नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



राष्ट्रिय जनमोर्चाद्वारा देशका १४ वटै अञ्चलहरूमा एकैसाथ आयोजित राष्ट्रिय प्रचारात्मक कार्यक्रमका सिलसिलामा सुदूर पूर्व गएको टोलीका विभिन्न जिल्लाहरूका कार्यक्रमहरूमा जातिवादी सङ्गठनहरूले लगातार आक्रमण गरिरहेका छन् । उनीहरूले मुख्य रूपमा हामीले सङ्घीयताको विरोध गरेकाले नै त्यस प्रकारको आक्रमण गरेको बताएका छन् । त्यस प्रकारका कारवाहीहरूमा स्थानीय जातिवादी सङ्गठनहरूका साथै कतिपय स्थानहरूमा माओवादीहरूका दुवै पक्षहरूका स्थानीय कार्यकर्ताहरू पनि भएको बताइएको छ । शान्तिपूर्ण कार्यक्रमहरूमाथि भैरहेको त्यस प्रकारको कारवाहीहरूको हाम्रो पार्टीले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ ।
हाम्रो पार्टीले यो दृढता व्यक्त गर्दछ कि त्यस प्रकारका आक्रमणका बावजुद हाम्रो आन्दोलन लगातार अगाडि बढिरहनेछ । गत कालमा विभिन्न जातिवादी तत्व र माओवादीहरू समेतद्वारा हाम्रा कार्यक्रमहरूमा बारम्बार आक्रमण हुने गरेका छन् । त्यसले उनीहरूको फासिवादी प्रकारको प्रवृतिलाई नै बताउँछ । त्यस प्रकारका सङ्घीयतावादी वा जातिवादी प्रवृत्तिबाट गणतन्त्र, राष्ट्रियता तथा जातीय र क्षेत्रीय एकता वा सद्भाव समेत गम्भीर रूपले खलबलिने, देशमा चरम प्रकारको जातीय र क्षेत्रीय विग्रह वा राष्ट्रिय विखण्डनको स्थिति पैदा हुने खतरा छ । त्यसैले हाम्रो पार्टीले गणतन्त्रलाई संस्थागत गर्ने, राष्ट्रियताको रक्षा गर्ने कार्यहरूका साथै सङ्घीयताको विरोधमा पनि जोड दिएको छ । सङ्घीयता अझै संस्थागत भैसकेको छैन । तैपनि त्यस प्रकारको जातीय र क्षेत्रीय विग्रह, राष्ट्रिय विग्रहका प्रवृत्तिहरू देखापर्न थालेका छन् । साँच्चै नै त्यसले संस्थागत रूप लियो भने त्यसको असर कति गम्भीर र नकारात्मक हुनेछ ? स्पष्ट छ ।
हाम्रो पार्टीले जातीय वा क्षेत्रीय आधारमा भैरहेको शोषण, उत्पीडन वा भेदभावहरूको अन्त गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । तर सङ्घीयताबाट जातीय आधारमा भैरहेको शोषण, उत्पीडन वा भेदभावको अन्त हुँदैन, तबसम्म ती झन् बढेर जान्छन् वा स्थायी हुन्छन् त्यसैले हाम्रो पार्टीले सङ्घीयताको विरोधलाई पनि उच्च प्राथमिकता दिएको छ ।
यो कुरामा हामीले प्रसन्नता प्रकट गर्दछौँ कि लगातारको आक्रमणका बावजुद पूर्वको प्रचारात्मक अभियान लगातार अगाडि बढिरहेको छ । त्यही प्रकारले देशका सबै अञ्चलहरूमा गणतन्त्रलाई संस्थागत गरौँ, राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयताको विरोध गरौँ नाराका साथ हाम्रो राष्ट्रिय प्रचारात्मक अभियान लगातार अगाडि बढिरहेको छ । त्यो अभियानमा हाम्रा साथीहरूले देखाएको सक्रियता र दृढताका लागि उहाँहरूको अभिनन्दन गर्नुका साथै ती कार्यक्रममा जनताको व्यापक सहयोग र समर्थनका लागि सम्पूर्ण जनताप्रति आभार प्रकट गर्न चाहान्छौँ ।

मिति २०७० भाद्र १६ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.