन भने उनीहरूले आफ्नो स्थितिमा सुधार गर्नको लागि आफ्नो नीतिगत पक्षमा नै सुधार गर्नु पर्नेछ । तर नेकाको सम्पूर्ण चरित्रमाथि बिचार गर्दा त्यसको कुनै सम्भावना देखिन्न । 
यो कुरालाई हामीले स्वीकार गर्नै पर्छ कि नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेकाको महत्वपूर्ण वा ऐतिहासिक योगदान रहेको छ । त्यो क्रममा कैयौँपल्ट हामीले नेकाको भूमिकालाई समर्थन गरेका छौँ वा उनीहरूसित कार्यगत एकता वा कोअर्डीनेशन गरेर पनि काम गर्ने गरेका छौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनका बेग्लै कालखण्डहरूमा ने.का.का नेताहरू विपि कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला समेतका महत्वपूर्ण भुमिकाहरू रहेका छन् । तर नेपाली काँग्रेसभित्र तुल्सि गिरी, विश्वबन्धु थापा वा शेर बहादुर देउवा जस्ता व्यक्तिहरू पनि पैदा हुने गरेका छन्, जसले नेकाको इतिहासमा बारम्बार कलङ्क लगाउने गरेका छन् । तर आज ने.का.को विडम्बना यो हो की त्यस प्रकारका कतिपय व्यक्ति नै अहिले त्यसको नेतृत्वमा छन् । 
प्रश्न अहिले नेका कुन प्रकारको व्यक्तिको नेतृत्वमा छ भन्ने मात्र होइन्, त्यसले अहिले पनि कैयौँ यस प्रकारका नीतिहरू अपनाउने गरेको छ, जस्तै नेपालको राष्ट्रियता, सार्वभौमिता, अखण्डतामा गम्भीर प्रकारले आँच पुर्याउने गर्दछन् । त्यस सन्दर्भमा उनीहरूले अपनाएका भारत परस्त नीतिहरू तथा मधेशवादीहरूका राष्ट्रघाती मागहरूप्रति अपनाएका सम्झौता परस्त नीतिहरू विशेष रूपमा उल्लेखनीय छन् । त्यति मात्र होइन्, विपि, गणेशमान वा गिरीजाहरूले बेग्ला–बेग्लैै समयमा उनीहरूको शासन, प्रतिगमन वा राजचन्त्रका विरुद्धको सङ्घर्षमा बेग्लै बेग्लै प्रकारले योगदान पुर्याउने काम गरेका थिए । तर अब नेकामा प्रजातान्त्रिक आन्दोलनलाई प्रतिगमनको दिशामा लैजाने प्रवृत्तिहरू शक्तिशाली हुँदै गइरहेका छन् । उनीहरूमा गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना गर्ने वा धर्मनिरपेक्षताका विरुद्ध नेपाललाई हिन्दू राष्ट्र बनाउने प्रवृत्तीहरू शक्तिशाली बन्दै गइरहेका छन् । त्यसका लागि उनीहरूले विपि कोइरालालाई आफ्ना प्रतिगामी उदेश्यहरू पुरा गर्नका लागि दुरूपयोग गर्ने व गिरिजाप्रसाद कोइरालालाई अबमुल्यन गर्ने काम पनि गराउन थालेको देखिन्छ । नेकाको अहिले भइरहेको महासमितिको बैठकमा नेका भित्रका त्यस प्रकारका गलत सोञ्चाई वा नीतिहरूका विरुद्ध कुनै आवाज उठेको पाइन्न वा उनीहरूको चरित्रगत विशेषताका कारणले त्यसप्रति उनीहरूका ध्यान गएको पनि देखिन्न । त्यसैले यो कुरा स्पष्ट छ कि महासमितिको बैठकमा नेतृत्व वा त्यसको कार्यशैलीका विरुद्ध जोडदार आवाज उठ्नुका बाबजुध नेकाको अहिलेको अवस्थामा कुनै सुधार हुने वा त्यसले देशको राजनीतिमा कुनै सकारात्मक भूमिका खेल्न सक्ने सम्भावना देखिन्न । 

२०७५ पौष २ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
•  वक्तव्य
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.